
२७ भदौ, काठमाडौँ,
आज साँझ ८ बजे अचानक ब्ल्याकआउट कार्यक्रमको घोषणा गरिएको छ ।
एमसीसी विरोधी अभियानले सत्तारुढ दल नेकपा स्थायी समितिको बैठकले एमसीसी पास गर्ने खतरा बढेको भन्दै त्यसको विरुद्धमा ‘बत्ती निभाऔं, ब्ल्याक आउट गरौँ’ भन्ने कार्यक्रम घोषणा गरेको हो ।
नेकपाको स्थायी समितिको बैठकले एमसीसी पास गर्ने चोरदुलो खोज्दै स्थायी समितिको अधिकारक्षेत्रबाट पनि ‘पार्टीले निर्णय गर्ने’ भन्दै अमूर्त कुरा गरी अलमलाउँदै धूत्र्याँइपूर्वक पन्छिने प्रपन्च गर्न खोजिएको भन्दै एमसीसी विरोधी अभियानका संयोजक नारायण शर्माले त्यसको विरोध स्वरुप ब्याल्यकआउट कार्यक्रममा सहभागी हुन सबैलाई सार्वजनिक रुपमा आह्वान गरेका छन ।
‘यसप्रकारको निर्णयका विरुद्धमा तत्काललाई सांकेतिक रुपमा आज भाद्र २७ गते साँझ आठ बजे पाँच मिनेटको लागि मात्र भएपनि (बत्ती निभाउने) कार्य गरी विरोध जनाउने गर्न हामी सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गर्दछौं ।’ सार्वजनिक अपिलमा भनिएको छ ।
एमसीसी विरोधी अभियानको बत्ती निभाउने कार्यको माक्र्सवादी एकता अभियान, नेपालले समर्थन गरेको छ ।
अभियानका संयोजक शम्भु कट्टेलले सामाजिक सञ्जालमार्फत जनाइएको ऐक्यबद्धतामा भनिएको छ– ‘क्रान्तिकारी माक्र्सवादी विचारको विकास, अधुरो जनगणतांत्रिक क्रान्ति पूरा गर्ने, जनजीबिकाका र अर्थतंत्रका समस्या अध्ययन र राष्ठ्रीय स्वाधीनताको रक्षा गर्ने आन्दोलनमा लागेकाहरुबीच एकता बढाई पीडित श्रमजीबी बर्गको मुक्तिमा प्राथमिकता दिएर योगदान गर्ने उध्देश्य लिई भरखरै स्थापना भएको “माक्र्सवादी एकता अभियान, नेपाल”ले आज राती ८ बजे देखी ५ मिनटसम्म बत्ती निभाएर देशघाती एम्सीसी संझौताको सांकेतिक बिरोध गर्ने एमसीसी खारेज अभियान, नेपालको आह्वान प्रति ऐक्यबध्दता जाहेर गर्दछ ।’
स्मरणरहोस एमसीसी विरोधी अभियानले एमसीसी राष्ट्रघाती भएको भन्दै अहिलेकै अवस्थामा पास गर्न नहुने भन्दै विरोध कार्यक्रम गर्ने देखि विभिन्न चरणमा अन्तरक्रिया सम्पन्न गरिसकेको छ । एमसीसीको विरुद्धमा काठमाडौँ उपत्यकाका २२ वटा संघसंस्थाहरुले वक्तव्य सार्वजनिक गरेका छन भने राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वहरुले संयुक्त अपिल गरिसकेका छन ।
आयोजक शर्मा सत्तारुढ नेकपाका प्रभावशाली नेता हुन भने एमसीसीको विरुद्धमा सो पार्र्टीका स्थायी समितिका सदस्य लिलामणि पोखरेलले पार्र्टी बैठकमा नोट अफ डिसेन्ट नै लेखेका छन । आजको बक्ति निभाउने कार्यक्रम उपत्यकाको स्थानीयवासीको पनि समर्थन हुने बताइएको छ ।
एमसीसी विरोधी अभियानका संयोजक नारायण शर्माले त्यसको विरोध स्वरुप ब्याल्यकआउट कार्यक्रममा सहभागी हुन सबैलाई सार्वजनिक रुपमा आह्वान गरेका छन । जसको विवरण तल दिइएकोछ ः
एमसीसी पास गर्ने चालवाजीको विरोध गरौं !
