७८ हजार ७८० संक्रमित निको भए, सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुग्यो

७८ हजार ७८० संक्रमित निको भए, सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुग्यो


काठमाडौं । नेपालमा कोरोना संक्रमितमध्ये ७८ हजार ७८० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै देशैभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा १५ हजार ४८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १५ हजार ५७७ पीसीआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ७८ हजार ७८० पुगेको हो ।