
काठमाडौँ । राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी विभिन्न विषयका साथै सरकारले लिएका कतिपय गलत निर्णय र क्रियाकलापका विषयमा सङ्घर्ष गर्दै आएका ११ दलले सरकारी कमजोरीकै कारण देशमा कोरोना भाइरसको महामारी विकराल बन्दै गएको जनाएका छन् ।
कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि आफूहरू, अन्य पार्टी र स्वास्थ्यसम्बन्धी विज्ञहरूले दिएका सुझावहरूलाई सरकारले उपेक्षा गरेकै परिणामस्वरूप राजधानीलगायत देशका विभिन्न भागमा कोरोना भाइरसले महामारीको रूप लिएको ११ दलको ठहर छ ।
११ राजनीतिक दलले कोभिड रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट टे«सिङ र परीक्षणको कामलाई व्यापकता र तीव्रता दिन, कोरोना भाइरसको उपचार सबैलाई निःशुल्क गर्न, संक्रमित सबैलाई मापदण्डअनुसारको आइसोलेसनको तु?न्त व्यवस्था गर्न, होम आइसोलेसनमा बस्नेका लागि औषधी, चिकित्सक र नर्सको व्यवस्था गर्न, आईसीयू तथा भेन्टिलेटरको प्राविधिकसहित पर्याप्त मात्रामा व्यवस्था गर्न, विदेशबाट आउने सबैलाई क्वारेन्टाइन र आइसोलेसनमा राखेर मात्र घर पठाउन र विदेशमा अलपत्र परेका नेपालीहरूलाई उद्दार गरी सरकारी खर्चमा देशभित्र ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरस महामारीका कारण सरकारले धेरैजसो जिल्लामा जारी गरेको निषेधाज्ञाबाट श्रमिकहरूको बिचल्ली भएको भन्दै उनीहरूको अविलम्ब बस्ने, खाने व्यवस्था गर्न पनि ११ दलले माग गरेका छन् । यसका साथै आय नभएका र बिचल्लीमा परेका विद्यार्थीको समेत खाने, बस्ने व्यवस्था मिलाउन र भ्रष्टाचार तु?न्तै नियन्त्रण गरी भ्रष्टाचारीहरूमाथि कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।
जारी लकडाउन र ठाउँठाउँमा गरिएको निषेधाज्ञापछि खाद्यान्न, तरकारी र दैनिक उपभोग्य वस्तुहरूको असीमित रूपमा मूल्यवृद्धि गरिएको भन्दै यसमाथि नियन्त्रण कायम गरी सर्वसुलभ बनाउन र तरकारी बजारमा स्वास्थ्यसम्बन्धी नियमलाई कडाइपूर्वक पालना गराउन पनि ११ दलले माग गरेका छन् ।
रासायनिक मलको अभावका कारण किसानको लगानीसमेत गुम्ने खतरा भएकाले किसानहरूलाई सुपथ र कम मूल्यमा रासायनिक मल स्थानीय रूपमा अविलम्ब उपलब्ध गराउन माग गर्दै ११ दलले सरकारका महत्वपूर्ण निकायमा भएका बदनाम र विवादास्पत बिचौलियाहरूको र वरिष्ठ मन्त्रीका अयोग्य नातेदारहरूको नियुक्ति खारेज गर्न पनि माग गरेका छन् ।
भारतले अतिक्रमण गरेको नेपाली भू–भागमाथि दाबी स्थापित गर्नका लागि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने र नेपाली सेनालाई सिमानामा तैनाथ गर्ने, भारतसँगको सिमानामा तारबार लगाउनेजस्ता कामहरूलाई अविलम्ब अघि बढाउन र अमेरिकी सरकारको एमसीसीसँग विगतमा गरिएका सम्झौता खारेज गर्न ११ दलको माग छ ।
यस्तै बाढीपहिरोबाट देशैभरि किसानको जनधनको ठूलो क्षति भएकाले पीडित परिवारको खाने, बस्ने र औषधोपचार गर्ने व्यवस्था तदा?कताका साथ मिलाउन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाउन पनि ११ दलले माग गरेका छन् । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेमा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी दलह?ले दिएका छन् ।
गएको बिहीबार बसेको ११ दलको बैठकले लिएका निर्णय भएअनुसार उल्लेखित ९ बुँदे माग अगाडि सार्दै माग पुरा नगरिए कडा संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।
बैठक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक लोकनारायण सुवेदी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभासराज काफ्ले, राष्ट्रिय जनजागरण परिषद् नेपालका साध्यबहादुर भण्डारी, नेकपा (संयुक्त) का महासचिव केदारचन्द्र शर्मा र राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीको उपस्थिति भएको बताइएको छ । बैठकले लिएका निर्णयह? ११ दलको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले विज्ञप्ति मार्फत् सार्वजनिक गरेका थिए ।
यस्तो छ वक्तव्यको पूर्णपाठ ः
