कार्ल माक्र्स माक्र्सवादी दर्शनका प्रणेता हुन् । वैज्ञानिक सम्यवाद विचारका प्रवर्तक माक्र्स प्रतिभाशाली विद्यार्थी थिए । कानुनमा स्नातक गरेका माक्र्स दर्शन र इतिहासको गहिरो अध्ययन गरेका थिए । उनले जर्मनको इयेना विश्वविद्यालयबाट १८४१ म दर्शनशास्त्रमा पिएचडी(विद्यावारिधि) गरे ।
माक्र्स बोन विश्वविद्यालयमा प्रोफेर बन्न चाहन्थे । तर, जर्मनको प्रोइसेन सरकारको प्रतिक्रियावादी नीतिका कारण माक्र्सले प्रफेसर बन्न पाएनन् । प्रोइसेन सरकारले विश्वविद्यालयका प्रगतिशील प्रोफेसरहरुलाई निकाला गरिन्थ्यो । प्रोइसेनमा वैज्ञानिक विचारलाई कुनै स्थान दिईदैन थियो ।
माक्र्सले प्रोफेसर बन्ने बाटो बन्द भएपछि जर्मन प्रतिक्रियावादका बिरुद्ध संघर्ष गर्ने मञ्चको रुपमा पत्रकारिताको बाटो अपनाएका हुन् । सन् १८४२ को वसन्तदेखि (Rheinische Zeitung) राइन पत्रिकामा काम गर्न थाले । माक्र्सको प्रतिभा र क्षमताका कारण त्यसै वर्षबाट राइन पत्रिकाको सम्पादक बने । प्रतिक्रियावादी प्रोइसेन सरकारबाट असन्तुष्ट बुर्जुवा वर्गका व्यक्तिले राइन पत्रिका प्रकाशन गरेका थिए ।
पत्रिकारको सम्पादकको रुपमा माक्र्सले साहित्य र पत्रकारिता सम्बन्धि अभूतपूर्व प्रतिभा देखाए । उनको आश्चर्यजनक क्षमता र प्रतिभाका कारण पत्रिकाले क्रान्तिकारी जनवादी धार पक्रियो । माक्र्सको विचार र लेखले जर्मनमा परिपक्क हुँदै गएको क्रान्तिकारी आन्दोलनले उग्ररुप लिन थालेको थियो ।
प्रेस स्वतन्त्रताको अभाव र प्रोइसेनका लागू भएको सेन्सरशीपले स्वतन्त्रतापूर्वक पत्रिका प्रकाशन गर्न र लेख लेख्न कठिनाई थियो । माक्र्सले सेन्सर कानुनको विरोध गर्दै लेखेको लेख जर्मनका पत्रिकामा प्रकाशन हुन नसक्ने भएपछि ‘नविनतम प्रोइसेन सेन्सर कानुन’ लेख सन १८४३ मा युवा हेगेलवादी आ. रुगेको संग्रहमा प्रकाशन भएको थियो । माक्र्सले यस लेखमा सेन्सर कानुनको धज्जी उडाएका छन् ।
राइन पत्रिकामा माक्र्सको पहिलो लेख प्रेस स्वतन्त्रता सम्बन्धी नै थियो । जर्मनमा देखापर्ने कुनैपनि सजिव नविन विचारको घाँटी निमोठ्ने प्रतिक्रियावाको विरोध गर्दै माक्र्सले भने, ‘पत्रपत्रिका जनताका बौद्धिक ऐना हुनुपर्छ । जनताको आवश्यक्ता र आकांक्षाको प्रतिबिम्व हुनुपर्छ ।’ पत्रकारितालाई नाफा दिने व्यवसाय, जीवनयापनको सामान्य साधन बनाउने प्रवृतिको घोर बिरोधि थिए । उनी भन्थे ‘लेखकले बाँच्ने र लेख्ने सम्भावना पाउनका लागि कमाउनु पर्छ, तर कदापी कमाउनका लागि बाच्नु र लेख्नु हुन्न ।’
माक्र्सले आफ्ना साहित्यिक क्रियाकलापको प्रारम्भिक समयमा लेखिएका लेखमा आफ्नो पत्रकारिताको महान भूमिका र लेखकको गौरवमय पेशाबारे अत्यन्त संक्षिप्त र स्पष्ट तरिकाले आफ्ना विचार प्रकट गरेका छन् ।
