गुल्मीको सत्यवती गाउँपालिका–१ चौरमा देजमोको वडा कमिटि गठन

प्रकाशित मिति : २०७७ आश्विन १२

गुल्मी । देशझ जनगणतान्त्रिक मोर्चा, नेपाल गुल्मीको सत्यवती गाउँपालिका वडा नं. १ चौरमा भएको एक भेलाले मोर्चाको वडा स्तरीय कमिटि गठन गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का गुल्मी इन्चार्ज टिका राना, सेक्रेटरी अविरललगायतका नेताहरुको विशेष उपस्थितिमा भएको भेलाले महेश पाण्डेयको संयोजकत्वमा १८ सदस्यीय कमिटि गठन गरेको हो ।
भेलाले कमिटिको सहसंयोजकमा भीम श्रेष्ठ र सदस्यहरुमा सरोज पाण्डेय, रविन श्रेष्ठ, तेजबहादुर बुढा, भीम पाण्डे, अमिर मिया, विकास पाण्डे, कुलबहादुर तरामु, लोकेन्द्र कुँवर, लक्ष्मण पाण्डेय, नविन पाण्डेय, टंकप्रसाद श्रेष्ठ, विपिन पाण्डे, लाल कुँवर, शिव अधिकारी र यमलाल पाण्डे रहेका छन् ।