जनता प्राकृतिक प्रकोप र कोरोन (कोभिड – १९)को चपेटामा ओलि सरकार भ्रष्टचारमा

जनता प्राकृतिक प्रकोप र कोरोन (कोभिड – १९)को चपेटामा ओलि सरकार भ्रष्टचारमा

पृथ्वीमा प्रायगरेर प्रकृतिक प्रकोपहरू समय अनुसार फरक फरक ढङ्गले प्रकटहुँदै आएको हुन्छ । चैत वैसाख तिर हावाहुरी आएर घरगोठ उडाउनुको साथै वालिनालिको नोक्सान गर्दछ । गतसाल वारा जिल्लामा हावाहुरीले नसोचेको ठुलोक्षति गर्र्याे । वर्षादको समय असार श्रावणमा पानि पर्ने मौसम भएको हुनाले वाढीपहिरोको जोखिम हुन्छ । यो वाहेक भुकम्प चट्टयाङ्ग अधिकगर्मि अधिक जाडो विभिन्न खालका सरूवारोगहरूको पनि मानव जगत ले सामना गर्नु परीरहेको छ । यसवर्ष देशका पहाडि जिल्लाहरूले पहिरोको कारणले ठुलो धनजन को क्षति व्यहोर्नु पर्र्याे । यसरी पहिरो जानु र पहिरोवाट ठुलो मात्रामा क्षतिहुनुमा कसको जिम्मेवारी छ । जसको यहाँ चर्चा गरिएको छ । प्रकृतिक प्रकोपलाइ दुइ प्रकारबाट न्युनिकरण गर्न सकिन्छ ।
(१) व्यक्ति स्वंय
आफैले होसियार अपनाउने भुकम्प प्रतिरोध घर निर्माण गर्ने हावा पानिवाट छल्न घरभित्र वस्ने सकभर समथर भुभाग वाढि पहिरो को जोखिम कम हुने ठाँउमा घर वनाएर वस्ने प्रकोपलाइ छल्दै जिवनलाइ समयसापेक्ष वनाउँदै लग्ने ।
(२) प्रकृतिमाथि अतिक्रमण
विकासको नामममा होस, चाहे धन आर्जन गर्ने नाममा किननहोस प्रकृतिमाथि अतिक्रमण गरेर ठुला ठुला विपतिहरू हामिमाथि आइलागेकाछन । यस पृथ्विमा मानिसलगायत सिङ्गो जिवजन्तुसम्मलाइ संसारका शासकहरूवाट वस्न अयोग्य वनाइरहेका छन ।
यस वर्ष देशको पहाडि जिल्लाहरूमा पहिरोले ठुलो धनजनको क्षति हुनगएको छ । श्रावणको अन्तिम साता सिन्धुपाल्चोकको जुगल गाविको लिदिगाँउमा पहिरोले वगाएर लग्यो जशवाट प्रारम्भिक रिपोर्टअनुसार २९ जनाको ज्यान गइसकेको छ, भने १० जना वेपता छन । मृतक र वेपत्ताको संख्या अझै वड्ने स्थिति रहेको छ यस्तै भाद्र २ गते राति अछाम जिल्लाको रामारोशनको सैनि वजार पहिरोले वगाएर लग्यो जसमा ६ जना को शव भेटियो ११ जना वेपता लगायत ठुलो धन जनको क्षति भयो । यो सगै दार्चुलामा पनि पहिरो ले ठुलो नोक्सान पुरायो कालिकोट,म्याग्दी,डडेल्धुरा,वैतडि,पर्वत,दैलेख, दोलखा लगायत जिल्लाहरू पनि वाढीको चपेटामा परेको छ । अछाम जिल्लामै श्रावण ३१ गते खोलाले वगाएर ४ जनाको ज्यान गयो । देशमा सरकार भएको कुनै अनुभुति जनताले गर्न पाएका छैनन । ओलि सरकारका मन्त्रिहरूले नैतिकताले नेपाली जनताको रगत पसिनावाट जम्माभएको ढुकुटीवाट तलव खान्छन ? तलव मात्र खाए त हुन्थ्यो अझ भ्रष्टचार गरेर देशलाइ कङ्गाल वनाइ रहेका छन । पहिरो पिडितहरूलाइ ओलि सरकारका मन्त्रिहरूले एकदिनको भत्ताजति जावो एकलाख राहतको घोषणा गरेर झाराटार्न खोज्दैछन । पहिरो पिडितहरूलाइ पुर्णरूपमा उपचारको ग्यारेन्टि र वाँचेकाहरूलाइ पुर्णरूपमा गाँस वाँस कपासको ग्यारेण्टीको प्रतिववध्दता गर्नु पर्नेमा एकलाख दिएर पन्छिन खोज्दैछ । ओलि सरकार जनताको भावनामा आगो बालेर इनार खन्नेकाम नगर । विचार गर त तिम्रो र तिम्रो मन्त्रिहरूको एकदिनको खर्चकति हुन्छ । मौसमविद्हरूले यस बर्ष धेरै वर्षाको संभावना छ, वाढिपहिरो को संभावना छ भनेर भनेकै थिए । उनिढरूले नभनेपनी सरकारले आफै जानेर विज्ञहरू खटाएर जोखिम युक्त वस्तिलाइ सुरक्षाको ग्यारेण्टि गर्नु पर्दथ्यो । वाढी आकस्मिक आएको होइन वर्सायाममा वाढी आउछ पहिरो जान्छ भन्नेकुरा यसै जान्नेकुरा हो, त्यसमा पनि मैसमविद्ले जानकारी गराएकै थिए । कतिपय ठाँउमा जनताले हाम्रो गाँउहरू वाढी पहिरोको जोखिममा छन भन्दाभन्दै पनि सरकारले कुनै टेर पुछर लगायन । ओलि र प्रचण्ड भुस्याहा कुकुरहरू हड्डिमा लड्दा झै पदककालागि लडेर रमिता देखाए जसकारण आज जनताको यति धेरै हताहति भयो । जनता कहाँ जाउन के गरून अफ्नो घर गाँउ खतरा छ भन्दा भन्दै पनि वाध्यताले त्यहि घरमा बस्नुपर्र्यो । अखिरमा छदा खादाको जिवन समाप्त भयो । शासकहरू सुरक्षित स्थलमा वसेकका छन, देशलुटेर खाएका छन्,त्यसतालाइ अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ भन्ने भनाइ पनि आएका छन् । नभएपनि एक दिन नेपालि जनताको अदालतको कठघरामा त उभ्याउनै पर्छ । इतिहासमा भ्रष्ट दलाल राष्ट्रियताघाति ग्रैहजिम्मेवारीको रूपमा ओलि सरकार दर्ज हुनगएको छ । देशमा यति धेरै प्राकृतिक प्रकोपवाट धनजनको नोक्सान हुनमा ओलि सरकारका निम्न लापर्वाहि रहेका छनः–
(१) केन्द्रिय सरकारबाट गरिएका लापर्वाहिहरु
(क) सुचना गर्दा गर्दै पनि ओलि सरकारले कुनै प्रकारको तयार नगर्नु (ख) ओलि सरकारका मन्त्रिहरू तथा उनका आफन्तहरू वन फाँडेर धन आर्जन गर्ने धन्दामा लागेर भुक्षय वढेर जानाले आज यत्रो क्षति वेहोर्नु पर्यो । (ग) कुनै पनि भैतिक शंरचना निर्माण गर्न वनलाइ नै तारो वनाउने चाहे एयरपोटर्, वसपाकर्, सडक, मठमन्दिर, सार्वजनिक भवनहरू, भवनहरू, जे निर्माण गर्न परेपनि जङ्गलकै नास, जसले गर्दा भुक्ष्य भएर आज यो अवस्था सृजना भएको छ ।
(२) प्रदेश सरकारका लापर्वाहिहरु

प्रदेश सरकारको काम प्रदेशको विकास गर्ने र जनतालाइ शुसासन दिने हो तर यसले यसका बदलामा विभिन्न विकासको नाममा आफ्ना मान्छेलाइ ठेक्का पट्टा पार्ने जङ्गल तथा नदिजन्य वस्तु को दोहन गर्ने जसका कारण आज जनताको यति धेरै नोक्सान भएको छ ।
(३) स्थानिय निकायहरू
स्थानिय निकायहरूले त गाँउ ठाँउ मुखिया राजामहाराजाको जस्तै जनताको ढाड सेक्नेगरी कर उठाउने सो करवाट जम्मा भएको रकम र माथिवाट आएको वजेटवाट डोजर एक्जाभेटर खरीद गर्ने, अफ्ना मान्छेलाइ ठेक्का पट्टा पार्ने, विकासको नाममा सारा वन फडानि गर्ने, अव्यवस्थित अवैज्ञानिक ढङ्गले प्रकृतिमाथि डोजर चलाएर आज यो दुर्दशा निम्त्याइएको छ ।
निश्कर्ष
एकातिर सरकारको ग्रैर जिम्मेवारी गतिविधिवाट कोरोना भाइरस (कोभिड – १९ ) बाट धनजनको क्षति हने राष्ट्रियता माथि उस्तै अतिक्रमण भएको छ । यि यावत घटना को समिक्षा गरेर ओलि सरकारले आफुलाइ सच्याएर देश र जनता प्रति गम्भिर नहुने हो भने ओलि सरकारको मात्र होइन यो संसदीय व्यवस्थाको विकल्पमा नेपालि जनताले एकदिन कठोर निर्णय लिने पक्का पक्कि छ ।
चितवन