८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए


१३ भदौ, काठमाडौं,
पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । उनीहरुमध्ये २०७ जनाको मृत्यु भएको छ भने २० हजार ५५५ जना कोरोनामुक्त भएका छन ।
हाल देशभरमा गरी १६ हजार ५७८ संक्रिय संक्रमित छन । उनीहरूमध्ये १० हजार १४५ संस्थागत र ६ हजार ४४५ होम आइसोलेसनमा छन ।
कहाँ कति थपिए संक्रमित ?
काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६र२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१र२१ जना, झापा र बाँकेका २०र२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९र १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३र३ जना, सप्तरी र कपिलवस्तुका २÷२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १÷१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।