यतिवेला अमेरिकी राष्ट्रपतिको चुनाव बडो रोचक अवस्थामा पुगेको छ । अमेरिकाको इतिहासमै दोस्रोपल्टको निर्वाचन प्रतिस्पर्धामा बहालवाला राष्ट्रपतिमा पराजित हुनेमा सिनियर बुस पछाडि वर्तमान राष्ट्रपति डोनाल्ड टम्प हुने भएका छन । अर्कातिर ट्रम्पले निर्वाचन नसकिदै अथवा अमेरिकी राष्ट्रपति निर्वाचनमा व्याटलग्राउन्ड स्टेटको रुपमा चिनिएका राज्यहरुको मत परिणाम एकिन नै नभइकन आफ्नो जित भैसकेको घोषणा गर्दै हारे सुप्रिम कोर्ट जाने घोषणा गरे । अमेरिकी इतिहासमा यो अर्र्काे रोचक दृश्य पदार्पण हुनगयो । जतिवेला ट्रम्पले राष्ट्रपतिको चुनाव जितिसकेको घोषणा गर, त्यसबेलाको स्थितिमा जे वाएडन ट्रम्प भन्दा २५ इलोक्टरल भोट सहित अगाडि रहेका थिए । त्यस्मा पनि व्याटलग्राउन्ड राज्य बाहिरको नोभाडा राज्य जहाँ ६ इलोक्ट्रल मत रहेको छ (यद्यपि त्यहाँको मतगणना परिणाम आइसकेको छैन) । यो राज्य ड्यामोक्रयाटहरुको परम्परागत पकड रहेको ठाउँ भएको हुनाले यो मत वाइडेनले पाउने पक्का थियो भने १५ मत रहेको मिसिगन र ११ सिट रहेको विस्कन्सिनमा झिनै मतमा भएपनि उनी अगाडि रहेका थिए जुन ठाउँको परिणाम समेत वाइडेनको पक्षमा आइसकेको स्थिति छ । विस्कन्सिन र मिसिगनमा भएको जित संगै वाइडाको कुल इलोक्टरोल मत २६४ पुगेको छ भने ट्रम्पको २१३ यथावत नै छ । अब आफ्नो अग्रता कायम रहेको नोभाडा राज्यको ६ सिटको मतपरिणाम आउने बित्तिकै ट्रम्पको वाइटहाउस शासनको अन्त्य हुनेछ र त्यो ठाउ वाइडेनले प्राप्त गर्ने निश्चित छ ।
यसरी गणना गरि नसकिएको नोभडा राज्यको परिणाम सार्वजनिक भएपछि २७० इलोक्ट्रोल मत सहित बाइडेनलाई ह्वाइटहाउस प्रवेशको औपचारिक ढोका खुल्नेछ । यो मत भनेको आवश्यक सामान्य वहुमत मात्रै हो । यो वाहेक बाँकी रहेको सम्पूर्ण मत आफ्नो पक्षमा आउदा समेत ट्रम्प पराजित नै हुनेछन । तर सवाल यो छ कि अहिले अग्रता कायम गरेका सबै राज्यमा ट्रम्पले विजय हासिल गर्न सक्ने सम्भावना छ त? यो निकै महत्त्वपूर्ण प्रश्न हो । अब मत परिणाम आउन वाकि रहेका जहाँ ट्रम्प अगाडि छन ती राज्यको स्थिति पनि सबै उनकै पक्षमा जाला भन्न सकिने अवस्था देखिदैन ।
मत परिणामको हिसावले सबैभन्दा माथि २० मत रहेको पेन्सिलभानियामा ट्रम्प अगाडि भएपनि वाइडेनले मतान्तर घटाउदै लगिरहेका छन । पछिल्लो मत परिणामस्वरूप ट्रम्पको ३२लाख १५ हजार ९ सय ६९ मत छ भने वाइडेनको ३०लाख ५१ हजार ५ सय ५५ मत रहेको छ । यहाँ केही समय अगाडिको ३ लाख बडिको मतान्तरलाई घटाएर वाइडेनले १ लाख ६४ हजारमा झारेका छन ५७५ र ४३५ को मतान्तर प्रतिशत पनि घटेर ५०.७ र ४९.