नेपालमा भदौ १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण–२० हजार २४२ कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या

नेपालमा भदौ १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण–२० हजार २४२ कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या

१२ भदौ, काठमाण्डौं,
नेपालमा भदौ १२ गते शुक्रबारसम्म पिसीआर प्रविधिबाट ६ लाख ५८ हजार ११० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल््लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,२२९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १५ हजार ९९९ रहेका छन । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,५५३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोेलेसनमा ६४४६ जना रहेका छन ।
त्यस्तै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्र्काे जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ८,९३० रहेको छ । यो संख्या केहि दिन यता घट्दै गएको हो ।
आज थपिएका ९२७ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ३६ हजार १६४ पुगेको छ भने आज निको भएर १७९ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २० हजार २४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । साथ आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
आज थपिएका ९२७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १६४ जना संक्रमित उपचाररत छन । मन्त्रालयका अनुसार प्रदेश १ मा ४१, प्रदेश २ मा ४४ बागमती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १५ जना रहेका छन । साथै प्रदेश ३ मा बागमती प्रदेशमा १७ र प्रदेश ५ मा २ गरी जम्मा २२ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन ।
त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, धनुषा, पर्सा, वारा,रौतहट, सर्लाही, महोत्तरी, काठमाडौं ललितपुर गरी ९ जिल्ला रहेका छन । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मनाङ र हुम्ला रहेका छन । आज काठमाडौं उपत्यकाका ४१५ सहित ९२७ जनामा कोरोना संक्रमीत भएका छन् ।
नेपालमा आज काठमाडौं उपत्यकाका ४१५ जनासहित देशैभरी ९२७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित थपिएका हुन ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन ।
प्रदेश २ को धनुषामा २०, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ र सिराहामा १२ जना संक्रमित थपिएका छन ।
बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेमा १७, चितवनमा २६,धार्दिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १६, गोर्खामा १, तनहुँमा ४, नवलपरासीपूर्वमा ११, लमजुङमा २ र बागलुङमा १ जना संक्रमित थपिएका छन ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियाममा २, बाँकेमा ३६ र रुपन्देहीमा ७२, जनामा संक्रमण पु्ष्टि भएको छ ।
कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३ जना संक्रमित थपिएका हुन ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा १, कैलालीमा ११ र डोटीमा नौ जना संक्रमित थपिएसँगै आज देशैभरी ९२७ जना संक्रमित थपिएका छन । जसमा महिला ३३४ र पुरुष ५९३ रहेका छन ।
आज थपिएका ९२७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
आज १७९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज
नेपालमा आज १७९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १७९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन ।

आज निको भएका १७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १५३६ प्रदेश २ मा ४,५१७, बागमती प्रदेशमा ९६६, गण्डकी प्रदेशमा १६८८, प्रदेश नं ५ मा ४,७०८ कर्णाली प्रदेशमा २०२९ र सुदूरपश्चिम प्रदेशमा ४,७९८ जना गरी हालसम्म जम्मा २० हजार २४२ जना निको भएका हुन ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७९५, प्रदेश २ मा ९२५, बागमती प्रदेशमा ७४९, गण्डकी प्रदेशमा २३७८, प्रदेश नं ५ मा ९०१, कर्णाली प्रदेशमा ४४१ र सुदूरपश्चिम प्रदेशमा २७५० गरी जम्मा ८,९३० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ११५२, प्रदेश २ मा १७७९, बागमती प्रदेशमा ३९२८, गण्डकी प्रदेशमा ४२७ प्रदेश नं ५ मा १०४४, कर्णाली प्रदेशमा ३८८ र सुदूरपश्चिम प्रदेशमा ८४५ गरी देशैभरीका अस्पताल तथा आइसोलेसन सेन्टरमा ९५७३ जना रहेका छन ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४२२, प्रदेश २ मा ३८६२, बागमती प्रदेशमा १६१६, गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ४५६, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी जम्मा ६,४४६ जना रहेका छन ।
कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा महिला ४ जना रहेका छन । मोरङका ५६ र ६५ वर्र्षीया २ महिला, भक्तपुरकी ६४ वर्र्षीया र मकवानपुरकी ७१ वर्र्षीया गरी ४ जना रहेका छन ।
त्यसैगरी उदयपुरका ५२ वर्र्षीय, पर्साका ७२ वर्र्षीय, धनुषाका ४५ वर्र्षीय, सिराहाका ५५ वर्र्षीय र झापाका ८३ वर्र्षीय, चितवनका ५१ वर्र्षीय, कास्कीका ५२ वर्र्षीय र रुपन्देहीको ७१ वर्र्षीय पुरुष गरेर आज १२ जनाको मृत्यु भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।