ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ललितपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला सचिव श्याम केसीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा १४ बुँदे माग बुझाएको हो ।


सो क्रममा पार्टीका केस तथा ललितपुर इन्चार्ज क्षितिज, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष जगदिश्वर महर्जन, अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका जिल्ला अध्यक्ष सुजन थापा मगर, अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक हिक्मत महरा, अखिल नेपाल क्रान्तिकारी होलट तथा रेष्टुराँ मजदुर संघका केस राजकुरमा देउला, दलित मुक्ति मोर्चाका जिल्ला संयोजक रोशन विशंखे लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


ज्ञापन पत्र बुझ्दै प्रजिअ अधिकारीले क्रान्तिकारी माओवादीले प्रस्तुत गरेका मागहरु कार्यान्वयन गर्न, गराउन र त्यसको नियमन गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

क्रान्तिकारी माओवादीका सचिव केसीले माग पत्र पढेर सुनाएका थिए भने अन्य सहभागिहरुले पनि माग पुरा गराउन जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर