शुक्रबार उपत्यकामा ४१५ सहित ९२७ संक्रमित थपिए, १२ जनाको मृत्यु

शुक्रबार उपत्यकामा ४१५ सहित ९२७ संक्रमित थपिए, १२ जनाको मृत्यु


काठमाडौं । थएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ संक्रमित थपिएका छन् भने कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । यस्तै देशभर थपिएका ९२७ जना संक्रमितमा संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।