देजमो, नेपाल ४ नं प्रदेश समिति अध्यक्ष नेत्र रानाभाटद्धारा बाढीका कारण भएको जनधनको क्षतीप्रति प्रेस विज्ञप्ती प्रकाशित

देजमो, नेपाल ४ नं प्रदेश समिति अध्यक्ष नेत्र रानाभाटद्धारा बाढीका कारण भएको जनधनको क्षतीप्रति प्रेस विज्ञप्ती प्रकाशित

भाद्र १९ पोखरा
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं प्रदेश समिति अध्यक्ष नेत्र रानाभाटद्धारा ढोरपाटन नगरपालिकामा बाढीका कारण भएको जनधनको क्षतीप्रति प्रेस विज्ञप्ती प्रकाशित गरेका छन् । विज्ञप्तीमा उनले बाढी बाढी पहिरोमा परी ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरुमा समवेदना प्रकट गर्दै बाढी पहिरोका कारण बेपत्ताहरुको खोजी गर्न, घाइतेहरुको उपचार गर्न, ज्यान गुमाउने तथा बेपत्ताहरुको परिवारलाई राहत उपलव्ध गराउन, जोखिममा परेका घरपरिवारहरुलाई यथाशिघ्र उचित स्थानमा स्थानान्तरण गर्नका लागी नेपाल सरकार, ४ नं (गण्डकी) प्रदेश सरकार तथा ढोरपाटन नगरपालिकालाई अनुरोध गरेका छन् । विज्ञप्तीको पुरा अंश तल दिइएकोछः
प्रेस विज्ञप्ती

मिति २०७७ साल भाद्र १७ गतेका दिन परेको अविरल बर्षाका कारण बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका (साविक बोबाङ्ग गा.वि.स.) वडा नंं. ०९ देउराली डाँडामा आएको पहिरो तथा भुजीखोलामा आएको भिषण बाढीका कारण भएको जनधनको क्षतीले हाम्रो संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नंं. प्रदेश समितिलार्ई दुखित बनाएको छ । उक्त बाढी पहिरोमा परी ज्यान गुमाउनेह?प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरुमा समवेदना प्रकट गर्दछौं ।
प्राकृतिक विपत्ती बाढी पहिरोका कारण बेपत्ताहरुको खोजी गर्न, घाइतेहरुको उपचार गर्न, ज्यान गुमाउने तथा बेपत्ताहरुको परिवारलाई राहत उपलव्ध गराउन, जोखिममा परेका घरपरिवारहरुलाई यथाशिघ्र उचित स्थानमा स्थानान्तरण गर्नका लागी नेपाल सरकार, ४ नं (गण्डकी) प्रदेश सरकार तथा ढोरपाटन नगरपालिकालाई अनुरोध गर्दछौं । साथै यस विपत्तीमा परेका पिडितह?को परिवारलाई गुमाउनेहरु प्रति सहानुभुती र समवेदना प्रकट गर्न, घाइतेहरुको उद्धार र पिडितहरुको राहत संकलनमा जुट्न संगठनका स्थानिय पार्टी कमिटीहरुलाई यसै विज्ञप्ती मार्फत आह्वान गरिन्छ । ………………………….
नेत्र रानाभाट
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
४ नं प्रदेश समिति