
आयुष न्यौपाने, बर्दिया । बर्दियामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माओवादीमा ध्रवीकृत भएका छन् । क्रान्तिकारी माओवादीको बर्दिया नगरपालिकाको नगर कमिटीले विहिबार राखेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु ध्रवीकृत भएका हुन ।
क्रान्तिकारी माओवादीमा ध्रवीकृत भएका नेता कार्यकर्तालाई पार्टीका पिविएम तथा बाँके बर्दिया इन्चार्ज भुपेन्द्र न्यौपानेले स्वागत गरेका थिए ।
बर्दिया जिल्लामा प्रत्येक स्थानीय तहसम्म तीव्ररुपमा पार्टी, देजमो, जबस र मोर्चाको संगठन विस्तार भइरहेको पार्टीका जिल्ला सचिव विपिन रोकायले जानकारी दिएका छन् ।
ध्रुवीकरणको प्रक्रियाबाट बिहीकार खैरेनी र ढकेलामा अनेम संघ (क्रान्तिकारी) ,पार्टीको सेल कमिटी र अनेकिम संघ (क्रान्तिकारी ) लगायतका संगठनको निर्माण भएको छ ।
अनेमसंघ (क्रान्तिकारी) को खैरेनीमा पाँच सदस्यीय इकाई समिति गठन भएको छ, जसमा अध्यक्ष भोब कुमारी ढकाल, सचिव गिता कुमारी हमाल, कोषाध्यक्ष सीता आचार्य, सदस्य कान्छी हमाल, सदस्य भुमिसरा शाही रहनु भएको छ ।
ढकेलामा पार्टीको ५ सदस्यीय सेल कमिटी गठन जसमा सचिव अटल, सदस्यमा विगुल, सारदा, विरजंग, गम्भीर रहनु भएको छ ।
यस्तै अनेमसंघ क्रान्तिकारी बर्दियाको बारबर्दिया नं.पा. ९ ढकेलामा टोल स्तरीय नौ सदस्यीय समिति गठन भएको छ । जसमा अध्यक्ष शान्ता बि.क., सचिव पार्वती बुढामगर,कोषाध्यक्ष निर्मला खड्का ,सदस्य जैसरा बि.क.,निलसरा परियार,हिरा नेपाली ,भुमिसरा खड्का ,यमिसरा बि.क.,सुन्धरा तारामीमगर रहनु भएको छ ।
त्यसैगरी ढकेलामा अनेकिमसंघ (क्रान्तिकारी) को कर्ण बि.क.को संयोजकत्वमा सात सदस्यीय टोल स्तरीय समिति गठन भएको छ, जसमा सदस्य दुर्गा बहादुर खड्का, निल बहादुर बि.क.,हस्त परियार, बिर्ख बहादुर बि.क., मदन थापा क्षेत्री र मोहन बोहोरा रहनु भएको छ ।






























