माक्र्सवाद विश्व सर्बहारावर्ग मुक्तिको सबैभन्दा उत्कृष्ट एक वैज्ञानिक सिद्धान्त कार्ल माक्र्स (सन् १८१८–१८८३) र फेडरिक एंगेल्सद्वारा ( सन् १८२०–१८९५) संश्लेषित गरिएको हो। माक्र्सवाद पियरे जोशेफप्रुधोको ( सन् १८०९–१८६५) अराजकतावाद, दक्षिणपन्थी सुधारवाद, लुईस योंगुष्ट व्लांकी ( सन् १८०५–१८८१) र मिखाईल एलेक्सान्द्रो बीच वाकुनिनको (सन् १८१४–१८७६) उग्रवाद सहित सबैखाले प्रतिकृयावाद सित संघर्ष गरी विकसित गरिएको सिद्धान्त जुन सर्वप्रथम सन् १८४८ मा “कम्युनिष्ट घोषणपत्र” मार्फत विश्वमा उद्घोष गरिएको हो । माक्र्सवाद सर्वहारा वर्ग मुक्तिको प्रमुख चेतनशिल हतियार बन्न गएकोले सर्वप्रथम सन् १८७१ मा पेरिसका मजदुरहरुले प्रयोग गरी राज्य विद्रोह गर्दा पुँजीपति वर्गको राज्यसत्ता ढली पेरिस कम्युनले सत्ता लिए। सर्वहारा वर्गको कम्युनिष्ट पार्टी र सर्वहारा वर्गको सेनाको अभाबले ७२ दिन पछि पेरिस कम्युनको सत्ता ढल्न गयो। त्यसपछि माकर््सवाद वर्ग संघर्षद्वारा खारिएर क्रन्तिकारी बन्न पुग्यो जसको मुख्य तीन संघटकहरु दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद हुन् ।
१) दर्शनशास्त्र— दर्शन भनेको विश्व जगत, जीवन, घटना र परिघटनालाई हेर्ने , बुझ्ने र विश्व बदल्ने हेराईको तरिका हो। अर्को शब्दका भन्नु पर्दा दर्शन भनेको भित्री आँखा हो जसले जीवन र जगतको बारेमा प्रष्ट पार्दछ। मोहन वैद्य ‘किरणद्वारा’ लिखित ‘हिमाली दर्शन’ अनुसार दर्शन शब्द ‘दृश’ धातुमा ल्युट प्रत्येय लागी बनेको छ ,जसको व्युत्पति यस्तो छ, “दृश्यते अनेन ईति दर्शनम्” जसको अर्थ जसद्वारा देखिने काम हुन्छ त्यसैलाई दर्शन भनिन्छ। दर्शन शव्दलाई सर्वप्रथम युनानी दार्शनिक पाईथागोरसले (५३० ईसापूर्व) फिलोसफी प्रयोग गरेक थिए । फिलोसफीमा फिलोसको अर्थ प्रेम र सोफियाको अर्थ विवेक यसबाट प्रेम विवेक हुन्छ। दर्शन सम्बन्धी सम्रग अध्ययनको विषय वस्तुलाई दर्शनशास्त्र भनिन्छ। दर्शनशास्त्र विचार र वर्गीय दृष्टिकोणको आधारमा मुख्य दुई प्रकारका छन ्।
क) आध्यात्मवादः— विश्व जगत र जीवन ईश्वरद्वारा निर्मित र परिचालित हुन्छ, पदार्थ सहायक र चेतना प्रधान, आत्मा अमर हुन्छ तर विश्व वोधगम्य छैन भन्ने अवधारणा आध्यात्मवाद हो जसलाई आदर्शवाद पनि भनिन्छ । आत्म केन्द्रित विचार भएकोले आध्यात्मवाद भनिएको हो। आदर्श शव्द अंग्रेजी क्ष्मभब िबाट अनुवाद गरिएको हो ।

Idealअंग्रेजीको अर्थ आदर्श भएतापनि ,यसको मूल अर्थ विचार (Idea) हो। आध्यात्मवाद अथवा आदर्शवाद दुई प्रकारमा छन् ।
