पर्यटन बोर्ड र त्यसपछि शान्तिवाटिकामा आयोजित शान्तिपुर्ण विरोध कार्यक्रममाथि प्रहरीद्धारा दमन र गिरफतारीका विरुद्ध महासंघद्धारा प्रेस विज्ञप्ति जारी

पर्यटन बोर्ड र त्यसपछि शान्तिवाटिकामा आयोजित शान्तिपुर्ण विरोध कार्यक्रममाथि प्रहरीद्धारा दमन र गिरफतारीका विरुद्ध महासंघद्धारा प्रेस विज्ञप्ति जारी


मंसीर २३ काठमान्डौ । आज पर्यटन बोर्डमा पुग्नु भएका मजदुरहरुका प्रतिनिधिमाथि प्रहरीद्धारा दमन गिरफ्तार गरिएपछि, त्यसरी सरकारद्वारा गरिएको दमनपुर्ण गिरफ्तारीको विरोधमा शान्तिवाटिकामा आयोजित शान्तिपुर्ण विरोध कार्यक्रममा पुनः प्रहरीले दमन पुर्वक हस्तक्षेप गरि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालका अध्यक्ष देवी गौलि सहित केही साथीहरुलाई गिरफ्तार गरेको छ । उक्त दमन र गिरफतारीका विरुद्ध महासंघद्धारा निम्नअनुसारको प्रेस विज्ञप्ति जारी गरिएको छ ः

प्रेस विज्ञप्ति
कोभिड–१९ को कारण देखाउदै लकडाउन र निषेधाज्ञा मार्फत राज्यसत्ताले मजदुर एवं उत्पीडित जनताका विरुद्ध शोषण, दमन र उत्पीडनको महा आतंकको राजनीति गर्दै आएको छ । जसकारण, श्रम क्षेत्रमा क्रीयाशील मजदुरहरुको ठुलो हिस्सा रोजगारी एवं तलब सुविधा कटौती र मजदुर विरोधी कानुन एवं सम्झौताको आडमा उद्योग व्यवसायीहरुको थप शोषणको मारमा परेको छ ।
यो परिस्थितिमा,

१. पर्यटन उद्योगको क्षेत्रमा काम गर्ने मजदुरका आधारभूत आवश्यकताको समाधान एवं मागहरुको सम्बोधनका निम्ति राज्यको ध्यानाकर्षण गर्न आज पर्यटन बोर्डमा पुग्नु भएका मजदुरहरुका प्रतिनिधिहरुलाई प्रहरी प्रशासन मार्फत सरकारद्वारा गरिएको दमनपुर्ण गिरफ्तारीको विरोधमा शान्तिवाटिकामा आयोजित शान्तिपुर्ण विरोध कार्यक्रममा पुनः प्रहरीले दमन पुर्वक हस्तक्षेप गरि हाम्रो गौरवशालि संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पर्यटन मजदुर संघ नेपालका अध्यक्ष देवी गौलि सहित गिरफ्तारीमा पर्नु भएका मजदुरहरुको गिरफ्तारीको हाम्रो संगठन विरोध एवं भत्सर्ना गर्दै उहाँहरुको निशर्त अविलम्ब रिहाइको माग गर्दछ ।
२. पछिल्लो समय देशका विभिन्न भूगोल एवं औद्योगिक प्रतिष्ठानका मजदुरहरुले आफ्नो हक, अधिकार र व्यवस्थाको निम्ति सञ्चालन गरेका स्वस्फूर्त आन्दोलनमा राज्यले प्रहरी प्रशासन मार्फत दमनपुर्ण हस्तक्षेप गरेको छ । वीरगन्ज औद्योगिक क्षेत्रमा भएको दमन यसको पछिल्लो शृखला हो । हामी राज्यको यस प्रकारको दमनकारी कदमको विरोध एवं भत्सर्ना गर्दै यसप्रकारका गतिविधि अविलम्ब बन्द गर्न माग गर्दर्छौं ।
३. एकातिर मजदुर वर्गको तीव्र रोजगारी कटौती एवं अर्र्कोतर्फ मजदुरहरुको शान्तिपुर्ण आन्दोलनमाथि भएका यसप्रकारका निर्मम दमनले मजदुर वर्गले आफ्नो हक अधिकार र व्यवस्था प्राप्तिका निम्ति कठोर संघर्षमा जानु पर्ने आवश्यकतालाई उजागर गरेको छ । यसको निम्ति मजदुर वर्गले क्रान्तिकारी जागरण सहितको ध्रुवीकरणको प्रक्रियामा जान ढिला गर्नु हुँदैन । हाम्रो संगठन सम्पुर्ण मजदुर मित्रहरुलाई यो प्रक्रियामा सामेल हुन विशेष आव्हान र अपिल गर्न चाहन्छ ।
क्रान्तिकारी अभिवादन !
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय कार्यालय