डबल नेपाल कम्युनिष्ट पार्टीको नेपाली जनता समक्ष आफु वास्तविक कम्युनिष्ट पार्टी भएको र समाजवाद स्थापना गर्न एकप्रकारको झुटकोे खेती गरेर गत च्नावमा जनताको विश्वास जित्ने काम गर्यो । जनताको बहुदलीय जनवाद विचार गरेको अङ्गीकार गरेको एमाले र एक्काइसाँै शताब्दीको जनवाद अङ्गीकार गरेको प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द« रुपमा फरक फरक देखिएपनि दुबैको कार्यदिशा एउटै हो त्यो भनेको संसदीय व्यवस्थाभित्र बहुलवाद र नव–उदारवादको फोहोरको नालीमा लडीबुडी र नचरी लगाउनु हो । यस्ता शक्तिबाट बनेको डबल कम्युनिष्ट पार्टीले कता समाजवादको यात्रा तय गर्दथ्यो र ! खाली यो त झुटको पुलिन्दाबाहेक केहि थिएन । ओली सरकार सत्तामा गएको तीन वर्ष पुग्दा नपुग्दै राष्ट्रघात, जनघात, भ्रष्टाचार, कुशासन देखेर नेपाली जनता वाक्क दिक्क भएका छन्, निराशा भएका छन् । साथै जनताले विकल्प खोजीरहेका छन् । देशमा भएको यसप्रकारको अस्थिरताबाट फाइदा उठाउन सकिन्छ कि भनेर पुनरुत्थानवादी तथा प्रतिक्रियावादीको चलखेल विस्तारै सडकमा देखिएको छ । यस विषम समयमा हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी ) को पोलिट ब्युरोको बैठक बसी देश र जनताको विषयलाई लिएर महत्वपूर्ण निर्णय लिएको छ ।
१. सङ्गठन सम्वन्धी निर्णयः— पार्टीलाई सुदृढीकरण गरेर अगाडी बड्ने र मातहतका जनवर्गीय सङ्गठनहरुका बैठक, भेला, प्रशिक्षण सुचारु गर्दै व्यापक सङ्गठन विस्तार गर्ने योजना पास भएको छ ।
२. संघर्षको क्षेत्रमाः— ओली सरकारको पालामा देशमाथि वैदेशिक हस्तक्षेप अत्यन्त बडेर गयो । अक्सर गरेर भारतद्वारा सिमा अतिक्रमण अप्रत्यक्षरुपमा आर्थिक, सांस्कृतिक हस्तक्षेप निरन्तर बडिरहेको छ । उता अमेरीकी साम्राज्यवादबाट एम.सी.सी परियोजना मार्पmत् सैन्य हस्तक्षेप बडाउने कसरत गरिरहेको छ । उक्त कदमलाई नेपालका शासकहरुले बल पुर्याइरहेका छन् । भ्रष्टाचार, तस्कर, कालाबजारी को त माथि नै उल्लेख गरिसकिएको छ । यस विषम परिस्थितिमा देसमा रहेका देशभक्त क्रान्तिकारीहरुले हस्तक्षेप नबडाउने हो भने पहलकदमी नलिने हो भने देश प्रतिक्रियावादी र वैदेशिक शक्तिको हातमा नजाला भनेर भन्न सकिदैन । यो संसदीय व्यवस्थाले जुन जनतामाथि पारेको भ्रम उदाङ्गो भइसक्यो र ओली सरकारको समाजवाद झुटको पुलिन्दा साबित हुन धेरै समय लागेन । यसकारण यो सरकारको विकल्प अमुक व्यक्ति प्रचण्ड, माधव नेपाल, शेरबहादुर होइन र यो व्यवस्थाको विकल्प यहि संसदीय व्यवस्था हुन सक्दैन र यो ढङ्गले अब देशले निकास पाउन सक्दैन । यसकारण नेकपा क्रान्तिकारी माओवादीले संघीय जनगणतन्त्रात्मक व्यवस्था र जनगणतन्त्रवादीहरुको सरकार निर्माण गरेरमात्र वास्तविकरुपमा देशले निकास पाउँछ भन्ने ठम्याइका साथ सङ्घर्षका योजनाहरु निर्माण भएको छ । क्रान्तिकारी र परिवर्तनशील शक्तिको क्रियाशीलतामा केहि कमी आउँदा सडकमा पुनरुत्थान तथा प्रतिक्रियावादीहरुको चलखेल बडेर गयो । यो विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएर अब कुनै पनि हालतमा सडकका कार्यक्रमहरुको पहलकदमी क्रान्तिकारी अग्रगमन र देशभक्तहरुले लिनुपर्दछ भन्ने योजना बमोजिम पार्टीले एकलरुपमा कार्यक्रम दिने विभिन्न क्रान्तिकारी पार्टी र परिवर्तनकामी अग्रगामी शक्तिहरुसङ्ग कार्यगत एकता गरेर सङ्घर्षलाई अगाडि बडाउने कतिपय शक्तिसङ्ग संयुक्त मोर्चा बनाएर पनि सङ्घर्षको विकास गर्ने साथै कतिपय विचार मिल्ने पार्टीहरुसङ्ग पार्टी एकताको पहल पनि अगाडि बडाउने । वर्तमान संसदीय व्यवस्थाको ठाउँमा संघीय जनगणतन्त्रात्मक व्यवस्था स्थापना गरेर जनगणतान्त्रिक सरकार निर्माण नहुँदासम्म संघर्षलाई निरन्तर जारी राख्नु नै नेकपा(क्रान्तिकारी माओवादी)लगायत अन्य छरिएर रहेका क्रान्तिकारी शक्तिहरुको जिम्मेवारी हुन आउँदछ । यहि धरातलमा रहेर हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को पि.बि बैठकले महत्वपूर्ण निर्णय लिएको छ साथै देशमा भ्रष्टाचार, वलात्कार अत्यन्त बडेर गएको अवस्थामा यस्ता भ्रष्टाचारी, तस्कर, वलात्कारीहरुको पहिचान गरेर कार्बाइको निशाना केन्दि«त गर्ने निर्णयसमेत गरेको छ ।
भरतपुर १४

प्रतिक्रिया

सम्बन्धित खवर