मंसिर १४ गते चिनियाँ रक्षामन्त्री एक दिने नेपाल भ्रमणमा आउँदै

प्रकाशित मिति : २०७७ मंसिर ६


काठमाडौँ । छिमेकी मुलुक चीनका रक्षामन्त्री वेई फेङ्हे एकदिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी मंसिर १४ गते भ्रमणको व्यस्त तालिका लिएर नेपाल आउने भएका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने बताइएको छ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने बताइएको छ ।