आज भाद्र २७, साँझ ८ बजे बत्ती निभाऔं (ब्याल्यकआउट)¬ गरौं !!
एमसीसीबारे नेकपा (नेकपा)को स्थायी समितिको बैठकको निर्णय एमसीसी पास गर्ने चोरदुलो साबित हुने खतरा बढेर गएको छ । स्थायी समितिको बैठकको औपचारिक एजेन्डा बनिसकेको र त्यहाँबाट एमसीसी पास हुन नसक्ने अवस्था देखेपछि स्थायी समितिको अधिकारक्षेत्रबाट पनि पार्र्टीले निर्णय गर्ने भन्दै अमूर्त कुरा गरी अलमलाउँदै धूत्र्याँइपूर्वक पन्छिने प्रपन्च गर्न खोजिएको छ । होशियार होऔं र खबर्दारी गरौं ।
यो पार्र्टीको निर्णय भन्नाले सरकारी कार्यक्षेत्रभित्रको प्रधानमन्त्रीको काम भएकोले पार्र्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एक्लै गर्ने वा पार्र्टीका दुइ अध्यक्षले गर्ने अथवा बढीमा नौ जनाको सचिवालयले गर्ने भन्ने चाल नै हो । सर्वशक्तिशाली र सर्वाधिकार सम्पन्न केन्द्रीय समितिबाट अध्ययन कार्यदल बनाई यसको सुझावको आधारमा गर्ने भनिए पनि त्यस अनुसार निर्णय नगरी त्यो सुझाव सरकार र कतिपय शीर्ष नेताहरुको चाहना अनुकूल नभएकोले आजसम्म थन्काई राखिएको थियो । अहिले स्थायी समितिमा यसबारे अत्यधिक बहुमत सदस्यहरु विरुद्धमा भएको बुझेपछि पार्र्टीले निर्णय गर्ने भन्दै संशोधन र परिमार्जनका नाममा केही न्यून महत्वका कुरा थपघट गरेर वा यस्तै अरु केही गर्ने,गराउने भनेर पारित गर्ने चोर दुलो खोजिएको छ । यसप्रकारको चाल र ढालप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो प्रश्न छ अब एमसीसीबारे पार्र्टीको कुन अङ्गले कहिले र कसरी निर्णय गर्ने हो ? र, यो संशोधन र परिमार्जन पनि कुन(कुन बुँदामा के कति र कस्तो संशोधन हुने हो अथवा के गरेर यसलाई ूपारित गर्न खोजिएको हो ? स्पष्ट पार्नु जरुरी छ । झलनाथ कार्यदलले कैयौं राष्ट्रहित विपरीतका बुँदाहरु संशोधन नगरी यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दाभन्दै अमूर्त संशोधनको कुरा गरी संशोधन र परिमार्जन हुन पनि सक्ने र नहुन पनि सक्ने विषयलाई संशोधन रपरिमार्जन गर्ने भन्ने अनि पारित हुन पनि सक्ने र नहुन पनि सक्ने कुरालाई पारितै गर्ने किन भनिंदैछ ? नेताहरुको नियत र पार्र्टीको निर्णय स्वच्छ छ र नीति,विधिसम्मत पनि गर्ने हो भने एमसीसी बारेमा पार्र्टीको यो तहले निर्णय गर्छ नभनेर किन कुरा चपाइएको छ ? पार्र्टीको घोषित नीति,सिद्धान्त र विधि,पद्धतिअनुसार खुला र पारदर्र्शी किसिमले संस्थागत निर्णय गरी काम गर्ने भन्ने यसै बैठककै पारित प्रतिवेदनको नै मर्मविपरीत किन संशोधन र परिमार्जन गरी पारित गर्ने भनिएको हो ? आम जनता स्पष्ट हुन चाहन्छन ।
