
नेकपा (क्रान्तिकारी माओवादी) निकट जिल्ला जन गणतान्त्रिक सम्पर्क मञ्चले सम्पर्क विस्तार अभियान तीव्र गरेको छ । आज काठमाडौको कपनमा एक संयुक्त कार्यक्रमको आयोजना गर्दै मञ्चले १,२ र ३ नम्बर प्रदेशका ५ जिल्लामा सम्पर्क विस्तार र भेला आयोजक कमिटी गठन गरेको छ । भेला आयोजक समिति संयोजकको जिम्मेवारी क्रमशः पाँचथरमा भिमकला लिम्बु, उदयपुरमा विदुर थापा, सर्लाहीमा रामध्यान शाह, रौतहटमा वीरेन्द्र शाह र मकवानपुरमा विष्णु अधिकारी रहनु भएको छ ।

पार्र्टी केन्द्रीय सदस्य बसन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल, जिल्ला जन गणतान्त्रिक सम्पर्क मञ्चका २ नं प्रदेश संयोजक चन्देश्वर ठाकुर र प्रदेश ५,६,७ नम्बर प्रदेश संयोजक शंकर बोहरा अतिथि हुन्हुन्थ्यो ।
मञ्चका १ नं प्रदेश संयोजक गणेश घिमिरेले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता मञ्चका केन्द्रीय संयोजक विष्णु खड्काले गर्नु भएको थियो ।
सम्पर्क मञ्चले यहि असोज ४ गते एमसीसीको विरोधमा माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गर्ने जनाएको छ ।































