भाद्र २८ काठमान्डौ,
जिल्ला जन गणतान्त्रिक सम्पर्क मन्च, केन्द्रिय समितिको बैठक मन्चका केन्द्रिय संयोजक विष्णु खड्काको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा मञ्चको आगामी नीति कार्यक्रमको विषयमा छलफल हुनुका साथै कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले गरिब, किसान र मजदुर माथि परेको आम समस्याको विषयमा पनि छलफल भएको बताईएको छ । त्यस्तै लकडाउनले आक्रान्त बनेका जनतालाई राहत दिनुको सट्टा सत्ताधारी नेकपाले अमेरिकी साम्राज्यवादको ग्राण्ड डिजाइनमा राष्ट्रघाती एमसीसी पास गर्ने निर्णय गर्नु राष्ट्र र जनताको लागि दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै उक्त राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्द असोज ४ गते माइतीघर मण्डलामा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । साथै बैठकले संगठन विस्तार अभियानलाई तिव्र बनाउने निर्णय पनि गरेको छ । बैठकमा मन्चका सातै प्रदेशका प्रदेश संयोजकहरुले आ–आफ्ना रिपोर्टिङहरु प्रस्तुत गरेका थिए । बैठकमा पार्र्टीका केन्द्रिय सदस्य वसन्तको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर