भदौ ९ फ्लोरिडा
ब्रायन ली हिचेन्स र उनकी श्रीमती इरिनले कोरोनाभाइरसलाई बढाई चढाई ठूलो बनाइएको र यसको सम्बन्ध फाइभजी र सामान्य ल्फुसँग रहेको दाबी गरिएका अनलाइन सामग्री पढेका थिए । तसर्थ यो जोडीले मे महिनामा बिरामी हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धि जारी गरिएका निर्देशिका पालना गरेनन । ब्रायन निको भए तर ४६ वर्र्षीया श्रीमती भने असाध्यै बिरामी भइन र भाइरसले निम्त्याएको मुटुरोटका कारण यो महिना मृत्युवरण गरिन ।
ब्रायनले जून महिनामा श्रीमती भेन्टिलेटरमा हुँदा बीबीसीसँग कोरोनाभाइरस सम्बन्धि गलत प्रचारले आफ्नो जीवनमा पारेको प्रभावबारे कुराकानी गरेका थिए । फ्लोरिडाकी पास्टर इरिनको स्वास्थ्यमा गडबडी थियो । उनी दमका रोगी थिए भने उनलाई निद्रा नलाग्ने समस्या थियो ।
उनका श्रीमानले दिएको जानकारी अनुसार यी दुबैले महामारीको सुरुवातमा सुरक्षाका कुनैपनि मापदण्ड पालना नगरेको बताए । अनलाइनमा यसबारे गरिएको नक्कली दाबी यी दुईले पनि पढेका थिए ।
ब्रायनले ट्याक्सी चालकको रुपमा आफ्नो पेशालाई निरन्तरता दिए, सामाजिक दुरीको पालना नगरिकनै र मास्क नलगाइकनै । श्रीमतीको औषधी किन्न जाँदासमेत उनले त्यसै गरे ।
जब उनी मे महिनामा बिरामी भए, तब तत्काल स्वास्थ्य उपचार पनि पाएनन । परीक्षण गर्दा उनीहरुमा कोभिड–१९ को संक्रमण देखियो ।
ब्रायनले बीबीसीसँगको कुराकानीमा भने, ‘काश, मैले सुरुवात देखि नै यस्ता भ्रामक समाचार नपढेको भए, यसबारे सही जानकारी बटुलेको भए । मेरी श्रीमतीले मलाई माफ गर्लिन भन्ने आशामा छु म ।’

‘यो साँच्चैको एउटा भाइरस हो जसले मानिसहरुलाई भिन्दा भिन्दै तरिकाले प्रभाव पार्छ । तर मैले भूतलाई परिवर्तन गर्न सक्दिनँ । म वर्तमानमा मात्रै बाँच्न सक्छु र भविष्यका लागि राम्रो विकल्प रोज्न सक्छु,’ ब्रायनले भने ।
‘उनी अहिले पीडामा छैनन, शान्तिसँग बसिरहेकी छिन । मलाई उनको असाध्यै याद आउँछ तर मलाई विश्वास छ उनी सुन्दर स्थानमा छिन ।’
‘यो साँच्चै अस्तित्वमा छ’
ब्रायन र उनकी श्रीमतीले कोभिड–१९ माथि विश्वास नै गरेनन । यसको साटो उनीहरुले यो भाइरस नक्कली भएको, फाइभजी टेक्नोलोजीसँग सम्बन्धित भएको र सामान्य समस्या भएको ठाने । उनीहरुको यस्तो धारणा फेसबुकमा आएका जानकारी पश्चात विकसित भएको हो ।
‘सरकारले हाम्रो ध्यान भड्काउन यस्तो तरिका अपनाएको होला भनेर हामीले सोच्यौं,’ ब्रायनले भने । ‘यो फाइभजीसँग सम्बन्धित होला भन्ने पनि ठान्यौं ।’
तर जब यो जोडी मे महिनामा बिरामी भए तब ब्रायनले फेसबुकमार्फत आफूले पढेको जानकारी सबै भ्रामक भएको बताए

प्रतिक्रिया

सम्बन्धित खवर