ष्)आत्मगत आदर्शवादः—सबै भौतिक परिघटनाको अस्तित्व केवल व्यक्तिको चेतनामा हुन्छ भन्ने मान्यता आत्मगत आदर्शवाद हो ।
ष्ष्)वस्तुगत आदर्शवादः—व्यक्ती चेतना भन्दा बाहिर निर्वैक्तिक चेतना जसले वस्तु निर्माण गर्दछ भन्ने अवधारणा वस्तुगत आदर्शवाद हो । जर्मन दार्शनिक गेओर्ग विल्हेल्म फेडरिक हेगेलले (सन् १७७०–१८३१) आदर्शवादलाई द्वन्द्वात्मक आदर्शवादमा विकास गरे ।
ष्ष्ष्)द्वन्द्वात्मक भौतिकवादः–गेओर्ग विल्हेल्म फेडरिक हेगेलको (सन् १७७०–१८३१) आदर्शवादी दृष्टिकोणको आलोचना गर्दै जर्मन दार्शनिक लुडविक फायरबाखले(सन् १८०४–१८७२) भौतिकवाद विश्व दृष्टिकोण प्रतिपादन गरे । विश्व जगत र जीवन संघर्षद्वारा स्वनिर्मित भएको साथै स्वपरिचालित हुन्छ भन्ने मान्यता भौतिकवाद हो । पदार्थ प्रधान, चेतना सहायक, विश्व जीवन जगत वोधगम्य छ, आत्मा अमर हुदैन भन्ने मान्यता भौतिकवाद हो। कार्ल माक्र्सले (सन् १८१८–१८८३) गेओर्ग विल्हेल्म फेडरिक हेगेलको(सन् १७७०–१८३१) द्वन्द्वात्मक आदर्शवादबाट द्वन्द्ववाद र लुडविक फायरबाख (सन् १८०४–१८७२) को भौतिकवाद समायोजन गरी द्वन्द्वात्मक भौतिकवाद निर्माण गर्नु भयो। द्वन्द्ववाद भन्नाले विश्वमा कुनै पनि वस्तुको अस्थित्व त्यस वस्तुमा निहित रहेको नयाँ र पुरानो, जीवनशील र मरणशील, दुई विरोधी पक्ष बीचको संघर्षमा आधारित हुन्छ, त्यसै संघर्षबाट नयाँ वस्तु जन्मन्छ, यस्तो वस्तुमा रहेको गति या संघर्ष अथवा अन्तरविरोधको अध्ययन गर्ने पद्धतीलाई द्वन्द्ववाद भनिन्छ। द्वन्द्वात्मक तरिकाले हेर्ने भौतिकवादी दृष्टिकोण नै द्वन्द्वात्मक भौतिकवाद हो ।
द्वन्द्ववादको विशेषताहरुः–
ष्)हरेक वस्तुहरु विकाशशील र परिवर्तनशील हुन्छ
ष्ष्)विकाश निम्नबाट उच्च र सरलबाट जटिलमा हुन्छ।
ष्ष्ष्)विकाश एक विन्दुबाट अर्कोमा छलाङ्ग मार्दै हुन्छ।
ष्ख)विकास हरेक सर्पिकल चक्र पहिले भन्दा गहन, समृद्ध र विविधतापूर्ण हुन्छ ।
ख)द्वन्द्ववादले वस्तुलाई अन्तरविरोध र अन्तर सम्बन्धमा हेर्छ ।
खष्)द्वन्द्ववादले वस्तुको गति आन्तरिक मान्दछ ।
खष्ष्)द्वन्द्ववादले नयाँ अजेयताको पुष्टि गर्दछ ।
खष्ष्ष्)द्वन्द्ववादले नयाँ, समुन्नत, अग्रगामी र प्रगतिशील ढंगले वस्तुलाई हेर्दछ ।
ष्ह)द्वन्द्ववादले वस्तु एकको दुईमा विभाजित, परिस्थिती सापेक्ष र सकारात्मक नकारात्मक देख्दछ ।
द्वन्द्ववादको मुख्य तीन नियमहरुः–
ष्)विपरितहरुको एकता, संघर्ष र रुपान्तरणको नियमः—कुनै पनि वस्तुहरुमा संघर्षमय एकता र फुट सम्म हुन्छ ।
