
आस्विन १५ काठमाडौ,
भर्खरै मात्र अर्थमन्त्रीबाट बाहिरिएका डा. युवराज खतिवडालाई सरकारले एमसीसीको मुख्यालय अमेरिकाको राजदुतमा नियुक्त गरेको छ । पार्टीभित्र खतिवडाको विरोधमा चर्र्को आवाज भइरहँदा पनि प्रधानमन्त्री केपी ओलीले खतिवडालाई अर्थमन्त्रीमा नै दो¥याउन चाहेका थिए । राष्ट्रिय सभा सदस्य नरहेर पनि छ महिनासम्म अर्थमन्त्री र सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्न पाएका खतिवडाकै कारण ओली नेतृत्वको सरकार अलोकप्रिय बन्न पुगेको बिश्लेषण राजनीतिक क्षेत्रमा गरिएको छ ।
खतिवडालाई अमेरिकाको विश्वासपात्र व्यक्तिको रुपमा पनि हेर्न थालिएको छ । सत्तासीन नेकपाका नेता भीम रावलले युवराज खतिवडा जस्तो व्यक्तिलाई अन्य देशमा भए राजद्रोहको अपराधमा जेल हालिएको हुन्थ्यो भनेर एक सार्वजनिक समारोहमा नै अभिव्यक्ति दिएका थिए ।
यसैबीच सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । भर्खरै सम्पन्न क्याबिनेट बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गरेर परराष्ट्र सचिव बैरागीलाई मुख्यसचिवमा बढुवा गरेको हो । मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत तोकिएका छन ।
आजको बैठकमा समावेशी सहभागिताको कुरा उठेकैले कोरिया, ब्राजिल लगायतका देशमा राजदूत तोक्न नसकिएको जनाइएको छ । राजदूत नियुक्ति प्रकरणमा डबल नेकपाभित्र व्यापक रस्साकस्सी भइरहेको छ






























