ओली सरकारको राष्ट्रवादी मुखुण्डो उदाङ्गीयो

ओली सरकारको राष्ट्रवादी मुखुण्डो उदाङ्गीयो

२०७७ कार्तिक ५ गते भारतीय गुप्तचर विभाग रअ का प्रमुख सामन्त कुमार गोयल भारतीय सेनाको विमान चार्टर गरेर काठमाडौं आए । नेपालका संसदीय व्यवस्थाका नायकहरुलाई एकल तथा छुट्टाछुट्टै भेट गरे र उनले भारतको उदेश्य पूरा गरेर फर्के । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले सरकारी नीवास वालुवाटारमा मध्यरातमा ३ घण्टा भेट तथा गोप्य छलफल गरे । भारतीय रअ का प्रमुखलाई नेपालका सत्ताधारीहरुले बोलाएर आए कि उनी आफै आएका हुन ? यो विषय बाहिर खुलेकै छैन । अर्र्को उनी के उदेश्य वा लक्ष्य लिएर नेपाल आएका हुन ? यो विषय पनि पूर्णरूपमा बाहिर आइसकेको छैन । सामन्त कुमार गोयल नेपाल र नेपाली जनताको हितमा आएका हुन त ? यो कदापि पनि होइन । विगत कालमा बृटिसले भारतमा शासन गर्दाताका बेलायत सरकारले नेपालमाथि पनि गिद्देनजर लगाउने गर्दथ्यो । त्यसका विरुद्ध हाम्रा पुर्खाहरुले बहादुरीपुर्वक लडेर बचाएको भुमि हो नेपाल । बृटिसले भारतीय भुमि छोडेर गएपछि भारतीय शाषक वर्गले पनि बृटिसकै हस्तक्षेपकारी नीति पच्छ्याउदै छिमेकी मुलुकहरुलाई सके आफ्नो कठपुतली सरकार निर्माण गरेर आफुमा विलय गराउने, जसरी लेण्डुप दोर्जे मार्फत सिक्किम भारत विलय गराईछाड्यो । यदि त्यसो गर्न नसके आफ्नो प्रभुत्वभित्र राख्ने । यसकारण नेपाललाई संधै अस्थिर बनाउने, विभिन्न खाले षड्यन्त्र गर्ने, नाकाबन्दी लगाउने, नेपालका लोभी पापी नेताहरुलाई खरिदबिक्री गर्ने, यहाँका सबै प्राकृतिक श्रोत साधन आफ्नो कब्जामा राख्ने आफ्नो नियन्त्रणमा राखिरहने र प्राकृतिक दोहन गर्ने भारतको नीति रहि आएको छ । यहि नीति अनुरुप विषय अरुपनि होलान तर यहि विचमा भारत र चीन विचको लद्दाख क्षेत्रमा ठुलो सीमा विवाद पर्न गयो । उक्त सीमाविवादमा भारतले चीनको तर्फबाट ठूलो क्षति विहोर्नु पर्यो । २०÷२२ जना भारतीय सेनाको त ज्यानै गयो । यो घटनावाट भारतले चिनियाँ सेनासंग लड्न नसक्ने ठहर गर्यो । यसकारण कालापानी लिपुलेक र लिम्पियाधुरामा अन्तर्राष्ट्रिय सेना राख्ने र चीनलाई घेराबन्दी गर्दै युद्ध सुरु गर्ने योजना भारतको रहेको छ । उक्त भुमि हिजोदेखि नेपालकै थियो र आज पनि नेपालकै हो । यो विषय अन्तर्राष्ट्रिय जगतलाई पनि जानकारी छ । हालसम्म नेपालका शासकहरुको राष्ट्रियता सम्वन्धि नीति, राष्ट्रघाती तथा सत्तास्वार्थमा यहाँको राष्ट्रियतालाई सौदावाजी गर्ने नीतिको कारणले भारतले कालापानीमा आफ्नो सेनाको ब्यारेक राखेकै छ भने कालापानी सहित लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारी उक्त भुमिमा राजमार्ग समेत निर्माण गरेको छ ।
