अखिल(क्रान्तिकारी) केन्द्रीय कार्यालयको आयोजनामा केन्द्रीय समितिको प्रशिक्षण क्रार्यक्रम सम्पन्न

प्रकाशित मिति : २०७७ आश्विन ८

 

असोज ६ ललितपुर,

अखिल(क्रान्तिकारी) केन्द्रीय कार्यालयको आयोजनामा केन्द्रीय समितिका सदस्यहरुका लागि एक दिने प्रशिक्षण क्रार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम यही असोज ६ गते ,कुपोन्डोल ललितपुरमा सम्पनन गरिएको हो । प्रशिक्षण क्रार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समितिका सदस्य सीपी गजुरेलको विशेष उपस्थिति रहेको थियो । 

उहाँले वस्तुगत स्थिति क्रान्तिकारीहरुका लागि तयार रहेको अब आत्मगत स्थिति बलियो बनाएर क्रान्तिकारी शक्तिले भ्रष्ट सरकारको विकल्प अब व्यक्ति बदलेर होईन व्यवस्था बदलेर मात्र दिन सक्दछन भन्नुभयो । देशमा दुई तिहाईको शक्ति जनताका भोक,रोजगार समस्या समाधान गर्नु भन्दा भ्रष्टाचार,तस्कर,माफिया,लुट कालाबजारीहरु फस्टाउने खेलमा अहिले सरकार रहेको छ भन्नु भयो । यी सवै राजनैतिक,सामाजिक समस्याहरुको समाधान एक मात्र विकल्प छ त्यो हो संघिय जन गणतन्त्र बताउनु भयो । यस्तै अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले  वर्तमान समयमा कोभिड कै कारण देखाई देश व्यापि रुपमा स्कुल कलेजपनि बन्द गरिएका छन । विना विकल्प  विधार्थीहरुको भविष्य अन्धकारमा डोर्याउने काममा सरकार तल्लिन छ, विधार्थीलाई अनलाई कक्षा भनी पैसा असुल्ने कम बन्ध गरिनु पर्छ भन्नू भयो । प्रशिक्षणमा संगठनका उपाध्यक्ष शीलु न्यौपाने,महासचिव पेशल दाहाल, सचिव सूर्य कार्र्कीको समेत उपस्थिति रहेको थियो ।