ऊखु किसानको आन्दोलनप्रति चार किसान संगठनको ऐक्यबद्धता

ऊखु किसानको आन्दोलनप्रति चार किसान संगठनको ऐक्यबद्धता

 

पौष १ काठमान्डौ । केही दिनदेखि काठमान्डौको माइतीघर मण्डलामा ऊखु किसानको आन्दोलन भइरहेको छ, किसानहरुको उक्त आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै चार किसान संगठनहरुले वक्तव्य प्रकाशित गरेका छन्, जसको पूर्ण पाठ निम्नअनुसार छ ः
प्रेश वक्तव्य
ऊखु किसानको आन्दोलनप्रति चार किसान संगठनको ऐक्यबद्धता

सरकारले गत बर्ष सम्झौता गरेर चिनी मिलले उखु किसानलाई बर्षौदेखि झुलाएर तिर्न बाँकी राखेको कारोडौं बक्यौता रकम तत्काल अशुल उपर गरेर किसानलाई दिने आश्वासन दिएकोमा सरकारले त्यसप्रति कुनै वास्ता नगरेपछि पुनः सर्लाहीका ऊखु किसानहरुले काठमाण्डौ मण्डलामा आन्दोलन शुरु गरेका छन । उनीहरुलको त्यो जायज र न्यायोचित आन्दोलनप्रति चार किसान संगठन अखिल अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको तर्फबाट सम्पूर्ण किसिमले बिगतमा जस्तै पुनः ऐक्यबद्धता जनाउँदछौ र आफैले ऊखु किसानसँग गरेको सम्झौताको पालना नगरेकोमा सरकारको यस्तो किसानप्रतिको उपेक्षापूर्ण र गैर जिम्मेवार ब्यबहारको घोर बिरोध गर्दछौं ।
हामी ऊखु किसानको तिर्न बाँकी रकमको हर्जना र ब्याज सहित तत्कालै असुल गरियोस र किसानमाथिको अन्यायको अन्त्य गरियोस, बक्यौता राख्ने र किसानलाई झुलाउने चिनी मिलका सञ्चालकहरुमाथि कडा कारबाही गरियोस तथा बन्द भएका सरकारी चिनीमिल खोलेर सुसञ्चालन गरियोस, ऊखु किसानलाई प्रोत्याहन दिन ऊखु खेतीका लागि निब्र्याजी ऋण दिने प्रबन्ध गरियोस, लागतमा कम्तिमा ५० प्रतिशत थप गरी ऊखुको न्यूनतम समर्थन मल््य निर्धारण गरियोस र ऊखु खरिद गरेकै समयमा त्यसको भुक्तानी किसानलाई दिने प्रबन्ध गरियोस तथा ऊखु बालीमा रोग किरा लागेर र प्राकृतिक प्रकोपले नोक्सानी भएमा क्षतिपूर्ति दिने ब्यबस्था गरियोस भन्ने समेत हामी जोडादार माग गर्दछौं ।
भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ (अप्फा) अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ
२०७७ पौष १