२०७७। ५। ११
११ दलीयसंयुक्त विज्ञप्ति
राष्ट्रियता, जनतन्त्र र जन जीविका सम्वन्धी विभिन्न विषयका साथै सरकारले लिएका कतिपय गलत निर्णय र क्रियाकलापका विषयमा संघर्ष गर्दै आएका हामी ११ दलको नेतृत्वले आपसमा छलफल गरी निम्नप्रकारका निर्णयह? लिएका छौं । उक्त निर्णयह?लाई सार्वजनिक गर्नकालागि यो संयुक्त विज्ञप्ति जारी गरेका छौं ।
निर्णयह? ः
१. कोभिड– १९को विषयमा ः
(१) कोभिड – १९ को रोकथाम र नियन्त्रणका लागि हामीले, अन्य पार्टीले र स्वास्थ्य सम्वन्धि विज्ञह?ले दिएका सुझावह?लाई सरकारले उपेक्षा गरेकै परिणामस्व?प आज राजधानी लगायत देशका विभिन्न भागमा कोरोना भाइरसले महामारीको ?प लिएको छ । यस स्थितिमा निम्न अनुसारका कामलाई अविलम्ब लागु गर्न हामी सरकार सँग जोडदार माग गर्दछौं ः १) कन्ट्याक्ट टे«सिङ र परीक्षणको कामलाई व्यापकता र तीब्रता दिने २) कोरोना भाइरसको उपचार सबैलाई निशुल्क गराउने ३) संक्रमित सबैलाई मापदण्ड अनुसारको आइसोलेसनको तु?न्त व्यवस्था गर्ने । ४) होमआइसोलेसनमा बस्नेका लागि औषधी, चिकित्सक र नर्सको व्यवस्था गर्ने, ५) आइ.सी.यु. तथा भेण्टिलेटरको प्राविधिक सहित पर्याप्त मात्रामा व्यवस्था गर्ने । ६) विदेशबाट आउनेह? सबैलाई क्वारेण्टाइन र आइसोलेसनमा राखेर मात्र घर पठाउने । ७) विदेशमाअलपत्र परेका नेपालीह?लाई उद्दार गरि सरकारी खर्चमा देशभित्र ल्याउने व्यवस्था गर्ने ।
२.श्रमिक र विपन्नह?को व्यवस्थापनबारे ः
कोरोना भाइरस महामारीका ?पमा फैलिएको हुनाले सरकारले धेरै जसो जिल्लामा निषेधाज्ञा लागु गरेको छ । यसबाट श्रमिकह?ले काम गर्न नपाएर परिवारह?को विचल्लीभएकोले उनीह?को अविलम्ब बस्ने, खाने व्यवस्था गरियोस् । यसका साथै आय नभएका र विचल्लीमा परेका विद्यार्थीह?को समेत खाने, बस्ने व्यवस्था मिलाइयोस् । यसमा हुने गरेको भ्रष्टाचार तु?न्तै नियन्त्रण गरी भ्रष्टाचारीह? माथि कारवाही गरियोस् ।
३) खाद्यान्न, तरकारी र दैनिकउपभोग्य वस्तुह?को असीमित ?पमामूल्य बृद्धि गरिएको छ । यसमाथि नियन्त्रण कायम गरी सर्व सुलभ गराइयोस् । तरकारी बजारमा स्वास्थ सम्वन्धी नियमलाई कडाईपूर्वक पालना गराइयोस् ।
४)समयमा वर्षा हुनाको कारण यस वर्ष ९७ प्रतिशत जमिनमा रोपाईं हुनु खुसिको कुरा हो । तर समयमा रासायनिक मलको अभावका कारण किसानको लगानी समेत गुम्ने खतरा भएको हुनाले किसानह?लाई सुपथ र कममूल्यमा रासायनिक मल स्थानीय ?पमा अविलम्ब उपलव्ध गराइयोस् ।
५) सरकारका महत्वपूर्ण निकायमा भएका बदनाम र बिवादास्पद बिचौलियाह?को र वरिष्ठ मन्त्रीका अयोग्य नातेदारह?को नियुक्ति खारेज गरियोस् । अब आइन्दा यसप्रकारका कृयाकलाप नगरियोस् ।
६) नेपालको भूभाग सहितको नक्शा जारी गर्नु सकारात्मक काम हो । उपरोक्त भूभाग माथि दावी स्थापित गर्नका लागि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपाली सेनालाई सिमानामा तैनाथ गर्ने, भारत सँगको सिमानामा तारवार लगाउने जस्ता कामह?लाई अविलम्ब अघि बढाइयोस् ।
७) अमेरिकी सरकारको एम.सी.सी. सँग विगतमा गरिएका सम्झौताखारेज गरियोस् ।
८.बाढी पहिरोले किसानको जनधनको ठूलो क्षतिभएकोमा हामी त्यस प्रति गहिरो चिन्ता ब्यक्त गर्दछौं र सरकारले पीडित र बिचल्लीमा परेका बाढी पहिरो पीडित परिवारको खाने, बस्ने र औषधोपचार गर्ने ब्यबस्था तदा?कताका साथ मिलाईओस् भन्ने जोडदार मागगर्दछौं र जोखिममा रहेका बस्तीह?लाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाइयोस् भन्ने माग गर्दछौ ।
९) कृषिमा मलको अत्यन्त अभाव भएको हुनाले त्यसबाट कृषि उत्पादनमा ठूलो क्षती पुग्ने खतरा देखिएको छ । त्यसकारण रासायनिक मलको शिघ्र पूर्तीको व्यवस्था गर्नको लागि माग गर्दछौँ ।
हामीले शान्तिपूर्ण ?पमा राखेका मागह?लाई अविलम्ब पुरा गरियोस् भनी सरकार समक्ष प्रस्तुत गरेका छौं । अन्यथा हामी कडा संघर्षमा उत्रन वाध्य हुने कुरा पनि जानकारी गराउन चाहन्छौं ।
अभिवादन सहित !
सीपी गजुरेल
११ दलको तर्फबाट”





























