ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपाकै ९० जना सांसदद्वारा संसदमा प्रस्ताव दर्ता

ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपाकै ९० जना सांसदद्वारा संसदमा प्रस्ताव दर्ता


पुष ५ काठमान्डौ । नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार हटाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव दर्ता गराएका छन ।
प्रस्तावमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहिरहँदा चुनौती र समस्याहरू अझै गम्भीर बन्दै जाने, संविधानमाथि प्रहार भइरहने र यसबाट जनता एवं देशले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । नेपालको संविधानको धारा १०० को उपधारा ४ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५३ बमोजिम केपी शर्मा ओलीमाथि सदनको विश्वास छैन भनी अविश्वास प्रस्ताव पेस गर्ने प्रयोजनका लागि संविधानको धारा ९३ को उपधारा ३ अनुसार तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन अनुरोध गर्दछौँ ।’
प्रस्तावमा थप भनिएको छ, ‘साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गरी नेपालको संविधानको धारा १०० को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदका लागि माननीय पुष्पकमल दाहाललाई प्रस्तावित गरेका छौँ ।’
यस्तो छ दर्ता गरिएको पत्र