ष्ष्)मात्राबाट गुणमा परिवर्तनको नियमः—कुनै पनि वस्तुको मात्रा थप्दै जाँदा गुणमा परिवर्तन हुन्छ ।
ष्ष्ष्)निषेधको निषेध रुपान्तरणको नियमः—कुनै पनि वस्तु या परिस्थितीले अघिल्लोले पछिल्लोलाई निषेध गर्दछ ।
ऐतिहासिक भौतिकवादः–ऐतिहासिक भौतिकवाद भनेको इतिहासको भौतिकवादी धारणा जुन द्वन्द्वात्मक भौतिकवादको समाज विज्ञानमा प्रायोगिक व्याख्या हो । ऐतिहासिक भौतिकवादमा आदिम साम्यवाद, दास युग, सामन्ती युग, पूँजीवादी युग हुदै समाजवाद र साम्यवादी समाजको समग्र विश्लेषणात्मक संश्लेषण गरिएको छ ।
२)राजनीतिक अर्थशास्त्र—विश्व मानव समाजको सम्पुर्ण मानवीय कृयाकलापको विश्लेषणात्मक संश्लेषण नै राजनीतिक अर्थशास्त्र हो। राजनीतिक अर्थशास्त्रलाई निम्न अनुसार व्याख्या गरिन्छ ।
क)उत्पादन प्रणालीः—मानवीय श्रमद्वारा कुनै वस्तुमा उपयोगिता सृजना गर्ने वा थप उपयोगी बनाउने काम नै उत्पादन हो। उत्पादन कार्यको सम्पूर्ण प्रकृयालाई उत्पादन प्रणली भनिन्छ। । उत्पादन प्रणालीका दुई शाखाहरु यस प्रकार छन्
उत्पादक शक्तिः—उत्पादनका साधन(औजार) दक्ष अनुभवी श्रमिकहरु मिलेर उत्पादक शक्ति बन्दछ ।
उत्पादन सम्बन्धः—समाजमा सबै मिलेर वस्तु उत्पादन गर्नु पर्ने भएकोले सामाजिक निश्चित पारस्पारिक सम्पर्क र सम्बन्धलाई उत्पादन सम्बन्ध भनिन्छ ।
ख)उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीचको द्वन्द्वात्मक एकत्वः—उत्पादनको परिवर्तन र विकाश उत्पादक शक्तिको परिवर्तन र विकाशबाट शुरु हुन्छ जब समाजको उत्पादक शक्तिको परिवर्तन र विकाशबाट शुरु हुन्छ तब मानिसको त्यही अनुरुपको आर्थिक उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ । उत्पादन सम्बन्धले उत्पादक शक्तिको गतिलाई तिव्र पार्ने वा रोक्ने गरी प्रभाव पार्दछ । माकर््स भन्नु हुन्छ,“विकासको निश्चित चरणमा पुगेपछि विद्यमान उत्पादन सम्बन्ध सामाजिक तथा भौतिक उत्पादक शक्ति बीच द्वन्द्व चल्दछ ।” यसैमा माओ भन्नु हुन्छ,“यो सत्य हो कि उत्पादक शक्तिहरु व्यवहार र आर्थिक आधारले पूर्णरुपमा प्रधान तथा निर्णायक भूमिका निर्धारण गर्दछ जसले अस्वीकार्छ उ भौतिकवादी होइन तर यो स्वीकार्नु पर्दछ एउटा विशेष परिस्थितीमा उत्पादन सम्बन्ध सिद्धान्त र उपरिसंरचना जसको पहलले निर्णायक भूमिका निर्णायक गर्दछौ ।
