सरकार !
तिम्रा ,
प्रत्येक शब्द !
प्रत्येक कार्य !
प्रत्येक निति नियम,
जनताका सम्बन्धसँग जोडिनु पर्छ !
तिमी जनता प्रति जिम्मेवार हुनुपर्छ !

न कि ,
भ्रष्टाचार !
माफिया !
तस्कर !
विचौलिया !
गुन्डागर्र्दी ,
कमिसन र दलालसँग हैन !

तिम्रा हृदयमा !
जनताका !
हित ,
दुख ,
पीडा ,
छट्पटी ,
आँसु ,
रगत र पसिना ओक्ष्याइनु पर्छ !

तिमी !
जनताको !
सेवा ,
मुक्ति ,
हित ,सँग,
सँगै सर्वहारा वर्गका,
मजदुर ,
किसान ,
सबै सबै उत्पीडित वर्गसँग जोडिनु पर्दछ !
र सबै सबैको अभिभावक बन्नुपर्दछ !

तिमी !
गरीब दुखी ,
असहाय ,
निर्धन ,
मजदुर ,
किसान ,
उत्पीडित वर्गको
गास ,
वास ,
कपास ,
शिक्षा ,
स्वास्थ्य र रोजगार बन्नुपर्दछ !
जन्म ,
मृत्यु सम्मको ग्यारेन्टी बन्नुपर्दछ !

यो !
पुँजीवादले लादेको संकटग्रस्त आवस्थामा !
तिम्रा देशका मजदुरहरु ,
नदि ,
आगो ,
छट्पटी सडक भरी पोख्दै !
सिङ्गो आकाश ओढि माटो ओक्ष्याएर ,
नाङ्गो शरीर ,
भोको पेटमा नाम्लो फनफनी कसेर !
रोटी संगै अधिकार माग्दैछन !

ए !
सरकार !
तिमी ,
यसरी !
अन्धो ,
बहिरो ,
लाटो र निरंकुश बन्न पाउछौ ?
तिमिले यिनका आँसु ,
भोक ,
तिर्खा ,
छट्पटी र पीडा लपेटिएका कथा व्यथा पढ्नु पर्दैन ?
राष्ट्र घात र जनघातका सम्बन्ध टुटाउनु पर्दैन ?

यिनैका !
गाँस ,
बाँस ,
कपास र सपना खोसेर !
रगतपसिनामा नुहाएर !
समृद्ध नेपाल सुखी नेपाली कसरी हुनसक्छ सरकार ??

के !
इमानदार !
स्वाभिमानी !
देशभक्ति निर्धन मनहरुको !
यो माटो ,
यो पानी ,
यो हावा र सिङ्गो देश हैन सरकार ?
यिनिहरुलाई बाच्ने अधिकार छैन सरकार ?

यस्तै हो भने ,
यिनका ,
आँखा ,
मिर्गौला ,
मुटु ,
कलेजो ,
फोक्सो र बोनम्यारो माग सरकार !

यदि माग्दैनौ भने ,
न्याय ,
समानता ,र स्वतन्त्रता बाड सरकार !
नत्र !
यी नाम्लाहरु भारी भारी पर्नेछन !
एकदिन !
पक्कै सरसर !

प्रतिक्रिया

सम्बन्धित खवर