आस्विन १५ काठमान्डौ,
भरखरै २० वामपन्थी संगठनहरुको कार्यगत एकता गरिएको घोषणा गर्दै २० संगठनको कार्यगत एकताका तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी पी गजुरेलले एक वक्तव्य प्रकाशित गर्नु भएकोछ । वक्तव्यको पूर्ण पाठ तल दिइएकोछ –
प्रेशित वक्तव्य
“राष्ट्रमा उत्पन्न समस्या र तिनको निकास” विषयमा २० वामपन्थी संगठनले बृहद् अन्तरकृयाको आयोजना गर्ने !
आफुलाई वामपन्थी भनेर देशमा शासन चलाइरहेको पार्टीको एकलौटी सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्ने होइन कि तिनलाई झन् झन् विकराल बनाउने काम गरेर वामपन्थी भन्ने शव्द प्रतिनै वितृष्णा पैदा गराइरहेको अवस्थामा निम्न अनुसारका २० वामपन्थी संगठनहरुको कार्यगत एकताले सच्चा वामपन्थीको भूमिका निर्वाह गर्ने जमर्को गर्दै यहि आउँदो २०७७ साल आश्विन १७ गते दिनको १२ बजे “देशमा उत्पन्न समस्या र तिनको निकास” भन्ने विषयमा एउटा बृहद् अन्तरकृया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्र र जनताका अगाडि उपस्थित विकराल समस्याको समाधानका लागि समग्र पत्रकार, वुद्धिजीवि, समाजका सबै परिवर्तन पक्षधरहरुलाई उक्त कार्यक्रमको जुममा जोडिएर संघर्षमा योगदान पु¥याउनको लागि पनि आह्वान गरिएको छ । कार्यगत एकतामा सम्मिलित २० वामपन्थी संगठनहरु ः
नेकपा(मशाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले), राष्ट्रिय जन मोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा(बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम् सी सी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा(माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) ।
२० संगठनको कार्यगत एकताका तर्फबाट
…………….
(सी पी गजुरेल)
२०७७ । ६ । १५






