माक्र्सले राइन संसद्मा प्रेस स्वतन्त्रता सम्बन्धि बहस चलिरहेको बेला संसदको जनविरोधि अभिजात चरित्र उदांगो पारे । उनले वास्तविक जनप्रतिनिधि भएको संसद् स्थापना गर्नपर्ने माग गरे । माक्र्सका लेखमा वैचारिक सम्पन्नता, साहस र साहित्यिक प्रतिभाले जर्मन समाजमा ठूलो प्रभाव पारेको थियो ।
प्रेस सेन्सरशीपका सम्बन्धमा लेखिएको माक्र्सको लेखप्रति प्रोइसेन सरकारले आफ्नै तरिकाले प्रतिक्रिया जनायो । तर, प्रोइसेन सरकार र क्याथोलक चर्चका सम्बन्धमा लेखिएको दोस्रो लेख प्रकाशन हुन दिइएन । सरकारी सेन्सर र पत्रिकाका बुर्जुवा सेयर होल्डरहरुको अवरोध भएपनि माक्र्सले जर्मनको आर्थिक, राजनीतिक र वौद्धिक उत्पीडनका बिरुद्ध कलम चलाए ।
माक्र्स एक सच्चा क्रानिकारी जनवादी पत्रकार थिए । उनी जल्दाबल्दा समस्यामा कलम चलाउँथे । ‘छैठौँ राइन लान्डटाग(संसद्)मा भएका बहसहरु’ शिर्षकको लेखमा काठचोरी सम्बन्धि कानुनको विश्लेषण गर्दै बन मालिकको क्रुरता र अत्याचारको भण्डाफोर गरे । उनले शोषण गर्दै आएको किसान समुदायको पक्षमा कलम चलाए । ‘मोजेल सम्वाददाताको सफाइ’ लेखमा जनतामा आइपर्ने विपदप्रति सहानुभूति प्रकट गर्दै लेख लेखे ।
तथ्यपूर्ण सामग्रीसहित माक्र्स आफ्ना लेख लेख्दथे । माक्र्सले मोजेरमा अंगुरको सक्सी बनाउने किसानहरु कसरी टाँट पल्टिलैछन् भन्ने तस्विर राखिदिए । उनले निर्मम तथा दुष्ट प्रोइसेन नोकरशाही सरकारको भण्डाफोर गरे । प्रोइसेन सरकार बिरुद्ध किसानको वास्तविक अवस्था कस्तो भन्ने माक्र्सले लेख लेखे । उनको किसान सम्बन्धि लेखको पछिल्लो भाग कडा राजनीतिक दमनले प्रकाशित हुन सकेन ।
जर्मन नागरिकको कष्टकर जीवन, श्रमिक र तिनको अधिकार शून्य अवस्थाप्रति माक्र्स परचित थिए । यि घटनाले माक्र्सलाई नयाँ ढंगले सोच विचार गर्न वाध्य बनाएको थियो । प्रोइसेन सरकार र उनका कर्मचारी जनताको हितका लागि होइन, बिशेषधिकार सम्पन्न पुरोहित र अभिजात वर्गको हितमा काम गर्दैछ भन्ने निस्कर्षमा माक्र्स पुगे । र माक्र्स समाज वर्गको भूमिका कस्तो हुन्छ भन्ने पत्ता लागउने दिशामा माक्र्स एक पाइला अघि सरे । राइन पत्रिकामा प्रकाशित माक्र्सका लेख भौतिकवादी दृष्टिकोणका लागि पहिलो पाइला थियो ।
श्रमजीवी वर्गको अवस्थाका सम्बन्धमा लेख लेख्ने क्रममा माक्र्सले आफ्नो राजनीतिक अर्थशास्त्रको ज्ञान कमजोर भएको महसुर गरे । पछि माक्र्सले राजनीतिक अध्ययन छाडेर आर्थिक अध्ययनमा जोडदिए ।
