प्रश्न चिन्ह

भाषाको
सबै सत्ता
सबै व्यवस्था
भत्किन्छ
अर्थ र रूप
हराउँछ

त्यसका
नियम
त्यसका विधि
सबै सबै
सन्तुलन
फेरिन्छन
प्रश्न न उठेपछि

प्रश्न चिन्हसँगै
हराउँछन
जबाफहरू

प्रश्न बिना
अर्थात्
प्रश्न चिन्ह
किताबबाट
हराएपछि
बेसरम
बन्छन्
सुकिला
मुकिला
शासकहरू

भुइँ मानिसजस्ता
देखिने
भुइँ नभएका
भुइँ दुस्मनहरू
उचाइ
थप्छन्

ठग्छन
भुइँकै
माटोलाई

नभए पछि
आशङ्का
नभए पछि
जिज्ञासा
नभए पछि
प्रश्नै प्रश्न
जन्मिछ्न
आधुनिक
हिटलर
मुसोलिनी
उदारवाद
दलाल
पुँजीवादका
औरस सन्तान

मानिसका
हृदयबाट
प्रश्न अनि
बोधक चिन्ह
गायब भएपछि
मानवीय
संवेदना
करुणा
चेतना
हराउँछ
जसरी
छ्द्म शासकमा
हराएको छ

प्रश्न बिना
मृत निष्प्राण
इतिहास
ब्युँझन्छ
अलौकिक
अदृश्य
सत्ताको
झन्डा
फरफराउँछ
अनि
मानिसलाई
मार्छ
लडाइँको
मैदानबाट
फर्काउँछ
दास बनाउँछ
बन्दुक
फाल्न लगाएर
आफुसँगै
आत्मसमर्पण
गराउँछ
टिठलाग्दो
बनाउँछ
आँखा नाक
कान नभएको
जीवमा
फेर्छ अनि
घाँस दाना
खुवाउँछ

मायाबिन

भन्नू केही छैन
सोध्नु पनि
केही छैन
न कुनै बाचा
न कुनै सङ्कल्प
न कुनै मिसन
पुरा हुनु अगावै
बाटो छोडेर
हिडिरहेका
सबैलाई
विस्मय पारी
चटक्क छाडी
जाने
ओ ! निर्दयी
कतिसम्म
खुम्चिन सकेको
पीडा बम
दुखदम
बिचैमा फालेर
जाने बैगुनी
समयको हथौड़ा
ककस्को
टाउको र छातीमा
बज्रन्छ
हो क्यारे
पक्कै बज्रन्छ
हेर्नू छ
मौन शब्दमा
पढ्नु छ
केकेन गरें
भन्थ्यो त्यसले
उधुम मचाएँ
ठान्थ्यो त्यसले
जगत जितें
गम्थ्यो त्यसले
अग्राख जस्तै
आफुलाई
दरो मान्थ्यो
हुतिहारा
पानीमरुवा
रहेछ त्यो
न गिदी
न हृदय
शून्य पाषाण
खोक्रो खाली
रहेछ पो
मायाबिन
मुटुको
धोक्रो पो
रहेछ त्यो
अब पक्कै
ढल्छ त्यो
इतिहासबाट
सधैंका लागि
हराउँछ त्यो
वन्चक
मायावी
धुर्त जाली त्यो
रहेछ त्यो
विचल
अविश्वासी त्यो

प्रतिक्रिया

सम्बन्धित खवर