दृश्यमा यस्तो देखियो २२ राजनीतिक संगठनको विरोध जुलुस र सभा

प्रकाशित मिति : २०७७ पुस ३


काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार २२ राजनीतिक संगठनले शुक्रबार काठमाडौंमा विरोध जुलस र सभा भव्य रुपमा सम्पन्न गरेका छन् । दिउसो १ बजे माइतीघर मण्डलामा जम्मा भएका २२ राजनीतिक संगठनका नेता कार्यकर्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध जुलुस प्रदर्शन गरे र विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर विरोधसभामा परिणत भयो ।

विरोध सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसद दुर्गा पौडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । २२ राजनीतिक संगठनको विरोध जुलुस र सभाका तस्बीरहरुलाई हाम्रा सहकर्मी बरिष्ठ पत्रकार जय दाहालले क्यामेरामा कैद गर्नुभएको छ । पत्रकार दाहालले लिनुभएका तस्बीरहरुलाई यहाँ फोटोफिचरको रुपमा प्रस्तुत गरिएको छ–