विकसित देशका घट्ना तथा आर्थिक सकंट प्रति माक्र्सको गहिरो रुचि थियो । फ्रान्स र वेलायतमा सर्वहारा वर्गले गरेका आन्दोलन, आर्थिक क्षेत्रको गहिरो अध्ययनले माक्र्सले साम्यवादी विचारधाराको जग ठड्याइ सकेका थिए । माक्र्सले सन् १८४२ कै समयमा दर्शनशास्त्र, धर्म र साम्यवाद सम्बन्धी सस्ता वकवास भएका अमूर्त तर्क वितर्कले भरिएका लेख छपाउन अस्वीकार गरेका थिए ।
सम्पादकको रुपमा आफ्नो भूमिकालाई निरनतरता दिन माक्र्सलाई साहस, धर्यता र दृढताको आवश्यक्ता थियो । जर्मनको राइन प्रान्तमा नेपोलियन ऐन कायम थियो । प्रोइसेनमा भन्दा राइनमा प्रेस स्वतन्त्रता बढी भएपनि माक्र्सले सेन्सरवाला, सरकारी कर्मचारी र पत्रिकाका सेयर होल्डरसँग दिनहुँ संभर्ष गर्नु पर्दथ्यो ।
(Rheinische Zeitung) राइन पत्रिकाको क्रान्तिकारी धार र बढ्दो प्रभाव देखेर प्रोइसेन सरकारले कडा निगरानी राख्न थाल्यो र अन्ततः १९ जनवरी सन् १८४३ मा १ अप्रिल १८४३ देखि पत्रिका बन्द गर्ने आदेश जारी गर्यो । पत्रिकालाई उदरवादी बनाउनु पर्ने सेयर होल्डरको विचारसँग माक्र्सले असहमति राख्दै १७ मार्च १८४३ मा सम्पादकबाट राजिनामा दिए ।
माक्र्सको नेतृत्वमा निस्कने (Rheinische Zeitung) राइन पत्रिका जर्मनबाट निस्कने पहिलो जनवादी क्रान्तिकारी पत्रिका थियो । यस पत्रिकाले प्रतिक्रियावादका विरुद्ध साहसी संघर्ष सुरु गरेको थियो । श्रमजिवी र उत्पीडित वर्गको हितमा निडरतापूर्वक लेखेको थियो ।
(Rheinische Zeitung) राइन पत्रिकामा प्रकाशित विचार र सामग्रीले वास्ताविक जीवन, जर्मनका श्रमिकहरुको स्थितिमा प्रत्यक्ष सम्पर्क, फ्रान्स र वेलायतमा सर्वहारा वर्गिय आन्दोलनको थालनी, समाजवादी साहित्यको अध्ययन आदि कुराले माक्र्समा निकै ठूलो परिवर्तन ल्याएको थियो । माक्र्सको यस अवधिको मूल्याङ्कन गर्दै लेनीनले भनेका छन् ‘यसै समयबाट माक्र्सले अध्यात्मवाद छाडेर भौतिकवाद तर्फ, क्रान्तिकारी जनवादलाई छाडेर साम्यवाद तर्फ अघि सर्न थाल्नु भएको हो ।’
(Rheinische Zeitung) राइन पत्रिका बन्द गर्ने आदेश भएपछि माक्र्सले जर्मन छाड्ने निश्कर्षमा पुगे । माक्र्सले जर्मनमा पत्रकारिता र वैज्ञानिक काम गर्न सक्ने अवस्था थिएन । तर, राजनीतिक संघर्षको बाटो भने टाडेका थिएनन् । माक्र्सले आत्मसमर्पण गर्ने कुरै आउँदैन थियो । माक्र्सले क्रान्तिकारी पत्रिका प्रकाशन गर्ने र गुप्त तरिकाबाट जर्मन पठउने योजना बनाएका थिए ।
माक्र्सले नयाँ पत्रिका प्रकाशनका लागि युवा हेगेलवादी आरनोल्ड रुगेसँग पत्रचार गरे । उनले रुगेलाई पठाएको पत्रमा ‘सबै जल्दाबल्दा समस्याको निर्ममतापूर्वक आलोचन गरिन पर्छ’ भन्ने विचार राखेका थिए । पत्रिकाले सामाजिक समस्या समधान गर्ने बाटो र तरिकाहरु प्नि खोज्नु पर्छ ।
