काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।
पछिल्लो तथ्यांकसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघेको छ । नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिएका छन् ।
११ हजार १७६ जना आइसोलेसनमा र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेको बताइएको छ । हाल ३१८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृत्तकको संख्या ६ सय पुगेको छ । गएको २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।




























