कमरेड चन्द्रा थानीको १३ औं दिनको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न (फोटोफिचर)

कमरेड चन्द्रा थानीको १३ औं दिनको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न (फोटोफिचर)


काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, अनेमसंघ (क्रान्तिकारी), इच्छुक साँस्कृतिक प्रतिष्ठान र नेकपा (क्रान्तिकारी माओवादी)को कर्णाली प्रदेशको संयुक्त आयोजनामा कमरेड चन्द्रा थानीको १३ औं दिनको स्मृतिको सन्दर्भमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जलीसभा कार्यक्रममा आयोजकका तर्फबाट कमरेड थानीका जीवनसाथी पार्टी पीवीएम चक्रपाणी शर्मासहित शोकसन्तप्त परिवारजनलाई प्रमख अतिथि अध्यक्ष गजुरेलले समवेदना पत्र हस्तान्तरण गर्नुभएको थियो ।

पार्टी स्थायी समिति सदस्य तथा पश्चिम व्यूरो इन्चार्ज रामसिंह श्रीसको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सुरुमा मौनधारणसहित कमरेड थानीको फोटोमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष गजुरेल, पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेल, क.थानीका जीवनसाथी पार्टी पीवीएम चक्रपाणी शर्मा, जनसाँस्कृतिक महासंघ तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । उहाँहरुले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन तथा प्रगतिवादी साहित्यिक आन्दोलनमा कमरेड थानीले पु¥याएको योगदान र उहाँको क्रान्तिकारी व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो । कमरेड थानीको असामयिक निधनले पार्टी आन्दोलन तथा प्रगतिवादी साहित्यिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनु भएको थियो । उहाँको जीवन र कर्मबाट क्रान्तिकारी कम्युनिस्ट क्रान्तिकारीहरुले सिक्नुपर्ने कुराहरुको बारेमा पनि चर्चा गर्नुभएको थियो ।

पार्टीका केस दिपकबहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा कमरेड थानीका छोरीहरु सुस्मिता शर्मा, स्मिता शर्मा, छोरा गेहेन्द्र शर्मा, ज्वाई टंक अर्याल लगायत परिवारजनको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका पीवीएमहरु दिनेश शर्मा, सीताराम तामाङ, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत पार्टी केस, जबस मोर्चाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।