प्रतिगामी कोणवाट हुने अचेतन र विवेकहीन आन्दोलनले व्यवस्था नै परिवर्तन गर्ने हैसियत राख्दैन भन्ने कुरामा म ढुक्क नै छु । तर यथास्थिति भित्र यसले राजनीतिक स्पेस भने क्षणिक कालको लागि नै भएपनि निर्माण गर्न सक्छ । यसको ज्वालन्त उदाहरणको रुपमा अहिलेको राजावादीहरुको विरोध प्रदर्शनलाई नै लिन सकिन्छ । त्यसमा पनि प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाको प्रदर्शनले निकै ठुलो अर्थ राख्दछ । राजधानी लगायतका देशका केही शहरहरुमा कार र वाईकमा भएका मध्यमवर्र्गीय जुलुस र झापाको विर्तामोडमा भएको प्रदर्शन आधारभुत रुपमा फरक रहयो । अन्य ठाउँमा ५–७ सय मोटरसाइकल र १००–५० कारहरुमा मध्यम वर्र्गीय मान्छेहरुले निकालेको जुलुसले खासै प्रभाव पार्ने हैसियत राख्ला जस्तो नदेखिए पनि झापाको बीसौं हजारको पैदल सडक प्रदर्शनले भने आगामी संसदीय चुनावमा राम्रैसंग प्रभाव पार्ने देखिन्छ । यसका केही अन्तर्नीहित कारणहरु छन ।
पहिलो कुरा त आजको प्रतिगामीहरुको झापाको संगठित र राजनीतिक प्रकृतिको सडक प्रदर्शन हो । जुन राष्ट्रिय प्रजातान्त्रिक पार्र्टीको नेतृत्वमा भयो । स्वतस्फूर्त र अराजक भीडवाट गरिने आन्दोलन र संगठित तथा राजनीतिक ढंगले गरिने आन्दोलन विच आधारभुत अन्तर हुन्छ । दोस्रो कुरा आज सबैभन्दा बृहत प्रदर्शन भएको झापा जिल्लामा वर्तमान प्रधानमन्त्री केपी ओलीसंग गत चुनावमा तालमेल गरि काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएर राप्रपाका राजेन्द्र लिङदेन संसदमा निर्वाचित भए । काङ्ग्रेसभित्र गणतन्त्रवादी भनेर चिनिने कृष्णप्रसाद सिटौलाको विरुद्धमा देशभरिमा झापा जिल्लामा मात्र ओलीले जानाजान राप्रपासंग तालमेल गरे र आफ्ना कार्यकर्तालाई गाई चिन्हमा भोट हाल्न किन अनैतिक उर्र्दी जारी गरे ? यो निकै विचारणीय प्रश्न हो । ओलीले यसप्रकारको अनैतिक हर्कत गर्नुका पछाडि उनलाई के कारणले काम गर्र्याे यतातिर अलिकति ध्यान दिन जरुरी छ ।
झापा जिल्ला पल्ल्यै देखि तुलनात्मक रुपमा राप्रपाको राम्रो पकड भएको जिल्ला मानिन्छ । त्यसमा पनि अहिलेको निर्वाचन क्षेत्र न.२ र ५ मा उनीहरु संगठित हिसावले नै बलिया थिए र उनीहरुको मतले निर्वाचन मत परिमाणमा असर गर्न सक्ने अवस्था थियो । क्षेत्र न. २ काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला र क्षेत्र न.५ केपी ओलीको निर्वाचन क्षेत्र पनि भएकोले यहाँ ओली र सिटौलामध्ये जस्ले पहिला समिकरण गर्र्यो चुनाव उसैले जित्ने निश्चित थियो । यो स्थितिमा त्यो बाजि ओलीले मारे र सिटौला चुनावमा पराजित हुन पुगे । मैले यहाँ यसो भनिरहदा के झापाको क्षेत्र न. ५ मा राप्रपासंग चुनावी समिकरण नगरेको भए ओलीले हार्ने थिए ? यो प्रश्न उठ्न सक्छ । जुन स्वभाविक पनि हो । तर मान्छेले सोच्ने कुरा र वास्तविकता संधै एकैनासको हुदैन । यसलाई बुझ्नको लागि झापा क्षेत्र न. ५ को स्थानिय तहको निर्वाचनको परिणाम हेर्दा प्रष्ट भैहाल्छ ।
खास गरिकन झापा क्षेत्र न. ५ मा त्यहाँको निर्वाचनको मुख्य पकड र निर्णायक मत भनेको दमक नगरपालिका र कमल गाउँपालिका नै हो । दमक नगरपालिका र कमल गाउँपालिकामा तत्कालीन एमालेले चुनाव जितेपनि त्यहाँ चारवटा दलको तिब्र प्रतिस्पर्धामाकने विचवाट नै उस्ले जितेको हो । अझ कमल गाउँपालिकामा त अहिलेकी गाउँपालिका प्रमुख मेनका काफ्लेले गोलाप्रथाद्वरा काङ्ग्रेस उमेदवारलाई हराएको हो भने तत्कालीन माओवादी केन्द्रले भन्दा राप्रपाले राम्रो मत पाएको थियो । त्यस्तै दमक नगरपालिकामा पनि केपी ओलीका भाइ रोम ओलीले करिव दुई हजारको फरकमा चुनाव जिते पनि त्यहाँ काङ्ग्रेस माओवादी केन्द्र र राप्रपाले समान मत प्राप्त गरेका थिए । त्यो वाहेकका क्षेत्रमा पनि यी चारै दलविच तिब्र प्रतिस्पर्धा भएको स्थिति रहेको थियो । अझ दक्षिणतिरका कतिपय ठाउँमा काङ्ग्रेस र राप्रपाले समेत चुनाव जितेको थियो भने तत्कालीन माओवादी केन्द्र त्यहाँ निकै कम्जोर अवस्थामा रहेको थियो । यो स्थितिमा संसदीय निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठवन्धन भन्दा काङ्ग्रेस–राप्रपा गठबन्धन बलियो हुने निश्चित थियो । फेरि साम्प्रदायिक भावना बोकेका जनजातिहरुको निकै बाहुल्यता रहेको झापा क्षेत्र न.५ मा सो मत केपी ओलीको विपक्षमा पर्ने निश्चितप्राय नै थियो । उपयुक्त प्रकारका राजनीतिक अवस्थामा यदि झापामा काङ्ग्रेस र राप्रपा बिच चुनावी तालमेल भएको भए एमालेले जसरी क्षेत्र न.५ आफुसंग राखेर राप्रपाको उस्तै प्रभाव भएको क्षेत्र न. ३ राप्रपालाई छोड्यो, त्यसरी नै काङ्ग्रेसले क्षेत्र न.३ मा सिटौलालाई उठाएर राप्रपालाई ओलीको क्षेत्रमा समर्थन गर्ने स्थिति थियो । यदि यो स्थिति र राजनीतिक समिकरण वनेको थियो भने अहिलेको स्थित उल्टिने निश्चित थियो र झापा क्षेत्र न.१,२,३, र ४ मा काङ्ग्रेस र ५ मा राप्रपाले जित्ने स्थिति हुनेथियो । तर काङ्ग्रेसले बेलैमा दुरदर्शिता प्रदर्शन गर्न नसक्दा ओलीले झापामा आफ्नो लाज छोप्ने मौका पाए ।
अब आगामी चुनावमा झापामा राप्रपा र काङ्ग्रेसले चुनावी तालमेल गरेको खण्डमा फेरि पनि आउने नतिजा त्यहि नै हो । अझ अहिले ओलीले सरकारमा बसेर गरेका अपराधिक र अनैतिक हर्कत र वर्तमान डवल नेकपाको अलोकपृयता यहि तरिकाले अगाडि बढ्दै जाने हो भने ओली लगायत डवल नेकपाका सबै उमेदवारहरु झापावाट पराजित हुने देखिन्छ । झन पार्र्टी विभाजन भयो भने त सहज भैहाल्छ नै ।
आखिर झापामा प्रतिगामीहरुको यो अवस्था हैसियत कसरी प्राप्त भयो ? यो कुनै लुकेको कुरा हैन कि यस प्रकारको प्रतिगामी र पुनर्उत्थानकारी बीष बृक्ष स्वयं केपी ओलीले नै रोपेका हुन । केवल चुनाव जित्ने नाममा काङ्ग्रेस भित्र गणतन्त्रवादी नेताको रुपमा भनेर चिनिने कृष्णप्रसाद सिटौलालाई हराउन उनले राप्रपासंग चुनावी तालमोल गरे र अनैतिक ढंगले आफ्ना कार्यकर्तालाई राप्रपाको चुनाव चिन्ह गाईमा भोट हाल्न उर्र्दी नै जारी गरे । तर यतिवेला ओलीले गाईमा भोट हाल्न पठाएका कार्यकर्ता राजेन्द्र लिङ्देनका पार्र्टी कार्यकर्तामा परिणत भए भने ओलीले सुर्य चिन्हमा भोटहाल्ने आफ्नो क्षेत्रका कुनै राप्रपालाई अहिलेको डवल नेकपामा संगठित गर्न सकेनन । जस्को दुखद परिणाम आउने चुनावमा ओलीले राम्रोसँग भोग्ने देखिन्छ । यसपछि ओलिले थाह पाउनेछन कि सर्पलाई दुख खुवाएर कोटको खल्तीमा हालेर हिड्नुको परिणाम के हुदो रहेछ भनेर । तर त्यतिखेर ओली संग पुराना कुराको पश्चाताप गर्दै सकिनुको विकल्प केहि पनि हुने छैन । तसर्थ निष्कर्षमा गएर भन्नू पर्दा अहिलेको प्रतिगामीहरुको प्रदर्शन र हल्लाखल्लाले यो भन्दा माथि केही गर्न सक्ने हैसियत राख्न नसक्ने निश्चित नै छ । यो व्यवस्थालाई वास्तविक अर्थमा अन्त गर्ने भनेको कुनै प्रतिगामी र पुनर्उत्थानवादी अराजक र मध्यमवर्र्गीय स्वतस्फूर्त भीडले होईन तर वर्गसचेत र संगठित देशभक्त प्रगतिशील र क्रान्तिकारी शक्तिहरुको सतेच पहलकदमी र अग्रगामी चेतनायुक्त आम विद्रोह र प्रतिरोधात्मक धक्काले मात्र त्यसो गर्न संभव छ । जुन धक्कावाट जनताको जनवादी व्यवस्था स्थापना हुनेछ र वैज्ञानिक समाजवादी क्रान्तिको आधार तयार हुनेछ । आज सबै जनसमुदायको ध्यान त्यतातिर जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर