दार्शनिक फाँट अन्तरगत दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको प्रश्न एक महत्वपूर्ण प्रश्न हो । उत्पत्तिसंगै दर्शनले वर्र्गीय पक्षधरता कायम राख्दै आएको छ । वर्गसमाजमा दर्शनले निश्चित वर्गको पक्षधरता कायम गरेको हुन्छ । मानव समाजमा जब वर्गको जन्म तब दर्शनको पनि जन्म भएको थियोे । दर्शन कुनै ठाउँ विशेषको , दर्शन कुनै स्थान विशेषको हुदैन । त्यो वर्ग विशेषको हुन्छ । अर्थात दर्शन वर्र्गीय हुन्छ ।
यहाँ दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको विषयलाई मुख्य विषयसंग अन्तर्सम्बन्धित रहेर यो दार्शनिक आलेख लेख्ने प्रयत्न गरिएको छ । दर्शनको जन्म कहिले भयो ? दर्शन भनेको के हो ? र दर्शनको विकास कसरी भयो ? आदि विषयबाट यो आलेख शुरु गर्ने प्रयत्न गरिएको छ ।
दर्शनको जन्म र विकास कसरी भयो ? भन्ने विषय ज्यादै महत्वपूर्ण प्रश्न हो । उत्पादन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगको बीचबाट दर्शनको जन्म भएको थियोे । मानव समाजको विकासको क्रममा मातृसत्ता समाजको विघटन र पितृसत्ता समाजको स्थापनासंगै दासमालिक समाजको विकास प्रक्रियाका बीचबाट प्राचीन युनान , भारत , नेपाल , चीनमा संगसंगैजसो दर्शन विकसित हुदै आएको पाइन्छ ।
यसरी दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो । दर्शनको शाब्दिक अर्थ कुनै पनि वस्तुलाई हेर्ने , बुझ्ने , व्याख्या गर्ने र त्यसलाई बदल्ने साधनको नाम हो । विश्वको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीव जन्तु र मानिसको जन्म र विकास कसरी भयो । यी आफै जन्मिएका हुन कि यीनलाई जन्माउने कुनै ईश्वर वा अलौकिक शक्ति छ ? प्रकृति र समाजको उत्पत्ति कसरी भयो ? भविष्यमा विश्वको स्थिति के होला ? के मान्छेले प्रकृति र समाजवारे सम्पूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ ? मानव जीवनका उद्श्ये, आदर्श , कर्तव्य र मूल्य के हुन ? यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासाबृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो ।
अर्र्काे शब्दमा दर्शन भनेको मानिसको जीवन र जगतलाई हेर्ने , बुझ्ने , व्याख्या गर्ने र बदल्ने उसको दृष्टिकोण हो । तसर्थ दर्शन भनेको मान्छेको भित्री आँखा हो ।
दर्शन भनेको प्रकृति , मानव समाज एवं चिन्तनका चालक नियमहरुको विज्ञान हो । यसले प्रकृति र मानव समाज एवं चिन्तनका ती चालक वा सामान्य नियमहरुको अध्ययन गराएर उसको विश्वदृष्टिकोणको निर्माण गर्दछ । अर्थात दर्शन भनेको जीवन र जगतको तथा प्रकृति र मानव समाजको एवं चिन्चनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पध्दति (ःभतजयमययिनथ) हो । दर्शनले जीवन र जगतको बारेमा बुझ्ने र त्यसलाई बदल्ने तथा बदलिएको बस्तुलाई कसरी संरक्षण गर्ने भन्ने कुरा सिकाउँछ ।
दार्शनिक फाँटका क्षेत्रमा एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन । उनले दर्शनलाई बुझाउने फिलोसोफी ( एजष्यिकयउजथ) शब्दको प्रयोग गरेका थिए । फिलोस (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसोफी बन्न पुग्यो , जसको अर्थ विवेक प्रेम हुन्छ ।
दर्शन शब्द संस्कृत भाषाको दृश धातुबाट बनेको छ । दृशको अर्थ हेर्नु , जाँच्नु र बुझ्नु हुन्छ । माक्र्सवादका प्रणेता कार्ल माक्र्सका अनन्य मित्र फ्रेडरि एंगेल्सले यश प्रकारको दर्शनलाई ‘विश्वदृष्टिकोण’ भन्नुभएको छ । कार्ल माक्र्सले हरेक साँचो दर्शन आफ्नो समयको ‘बौद्धिक सारतत्व’ , संस्कृतिको जीवन्त आत्मा भन्नुभएको छ । दर्शनशास्त्रको पहिलो ग्रन्थ ‘नासदीय सूक्त’ हो ।
अब दार्शनिक प्रणालीभित्र पर्ने दार्शनिक पक्षधरताको प्रश्नका बारेमा जानकारी प्राप्त गर्न जरुरी हुन्छ । यहाँनेर हामीले जान्नै पर्ने विषय के हो भने दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप हो । यसको अर्थ वर्गसमाजमा सामाजिक चेतनाको चेतनाको रुप पनि वर्र्गीय हुन्छ । ठिक यसै परिणामको कारणले गर्दा दर्शनको रुप पनि वर्र्गीय हुन्छ । यसबाट हामी यो निष्कर्षमा पुग्दछौ कि वर्गसमाजमा हरेक वर्गले आफ्नो विचार , इच्छा , आकांक्षा , मत , संकल्प , भावना एवं आफ्ना क्रियाकलापको आौचित्य पुष्टि गर्न जरुरी हुन्छ । तसर्थ दर्शनले ठिक यसै औचित्य पुष्टि गर्ने काम गर्दछ ।
मानव समाजमा वर्गको जन्म पश्चात वर्गसंघर्ष चल्दै आएको छ र वर्गको विलोपीकरण , राज्यको विलोपीकरण नभएसम्म वर्गसमाजमा वर्गसंघर्ष जारी रहन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले यसको वैज्ञानिक रुपमा निरुपण गरिसकेको छ । त्यसैले दर्शनले वर्गसंघर्षमा दृढ पक्षधरताको माग गर्दछ । यो स्वाभाविक रुपमा वैज्ञानिक नियम हो कि वर्गसमाजमा विभिन्न वर्गका स्वार्थहरु एक अर्र्कोमा टकराँउछन र ती भिन्न भिन्न विचार र दृष्टिकोणका रुपमा प्रतिबिम्बित बन्न पुग्छन । तसर्थ ती भिन्न विचारहरुको आधाशिलामा विभिन्न दृष्टिकोणको निर्माण हुन्छ ।
यो दर्शनशास्त्रको मौलिक प्रश्नले स्पष्ट पारिसकेको विषय हो कि दर्शनशास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभूतवाद बीच मानव समाजमा जुन संघर्ष चल्दै आएको छ , त्यो नै यसै वर्गीय तथा वैचारिक संघर्षको प्रतिबिम्बन र परिणाम हो ।
आजको युग साम्राज्यवाद र विश्वसर्वहारा वर्ग बीचको भीषण वर्गसंघर्षको युग हो । अर्थात लेनिनकै शब्दमा आजको युग वैज्ञानिक समाजवादी क्रान्तिको युग हो । यसरी मानव समाजको विकासको प्रक्रिया अन्तरगत आजसम्म तमाम प्रकारका आदर्शवाद र भौतिकवाद तथा यान्त्रिक भौतिकवादका बीच जुन संघर्ष चल्दै आएको छ त्यो तमाम प्रकारका प्रतिक्रियावादी र क्रान्तिकारी जनसमुदाय , साम्राज्यवादमा गिरिसकेको पुँजीपति वर्ग तथा विश्वसर्वहारा वर्ग बीचको जीवनमरणको वर्गसंघर्षको प्रतिबिम्बन र परिणाम हो ।
दार्शनिक फाँटको क्षेत्रमा मूलतः दर्शनशास्त्रको मौलिक प्रश्नको क्षेत्रमा बीचको धारा तेस्रो धारा पनि प्रकट हुदै आएको छ । मानव समाजमा भौतिकवाद र आदर्शवाद बीचको लडाइँमा जसले आफूलाई गैर पक्षधर , तटस्थ वा तेस्रो धाराको हिमायती देखाउने गर्दै आएका छन वास्तवमा ती मूलतः प्रतिक्रियावादी वर्गको वर्ग , तिनको वर्गहित र विचारधाराकै प्रतिनिधि हुन । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नको क्षेत्रमा आफूलाई तटस्थ , गैर पक्षधर वा आदर्शवाद , भौतिकवादभन्दा पनि माथि उठेको देखाउने प्रत्यक्षवादी , माखवादी , संशोधनवादी लगायत तमाम प्रवृत्तिहरु धेरै पहिलेदेखि कायम रहदै आएका छन ।
दर्शनशास्त्रको मौलिक प्रश्नको फाँटमा पक्षधर र गैर पक्षधरका विषयमा संश्लेषण गर्दै कमरेड माओ त्सेतुङले वर्गसंघर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसंघर्ष हुने भन्नुभएको थियोे , ‘दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ ।’ जग वर्गसंघर्ष नै हो । त्यस पछि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ ( कसको दर्शन ? बुर्जुवा वर्गको कि सर्वहारा वर्गको ? सर्वहारा वर्गको दर्शन माक्र्सवादी दर्शन हो । ( माओ त्सेतुङका दुर्लभ रचनाहरु , पृष्ठ ९१ , खोजी प्रकाशनगृह , काठमाडौं , २०६४ ।
कमरेड माओका माथिका भनाइबाट स्पष्ट हुन्छ कि वर्गसमाजमा दर्शनको चरित्र वर्र्गीय हुन्छ । बस्तुतः वर्र्गीय समाजमा दर्शनको चरित्र वर्र्गीय हुने भएकोले हरेक दर्शनले आफ्नो वर्गहित , विचार र , राजनीतिक उद्श्येको सेवा गर्दछ ।
कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) द्वारा सन १८४८ मा विश्वविख्यात कम्युनिस्ष घोषणापत्र जारी गरे पश्चात विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिध्दान्त माक्र्सवाद प्राप्त गर्र्याे । माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । द्न्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन । माक्र्सवादका बारेमा लेनिन अगाडि भन्नू हुन्छ , ‘माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो ।’ माक्र्सवादको निर्माण दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघट तत्वहरुको संश्लेषणबाट भएको छ ।
माक्र्सको आफ्नै दर्शन छ अर्थात माक्र्सवादी दर्शन । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शनको सिध्दान्त भौतिकवाद हो ।
माक्र्सवादी दर्शनले प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक सत्तालाई दोस्रो स्थानमा राख्दछ । यो दर्शनशास्त्रको मौलिक प्रश्नसंग सम्बन्धित विषय हो । माक्र्सवादले चेतनालाई बस्तु जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगाम्य बताउँछ । माक्र्सवादी दर्शनको पध्दति द्वन्द्ववाद हो ।
वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना , उत्पादन शक्ति र उत्पादन सम्बन्ध , आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नु भएको छ । माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिध्दान्त र अतिरिक्त मूल्यको सिध्दान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व , साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ ।
आज माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास गरेको छ भने माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास गरेको र माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास हुन पुगेको छ ।
यसरी आज अन्तराट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ ।
यसरी आज विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिध्दान्त माक्र्सवाद – लेनिनवाद –माओवाद प्राप्त गरिसके पछि दार्शनिक रुपमा , वैचारिक रुपमा , सैध्दान्तिक रुपमा समेत बलियो बन्न पुगेको छ ।
तसर्थ आज माक्र्सवाद अर्थात मालेमावाद विश्व सर्वहारा वर्गको दर्शन बन्न पुगेको छ ।
यसको ठिक उल्टो आदर्शवाद , यान्त्रिक भौतिकवाद लगायत दर्शनशास्त्रको फाँटमा माक्र्सवाद विरोधी धाराका रुपमा विकसित भएका विविध दार्शनिक धाराहरुले सबै खाले प्रतिक्रियावादी , साम्राज्यवादमा गिरिसकेको पुँजीपति वर्गको पक्षधरता कायम राख्दै त्यही वर्गको सेवारत ,हरदै आएको छ भने माक्र्सवाद (मालेमावाद) ुुुुुुुुुुुुुुसर्वहारा वर्गको सेवा र पक्षधरता एवं पथप्रदर्शन गर्दै आएको छ ।

(लेखक – अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ) ।

प्रतिक्रिया

सम्बन्धित खवर