भारतले नेपाली भुमि आफ्नो नक्सामा समावेस गर्दा र त्यहाँ राजमार्ग समेत निर्माण गर्दा पनि नेपालका शासकहरुले हामीले थाहै पाएनौ भन्दै गैरजिम्मेवार जबाफ दिए । अतिक्रमित भुमिमा हेलिकप्टर चडेर नाटक मन्चन गर्ने गद्दार इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र मुमि व्यवस्था मन्त्री पद्मा अर्यालले लामो समयसम्म भारतीय हस्तक्षेपको ढाकछोप गरिरहे । जनताको व्यापक जनदबाब पछि मात्रै केपी ओली लगायत उनका दलालले उक्त भुमि अतिक्रमण भएको स्यीकार गरि कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा छाप्न बाध्य भए । चुच्चे नक्सा केपी ओलीको इच्छाविरुद्ध नेपाली जनताको दवावको परिणाम थियो भन्नेकुरा उक्त भुमि फिर्ताको लागि उनले कुनै पहल नलिएर बरु सो नक्सा नेपाली पाठ्यपुस्तकमा समावेश नगर्न उनले दिएको निर्देशन र दवावले पुष्टि गरेको छ ।
ओली इतिहासदेखि आज सम्म केवल नक्कली राष्ट्रवादी भन्दा अरु केही थिएनन भन्ने कुरा २०५१ सालमा राष्ट्रघाती महाकाली संधि गरेर महाकाली नदी भारतलाई बुझाएवाटै प्रष्ट भएको थियो । अमेरिकी चर्च मिसिनरीको खुल्ला दलाली गर्दै क्रिश्चियन पादरी मुनको शुक्रकिटलाई प्रसादको रुपमा होलीवान सेवान गरि पश्चिमी साम्राज्यवादको दलाली गर्दै आएका ओलीले अहिले आएर अमेरिकी इन्डो(प्यासिफिक स्टाटेजिज अन्तरगतको एमसीसी परियोजना मार्फत चीन विरोधि गतिविधि गर्ने उदेश्य बोकेको अमेरिकी सेना नेपाल भित्र्याउने खेल खेलीरहेका छन । यस्ता राष्ट्रघाती हर्कत गर्दै आएका ओलीले हाल फेरि भारतीय गुप्तचर विभाग रअका प्रमुख सामन्त कुमार गोयललाई संकास्पद ढंगले भेटघाट गरेपछि कालापानी लिपुलेक र लिम्पियाधुरा सहित संसदवाट पारित गरिएको चुच्चे नक्सा हटाएर पुरानै बुच्चे नक्सा राखि दशैंको शुभकामना दिएका छन । नेपालको नक्सामा रहेको भुमिमा भारतीय सेना राख्दा अन्तर्राष्ट्रियस्तरमा समेत विवाद भएको कारण र विवादित भुमिमा अन्तर्राष्ट्रय सेना राख्दा संदेश पनि राम्रो नजाने हुदा अमेरिका र भारतीयहरुको योजना अनुसार रअ प्रमुख गोयल नेपाल आएर चुच्चे नक्सा हटाउन लगाएको सहजै बुझ्न सकिन्छ । यो घटना ओलीको राष्ट्रघातको पराकाष्ठाको रुपमा आएको हुनाले अब उनको राष्ट्रघात विरुद्ध ससक्त प्रकारको संघर्षको उठान गर्न जरुरी भएको छ । यदि अब पनि नेपालका देशभक्तहरुले राष्ट्रियताको रक्षाको लागि ओलीको राष्ट्रघाती कुकर्मको विरुद्धमा संघर्ष नगर्ने हो भने लेण्डुप दोर्जेले सिक्किम भारतलाई बुझाए झै ओलीले पनि नेपाल भारत र अमेरिकालाई बुझाउने पक्कापक्की छ । यश विषम परिस्थितिमा आफुलाई हात्ती पार्र्टी कहलाउने र समाजवादको गुड्डी हाक्ने, सिङ्गल होइन डवल कम्युनिस्ट पार्र्टी नाम राख्ने रामभक्त पार्र्टीका नेता कार्यकर्ताहरु के हेरेर बसेका छन ? देश रहयो भने न हामी सबैको अस्थित्व रहला ! देशै नरहे यहाँ हाम्रो भन्नू के बाँकी रहला ?
२०७७ कार्तिक ११