१ प्रतिशतमा पुगेको छ । अवको मत गणना हुलाकी मतहरु र ड्यामोक्रयाटहरुको बाहुल्यता रहेको फिलाल्फाडिया सहरमा केन्द्रित हुने भएको हुदा यस क्षेत्रको ९ लाख मत गणनामा वाइडेनले बाजि मार्न सक्ने प्रवल सम्भावना रहेको विश्लेषण गरिदै छ । यसमा जित हासिल भएको खण्डमा वाइडेनका मत २७० वाट बढेर २९० पुग्ने सम्भावना त्यतिकै छ । त्यसैगरी जर्जियामा पनि तिव्र टकराव देखिएको छ पछिल्लो मतपरिणाम अनुसार ट्रम्पको २४ लाख २९ हजार ७ सय ८३ र वायडेनले २४ लाख ६ हजार ७४ मत प्राप्त गरेका छन । यो अन्तर भनेको करिब करिब २० हजार र प्रतिशतमा ०.४५ मात्रै हो । त्यसैगरि नर्थ क्लारिनामा पनि मतान्तर निकै झिनो रहेको छ । यहाँ पनि मतान्तर प्रतिशत ०.५५ मथि छैन । यी दुबै राज्यमा अब सहरी क्षेत्रको मतगणना हुन बाँकी रहेको र वाइडेनको प्रभाव पनि ती क्षेत्रमा मजवुत रहेको हुदा यी दुबै क्षेत्रको मत परिणाम ट्रम्पको पक्षमा नपर्न सक्ने पनि आकलन गरिदै छ ।
यदि उक्त क्षेत्रमा पनि डोनाल्ड ट्रम्पले हारे र त्यसको फाइदा वाइडेनलाई पर्न गयो भने, त्यो स्थितिमा रिपब्लिकनहरुले आफ्नो वाहल््यता रहेको नेवादा राज्यमा रहेका ३ मतमा चित्त बुझाउनु पर्ने पनि हुन सक्दछ । यदि त्यसो भयो भने ईलोक्ट्रोरल मतको हिसावले डोनाल्ड ट्रम्पका जम्मा मत अहिलेको ११३ वाट ३मत बडेर ११६ हुनेछ भने वाइडेनको २७० बाट वढेर ३२२ मत हुनेछ । त्यस्तै पपुलर मत तर्फको मतान्तर पनि १५ लाख वाट बढेर २० लाखको हाराहारीमा पुग्नेछ जुन मत अमेरिकाको राष्ट्रपति निर्वाचनको ईतिहासमै सबैभन्दा बढी हुने निश्चित जस्तै देखिएको छ ।
यसरी समग्ररुपमा भन्नू पर्दा यो निर्वाचन पश्चात अमेरिकामा ट्रम्पको बहिरगमन र वाइडेनको आगमान संगै रिपब्लिकनको हातवाट ड्यामोक्रेटिकहरुको हातमा राज्यको शासनाधिकार बदलिने निश्चित देखिन्छ । तर यसमा सवाल यो छ कि ट्रम्पको बाहिरगमन र वाइडेनको आगमन संगसंगै के अब अमेरिकाले अपनाउदै आएको साम्राज्यवादी सोच चिन्तन र विश्वव्यापी हैकमको अन्त्य हुन्छ त ? उनीहरुको परराष्ट्र र सैन्य नीतिमा फेरवदल आउछ ? अथवा संसारभरका उत्पिडित राष्ट्र र जनता अब स्वतन्त्र, सार्वभौम र स्वाधिन वन्न पाउँछन त ? मुख्य प्रश्न यो हो । यो निश्चित छ कि अमेरिकाको निर्वाचनवाट निर्वाचित हुने पार्र्टी र पात्रहरुको कारणले त्यहाँको साम्राज्यवादी सोच चिन्तन र प्रवृत्तिमा खासै भिन्नता आउदैन। यसले उसको परराष्ट्रनीति र सैन्यनीतिमा पनि कुनै फरक पार्ने सम्भावना देखिदैन । अमेरिकाको मौजुदा व्यवस्था भित्र जुन पार्र्टी र उमेदवारले चुनाव जितेर राष्ट्रपति भएपनि उसले अपनाउदै आएको साम्राज्यवादी उदेश्य र परराष्ट्र तथा सैन्य रणनीति एउटै रहन्छ । जस्का विरुद्ध उत्पिडित राष्ट्र र जनताले विगत लामो समयदेखि संघर्ष गर्दै आइरहेका छन । आज पनि संसारभरका उत्पिडित राष्ट्र र जनताले साम्राज्यवादी हैकम र रणनीतिको विरुद्ध संघर्ष नगरि हुदैन । यो नै मुख्य कुरा हो । आजको आवश्यकता पनि हो ।
२०७७ कार्तिक २१ गते