क्रान्तिकारी माओवादीद्वारा कम्युनिस्ट आन्दोलनका अग्रज नेता जगतबहादुर श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी माओवादीद्वारा कम्युनिस्ट आन्दोलनका अग्रज नेता जगतबहादुर श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता तथा पार्टीका केन्द्रीय समितिका सल्लाहकार कमरेड जगतबहादुर श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी कमरेड जगतबहादुर श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

केही दिन अगाडि आफ्नै निवासमा गम्भिर घाइते भई अस्पतालमा उपचाररत नेता श्रेष्ठको बिहीबार दिउँसो साढे ४ बजे निधन भएको थियो ।

शुक्रबार जारी पार्टीको वक्तव्यमा भनिएको छ, “ यस दुःखद घडीमा हाम्रो पार्टी क. जगत बहादुर श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।”

साथै, वक्तव्यमा दिवंगत नेता श्रेष्ठको बारेमा उल्लेख गर्दै भनिएको छ, “ गोरखाको जौबारीमा १९८६ कात्तिक २२ गते जन्मेर २०११ सालमा पार्टी सदस्यता लिनु भएका कमरेड जगत श्रेष्ठ २०१४ मा आयोजित पार्टीको दोस्रो महाधिवेशनमा गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्नु भएको थियो । २०१५ सालमा सम्पन्न भएको संसदीय निर्वाचनमा उहाँ गोरखाबाट नेपाली कांग्रेसका कृष्ण प्रसाद भट्टराईसँग सम्मानजनक मत सहित पराजित हुनु भएको थियो । पार्टीका सबै विचार सङ्घर्षहरुमा उहाँ सधैँ क्रान्तिको पक्षमा अविचलित रहनु भयो । साधा जीवन, उच्च विचार तथा क्रान्तिकारी आशावादका धनी एकजना अथक योद्धा कमरेड जगत श्रेष्ठको निधनले हाम्रो पार्टी र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई गंभीर क्षति पुग्न गएको छ । उहाँको निधनको यस दुःखद क्षणमा हाम्रो पार्टी उहाँले छाडेर गएको क्रान्तिकारी विरासतलाई पछ्याउँदै उहाँको सपना पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ : 
“यही २०७७ असोज ८ गते नेपाली कम्युनिस्ट आन्दोलनका एकजना अग्रज कम्युनिस्ट नेता तथा हाम्रो पार्टीका केन्द्रीय समितिका सल्लाहकार कमरेड जगत बहादुर श्रेष्ठको ९२ वर्षको उमेरमा दुःखद निधन भयो । उहाँका ३ छोरा, ३ बुहारी र जम्मा ६ जना नाति नातिना हुनुहुन्छ । यस दुःखद घडीमा हाम्रो पार्टी क. जगत बहादुर श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
गोरखाको जौबारीमा १९८६ कात्तिक २२ गते जन्मेर २०११ सालमा पार्टी सदस्यता लिनु भएका कमरेड जगत श्रेष्ठ २०१४ मा आयोजित पार्टीको दोस्रो महाधिवेशनमा गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्नु भएको थियो । २०१५ सालमा सम्पन्न भएको संसदीय निर्वाचनमा उहाँ गोरखाबाट नेपाली कांग्रेसका कृष्ण प्रसाद भट्टराईसँग सम्मानजनक मत सहित पराजित हुनु भएको थियो । पार्टीका सबै विचार सङ्घर्षहरुमा उहाँ सधैँ क्रान्तिको पक्षमा अविचलित रहनु भयो । साधा जीवन, उच्च विचार तथा क्रान्तिकारी आशावादका धनी एकजना अथक योद्धा कमरेड जगत श्रेष्ठको निधनले हाम्रो पार्टी र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई गंभीर क्षति पुग्न गएको छ । उहाँको निधनको यस दुःखद क्षणमा हाम्रो पार्टी उहाँले छाडेर गएको क्रान्तिकारी विरासतलाई पछ्याउँदै उहाँको सपना पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछ ।”