कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुग्यो, निको भए ५५ हजार ३७१ जना, ४९१ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुग्यो, निको भए ५५ हजार ३७१ जना, ४९१ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ । आजसम्मको तथ्यांक अनुसार देशभर २० हजार ३९६ संक्रिय संक्रमित रहेका छन् ।