क्रान्तिकारी माओवादीका प्रदेश सदस्य राम नेपालीलाई मातृशोक, पार्टी र मोर्चाद्वारा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी माओवादीका प्रदेश सदस्य राम नेपालीलाई मातृशोक, पार्टी र मोर्चाद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश सदस्य राम नेपालीलाई मातृशोक परेको छ । अखिल (क्रान्तिकारी)का पूर्वमहासचिव समेत रहेका नेपालीकी ममतामयी आमा डम्बर कुमारी नेपालीको असोज ११ गते ६८ वर्षको उमेरमा आफ्नै घर गोरखामा निधन भएको हो । दिवंगत डबर कुमारी नेपालीप्रति क्रान्तिकारी माओवादीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका ३ नं. प्रदेशका सेक्रेटरी प्रवेशले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।


दिवंगत नेपालीका श्रीमान, ३ छोरा, १ बुहारी र नातिनातिनाहरु रहेका छन् । नेता राम नेपाली उहाँको जेठो छोरा हुनुहुन्छ ।
यसैबीच, नेपाल दलित मुक्ति मोर्चाका सहसंयोजक बाबुराम प्यासी परियारले एक वक्तव्य जारी गर्दै दिवंगत डम्बरकुमारी नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मोर्चाका नेता समेत रहेका राम नेपाली लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।