फुरिये समाजवादी विचारधारा, प्रुडोनको दृष्टिकोण, काबे, देजामी, भेटलिङ्गका जडसूत्रवादी, वास्तविक जीवनसँग अलग्गिएको विचारधाराको आलोचना गर्दै माक्र्सले ‘आलोचनालाई राजनीतिक आलोचना, राजनीतिमा निश्चित पार्टीगत दृष्टिकोसँग सम्वन्धित गर्ने, अर्थात आलोचनालाई वास्तविक संघर्षमा परिणत गर्ने’ पस्ताव गरेका थिए ।
माक्र्स पेरिसबाट पत्रिका प्रकाशन गर्ने तयारी थिए । तर, प्रेमीका छाडेर जान नसक्ने भएपछि प्रेमिका जेनी फोन वेष्टफालेनसँग १९ जुन १८४३ जर्मनको शानो सहर क्रेइचनाखमा बिवाह गरे । फ्रवुअरी १८४४मा पेरिसबाट माक्र्सको सम्पादनमा म्भगतकभज ँचबलशयकष्कअजभ व्बजचदगअजभच ‘जर्मन फ्राज्सेली वार्षिक पत्रिर्को’ आरम्भ भयो । पत्रिका प्रकाशनमा जेनीले सहयोग गरेकी थिइन् । जर्मनी र फ्रान्सेली क्रान्तिकारी जनवादीहरुको यो पत्रिका मुखपत्र बनेको थियो ।
‘जर्मन फ्रान्सेली वार्षिक पत्रिर्को’मा माक्र्सले ‘यहुदी प्रश्नबार्रे’ लेखमा युवा हेगेलवादी ब्रुनो बाउएरको अध्यातमवादी दिष्टकोणको आलोचना गर्दै ‘राजनीतिक र मानव स्वतन्त्रर्तो’ बिचको भेद छुट्याए । उनले राजनीतिक स्वतन्त्रताको अर्थ बुर्जुवा क्रान्ति ठान्दथे ।
मानव स्वतन्त्रताको अर्थ समाजवादी क्रान्ति ठान्दथे । माक्र्सले हेगेलको कानुनी दर्शनको आलोचना र भूमिका, जनताका लागि अफिम जस्ता लेख र विचार प्रकाशन गरे । माक्र्स जर्मन बुर्जुवा वर्गले क्रान्तिकारी भूमिका खेल्न सक्दैन, सुसंगत क्रान्तिका लागि एक मात्र शक्ति सर्वहारा वर्गलाई देखे ।
‘जर्मन फ्राज्सेली वार्षिक पत्रिर्को’ छाडिसकेका माक्र्स र एङ्गेल्सले यूरोपमा क्रान्तिको आँधिबेरी आउँदैछ भन्ने सम्भावना देखे । त्यसका लागि एक मुखपत्रको आवश्यक्ता थियो । पत्रिका छाप्न माक्र्स-एङ्गेल्ससँग साधन थिएन । १८४७ बाट निस्किएको म्भगतकअजभ(द्यचगककभभिच जर्मन(ब्रसेल्स पत्रिका सम्पादक बोर्नश्टेङ्टलेसँग लेख लेख्ने कुरा गरे ।
पत्रिकालाई गति दिन नसकेको अवस्थामा उनले माक्र्स-एङ्गेल्सको प्रस्तावलाई स्वीकार गरे । र सन् १८४७ मा यो पत्रिका सर्वहारा पार्टी कम्युनिष्ट संघको अघोषित मुखपत्र बन्यो । यस पत्रिका मार्फत माक्र्स-एङ्गेल्सले प्रोइसेन प्रतिक्रियावादको भण्डाफोर, भावी क्रान्तिमा सर्वहारा वर्गको रणनीति र कार्यनीति निर्धारण गरे ।
पत्रकारिताका क्रममा माक्र्सले क्रान्तिकारी वैज्ञानिक विचार र सिद्धान्त निर्माणमा सक्रिय बने । अध्यात्म विचार, सोँच र व्यवहारको तिब्र आलोचना र निन्दा गरेर विचार प्रवाह गरे । उनले पत्रिकाकै माध्यमबाट आफ्ना क्रान्तिकारी विचारलाई सर्वहारा श्रमजिवी वर्गसम्म पुर्याए । जुन क्रान्तिकारी पार्टी र संगठन निर्माणको आधा बन्यो ।
एभगेनिया स्तेपानोभाद्वारा लिखित कार्ल माक्र्सको जीवनीबाट सम्पादित ।