फेरि, त्यो संशोधन र परिमार्जन गर्न नसकिने कुरा अमेरिकाले बारम्बार गरिरहेको छ । अमेरिका जस्तो शक्तिशाली देसले संझौतामा फेरबदल नहुने भन्दै लिएको अडान छोड्ला त नेपालको अडानको अगाडि झुकेर ? कथं अमेरिकाले अडान छोडिहाल्यो र संशोधन गर्न तयार भयो भनेपनि त्यो संशोधन नेपालको हितमै होला त ? बिल्कुल सन्देह छ । किनकि, एमसीसी नेपालको दया, मायाले नेपालमा आउँदै छैन, यसमा अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा रणनीति लुकेको छ । अमेरिकाले एमससिी र आइपिएसको सम्बन्ध छैन भन्ला वा एमसीसीलाई आइपिएसको अङ्ग बनाउन छोड्ला त नेपालका कारणले ? अवस्य छोड्दैन । तैपनी ऊ संशोधन गरेर वा क्ष्एक् को अङ्ग होइन भनेर पनि आउन सक्छ । जब यसको मौलिक संरचना र मुख्य नीति अनि नियत नै गलत र राष्ट्रघाती छ भने यसलाई संशोधन र परिमार्जनका नाममा जे गरेपनि यो राष्ट्रघाती नै हुन्छ । त्यसैले त हामीले यसमा कुनै संशोधन र परिमार्जन आदि केही होइन, पूर्ण रुपले अस्वीकार अर्थात खारेज नै गर्नु पर्छ भनेका हौं । साथै अनुदान सहयोग नलिई हुँदै नहुने स्थिति हो भने विगतमा जस्तै अमेरिकी विकास साझेदार संस्था युएसएआइडि मार्फत दिए,लिए हुन्छ । त्यसो नगरी एमसीसीमार्फत नै नेपालमा लगानी गर्ने जोडभित्र निश्चय नै कुनै गलत नियत रहेको छ । यी र यस्ता थुप्रै प्रश्नहरुको जवाफ खुलस्त र यथार्थ नआउँदासम्म एमसीसी विरोधको हाम्रो कार्यक्रम जारी रहने छ ।
तसर्थ नेकपाको एमसीसी बारेको हिजोको यसप्रकारको अमूर्त र भ्रमपूर्ण निर्णयका विरुद्धमा सम्पूर्ण देसभक्त, स्वाभिमानी र राष्ट्रप्रेमी नेपाली राजनीतिक शक्ति, संघसंस्था, मन्चमोर्चा, अभियान(प्रतिष्ठान र व्यक्ती,समूहहरुले संयुक्त र सशक्त रुपमा विरोध गरी खबर्दारी गरिराख्नु जरुरी छ ।
स्मरणीय छ, पार्र्टीको स्थायी समितिजस्तो उच्च, सशक्त र जिम्मेवार कमिटीमा क. लीलामणि पोखरेललगायतले एमसीसी बारेको निर्णयप्रति लेख्नुभएको नोट अफ डिसेण्ट (असहमती) त स्थायी समितीलगायत पार्र्टीका अत्यधिक नेता,कार्यकर्ताका विचार र भावनाको प्रतिनिधि आवाज हो ।
जेहोस्, एमसीसी बारेको नेकपा(नेकपा)को यसप्रकारको निर्णयका विरुद्धमा तत्काललाई सांकेतिक रुपमा आज भाद्र २७ गते साँझ आठ बजे पाँच मिनेटको लागि मात्र भएपनी ब्याल्यकआउट(बत्ती निभाउने) कार्य गरी विरोध जनाउने गर्न हामी सम्पूर्ण देसभक्त नेपाली जनतालाई हार्दिक आह्वान गर्दछौं ।
( एमसीसी खारेज अभियान, नेपाल २०७६ ।






























