क्रान्तिकारी माओवादी काठमाडौंले शनिबार विरोध प्रदर्शन गर्ने

क्रान्तिकारी माओवादी काठमाडौंले शनिबार विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) काठमाडौंले शनिबार विरोध प्रदर्शनको कार्यक्रम गर्ने भएको छ । नेपालको वास्तविक नक्सा अनुसारको भूमि फिर्ताका लागि सरकारले देखाएको उदासिनता र राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विरोध प्रदर्शनको कार्यक्रम गर्न लागिएको क्रान्तिकारी माओवादी काठमाडौंले जनाएको छ ।
काठमाडौंको चावहिल चोकमा शनिबार दिउसो २ बजे गरिने विरोध कार्यक्रमलाई पार्टी केन्द्र र जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर देशैभरि यस्ता विरोध कार्यक्रम गर्दै आएको छ । २० दलीय मोर्चाद्वारा आयोजित कार्यक्रमहरुमा समेत क्रान्तिकारी माओवादीको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।