ग)राज्य प्रणालीः—उत्पादक शक्ति र उत्पादन सम्बन्धको कुल योग नै राज्य प्रणाली हो । उत्पादन प्रणाली नै राज्य प्रणालीको आधार हो। त्यही आधारको जगबाट उपरि संरचनाको रुपमा राज्य प्रणाली(राज्य सभा, कानुन, राजनीति, संस्कृति, कला र साहित्य) खडा भएका हुन्छन्। कार्ल माकर््स भन्नुहुन्छ,“मानिसहरु आफ्नो जीवनको समाजिक उत्पादनमा निश्चित सम्बन्ध कायम गर्दछन् यी सम्बन्धहरु अपरिहार्य र उनीहरुको इच्छाबाट स्वतन्त्र हुन्छ। उत्पादन सम्बन्धहरु भौतिक उत्पादक शक्तिको विकाश निश्चित चरण सँग मिल्दाजुल्दा हुन्छन् । उत्पादन सम्बन्धको कुल योग नै समाजको आर्थिक ढाँचा हो। यो जग माथि कानुनी र राजनीतिक अधिरचना खडा हुन्छ जस अनुसार निश्चित खालको सामाजिक चेतना देखापर्छ । भौतिक जीवनको उत्पादन प्रणालीले सामाजिक, राजनीतिक, वैद्धिक जीवन क्रमलाई निर्धारण गर्दछ। मुख्य त सामाजिक सभाले मात्र चेतनालाई निर्धारित गर्दछ । आर्थिक जग फेरिए पछि सम्पूर्ण विशाल अधिरचना धेरथोर चाँडो फेरिन्छ । ”
घ)उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास साँढे चार अर्व वर्ष अगि पृथ्वीको उत्पति भै जलवायुको परिवर्तनले ५७ करोड वर्ष अगि जीव बिकास र १० करोड वर्ष अघि स्तनधारी जीव विकास भएको मानिन्छ । केनियामा प्राप्त प्रोप्लियोपिथेकस(एचयउष्यिउष्तजभअगक) नामक पहिलो मानव अवशेष डेढ करोड वर्ष पुरानो मानिन्छ। २० लाख वर्ष अघि मानव पुर्खाहरु ढुङ्गेयुग हुदै ढुंगालाई घोटेर हातियार(औजार) बनाउने कामले ठूलो क्रान्ति ल्याई पशुबाट अलगिदै मानवको आदिम् साम्यवादी समाजको बिकास भयो ।
ङ)अतिरिक्त मुल्यको सिद्धान्तः—माक्र्सवादको ३ संघटक मध्य राजनीतिक अर्थशास्त्रमा आर्थिक व्याख्या र अतिरिक्त मुल्यको सिद्धान्तले समाजवादलाई वैज्ञानिक बनाई दियो । मजदुर वर्गले आफ्नो र पूँजीपति वर्गको लागि मात्र नभएर विश्व बजारमा बेचेर बढी लाभ लिन सक्ने वस्तु उत्पादन गर्न थाले। यस्ता वस्तु बेच्दा मजदुरलाई ज्याला र पूँजीपतिलाई नाफा हुन्छ। उपभाक्ताले वस्तुको मुल्य तिर्छ, पूँजीपतिले वस्तुमा मजदुर, कच्चा पदार्थको दाम र अन्य उत्पादनमा लागेको खर्च दिन्छ, बाकि रहेको रकम नाफा हो। कुनै पनि वस्तुको उपयोगिता या विनिमय मुल्य पदार्थको उत्पादन तथा श्रमद्वारा निर्धारण हुन्छ । कुनै वस्तु उत्पादनमा लागेको वास्तविक धन र बजारको मुल्य बीचको अन्तर नै अतिरिक्त मुल्य हो। जस्तै मजदुरले एउटा सारी बनाउँदा ज्याला रु. ६०÷– पाउँछ, सारीमा लाग्ने सामाग्री रु.८० ÷– गरी जम्मा रु.१४०÷– लागत हुन्छ। यो सारी रु.२००÷– मा बेच्दा रु.६०÷– बढी हुन्छ। यसमा मजदुरको श्रम रु. १२०÷– परेको छ तर उसलाई रु.६०÷– दिएर रु.६०÷– पूँजीपतिले लिन्छ। यो श्रमिकको मुल्य नै अतिरिक्त मुल्य हो। माक्र्सको शब्दमा,“अतिरिक्त मुल्य भनेको ती दुई बीचको मुल्य अन्तर हो जसलाई मजदुर उत्पादन गर्दछन्, वास्तवमा पुँजीपतिले पाउँछ । ” माक्र्स फेरि भन्नु हुन्छ“अतिरिक्त मुल्य भनेको त्यो मुल्य हो जो पुँजीपति श्रमिकबाट असुल्छ ।”
३)वैज्ञानिक समाजवाद
मानव समाजको उत्पति, विकास र समस्या निवारण गर्ने विविध धारणलाई समाजवाद भनिन्छ। समाजवाद काल्पनिक(युटोपिया) र वैज्ञानिक छन् । समाजवाद सामन्ती, पुँजीपति वर्ग र संशोधनवादीले प्रयोग गर्ने काल्पनिक समाजवाद हो भने सच्चा कम्युनिष्टहरुले प्रयोग गर्ने वैज्ञानिक समाजवाद हो। युटोपिया एउटा वाद थियो जसको प्रतिवाद चार्टरवाद(मजदुर आन्दोलन) थियो । त्यसपछि वाद प्रतिवादको संवाद वैज्ञानिक समाजवाद बन्यो जुन विज्ञानले झै सिद्धान्त(वाद) र व्यवहार दुवैलाई आवश्यक सम्झन्छ। समाजवाद साम्यवादको पहिलो चरण हो जहाँ उत्पादनका साधनहरु मथि सार्वजनिक स्वामित्व समाजको समान अधिकार प्राप्त सदस्यहरुको शोषण मुक्त श्रममा आधारित हुन्छ । राजनीतिक स्वतन्त्रताको उच्चतम रुप, जनताको समाजवादी स्वशासन, नागरिकको सच्चा राजनीतिक अधिकार र मुक्ति, कानुनको दृष्टिमा समानता, अधिकार र दायित्वको एकतालाई सुनिश्चित गर्ने, समाज र राज्य संचालनमा सर्वहारा वर्गको सहभागिताको ग्यारेन्टि गर्ने साथै सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्वको ग्यारेन्टि गर्ने माकर््सवादी विश्व दृष्टिकोणलाई वैज्ञानिक समाजवाद भनिन्छ । समाजवादमा हरेकलाई काम गर्ने समान अवसर हुन्छ जहाँ क्षमता अनुसार काम र काम अनुसार माम भन्ने हुन्छ ।
माक्र्स– एंगेल्सका अनुसार द्वन्द्वात्मक भौतिकवाद समाजमा प्रयोग गर्दा ऐतिहासिक भौतिकवादको विकास भयो जस अनुसार समाज विकासको क्रम शुरुमा आदिम साम्यवादी समाज बन्यो। श्रम विभाजनले त्यो समाज दास र मालिक दुई वर्ग भएको दास स्वामी समाज बन्यो। जमिनका मालिक सामन्त र किसान बीच संघर्ष हुदा सामन्तवाद ढल्यो र पुँजीवादी व्यवस्था आयो । पुँजीवादले सर्वहारा वर्गको जन्म दियो फलस्वरुप पुँजीपति वर्ग र सर्वहारा वर्ग बीच संघर्ष पछि समाजवाद आउँछ त्यो बल प्रयोगबाट आउछ, त्यो वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादले वस्तु र बिचारको विकास गरी ‘समाजवादी समाज’ साम्यवादी समाजमा रुपान्तरण हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर