क्रान्तिका लागि छरिएर रहेका क्रान्तिकारीहरु एकताबद्ध बनौं !

प्रकाशित मिति : २०७७ मंसिर २१

- राम आचार्य

वर्तमान अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलन जटिल र कठिन मोडबाट महान सम्भावना बोकेर गुज्रदैछ । ७१ वर्षको जीवनकालमा छिटफुट वाहेक मुख्यरूपमा वर्ग शत्रु खत्तम पार्न उठाएको झापा आन्दोलन र महान जनयुध्दका दुईचरणमा हतियारबद्ध सस्त्र संघर्षलाई अंगिकार गरेर आएको सर्वविदितै नै छ । स्थापना कालको नेकपादेखि हालसम्मको डब्बल नेकपासम्म आईपुग्दा यो आन्दोलनले तीन–चार पटक विघटन र पुनर्गठनलाई झेलिसकेको छ । नेकपाको तेश्रो महाधिवेसनबाट प्रारम्भ भएको यो आन्दोलन आज इतिहासकै सबैभन्दा जोखिमपूर्ण विघटनको तारेभिर छेउमा पुगेर अड्किएको छ । क्रान्तिकारी आन्दोलनको राप र तापब ाट मुलधारमा विकास भएका पार्टीका नेताहरूले मुलतः एउटा राजनीतिक परिवर्तनमा जेनतेन नेतृत्व गरेपनि त्यो भन्दा अगाडिको परिवर्तनकारी आन्दोलनमा जाने कुशलता देखाउन र नेतृत्त्व दिन नसकेर केशरजंग रायमाझी कै पथमा गएर टुङ्गिएको इतिहास हाम्रो सामु जीवितै साक्षि छ । ठूलो भएपछि पतन हुने, नेतृत्वले गद्दारी गरेर विघटन हुने र पुनः गठनको प्रकृयाबाट सुसंगठित हुँदै गुणात्मक राजनीतिक परिवर्तनको दिशा अवलम्बन गर्दै अगाडि बढ्ने क्रमबाट हामी आजको यो मोडमा आइपुगेका छौ । इतिहासको पुनरावृति पनि एउटै रूपमा आउँदो रहेन छ, क्रान्ति र प्रति क्रान्ति दुवैको पुनरावृत्ति गुणात्मक रूपमा अब्बल भएर आएको हामीले नै पटक पटक भोगिरहेका छांै ।

२०२७÷०२८ सालदेखि २०७६÷०७७ सालसम्मका राजनैतिक घटना क्रममा ५ दशक बिताएका लाखौ लाख सहभागी र त्यो भन्दा अगाडि सहभागिता जनाउदै आएका क्रान्तिकारीहरूले प्रतिक्रन्तिका सजिसजाउ रंगीचंगी स्वरूपहरूलाई त अनुभुत गर्दै आस्थाका टावरहरू धरोहरहरू गल्र्याम गुर्लुम ढलेको टुलु टुलु हेरेकै छन् । आजको क्रान्तिकारी आन्दोलन कठाङ्ग्रिएको, टाईफाईट, निमोनिया, दम, वाथले थलिएको जस्तो देखिन्छ ।

कार्यनीतिक विवाद, अन्तर्विरोधको किटानी, विश्व दृष्टिकोण र तात्कालिन कार्यदिशाको विषयलाई लिएर विभाजित र छिन्न भिन्न नेपाली कम्युनिस्ट आन्दोलनमा केही अभावहरू खड्किए । सिद्धान्तकार हुँदा कुशल संगठक वा संगठनकर्ता नहुने, संगठनकर्ता हुँदा कुसल वक्ता र सिद्धान्त नहुने, कुशल वक्ता र सिद्धान्त हँुदा योजनाकार नहुने, योजनाकार हुँदा कुशल अन्तर्विरोध परिचालक र हलकर्ता नहुने समस्याले थिल्थिलो बनाएको कम्युनिस्ट आन्दोलनमा केही अन्य कमिकमजोरीहरू पनि देखा परे । यसलाई दुनियाँ कै कम्युनिस्ट आन्दोलनमा देखापरेका कमिकमजोरी भन्दा पनि सायद अतिशयोक्ति नहोला । आन्दोलन सफल भएका नभएका सबै देशका कम्युनिस्टहरू कुशल शासक÷प्रशाशक बन्न पनि सकेनन्, बनाउन पनि सकेनन्, आफूसंँग भएको श्रोत साधनलाई उचित र समयानुकुल प्रयोग गर्न जानेन, क्रान्तिको सापेक्षता अनुसार उत्पानमुखी कार्यकर्ता निर्माण गर्नुको साटो चन्दामुखी क्याडर बनाउनु, मुख्य नेतृत्व भएपछि सीमित घेरामा बस्नु र जनसम्बन्ध एवम् कार्यकर्ताको आधारभुत वर्गबाट कटौति हुनु, आफ्नो दार्शनिक धरातल अनुसारको नयाँ संस्कृतिको निर्माण गर्न नसकनाले पुरानै रूढिवादी संस्कृतिको पिच्छलग्गु हुनु र वैज्ञानिक मूल्य मान्यता प्रयोगभन्दा पनि आफ्नै जडतामा रूमलिनुले कम्युनिस्ट आन्दोलन अजीर्ण जस्तो कनाइएको छ ।

कोभिड–१९ को आगमनले दुनियाँमा एकातिर वर्ग समानतामा संक्रमण देखिएको छ भने अर्कोतर्फ चुपचाप विश्वयुद्ध (कष्भिलत धयचमि धबच)जस्तो देखिन्छ । शासकहरूले यसलाई माहामरीभन्दा वढि महाआतंक वनाएका छन् । भ्रस्टाचार गर्ने मुख्य श्रोत बनेको कोभिड अब सासकहरूका लागि विषवृक्ष बन्ने छ । दुनियाँ आर्थिक मन्दिको साँङ्गलोमा जकडिदै छ । लाखौ करोडौ श्रमिकहरू बेरोजगार हुँदैछन् ।यसले निम्त्याउने परिणाम भनेको क्रन्ति हो । हो, अब पुनः दुनियाँको भुगोल अब क्रान्तिको उर्वर भुमिमा परिणत हुँदैछ । यस्तो अनुकुलतामा नेपाली क्रन्ति सफल बनाउन आत्मागत शक्तिलाई सुदृढ र शसक्त बनाऔ । यसका लागि विभिन्न ठाउँमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरू गोलवन्द हुन सुरू गरौं ।
क्रान्तिका लागि छरिएर रहेका क्रान्तिकारी एकताबद्ध बनौं !