
✍️ ूवर्ग समाजमा सबैजना एक विशेष वर्गको सदस्यको रुपमा रहेका हुन्छन । हरेक प्रकारको सोचरविचार, अपवाद बिना, कुनै एक वर्गको ब्रान्डसँग स्ट्याम्प गरिएको छ । ( माओत्सेतुङ) ।
पृष्ठभुमि
✍️ नेपाली जनता इतिहास देखि नै निरन्तर शासक वर्गको शोषण,दमन र उत्पीडनको पहाडले किचिएर बाँच्न बाध्य छन । यो क्रममा दरबार–राणा, दरबार–राणा–कांग्रेस, दरबार–पञ्चायत र दरबार–बहुदलवादी (मुख्यतः तत्कालीन कांग्रेस, एमाले र राप्रपा) गुटहरुले देशमा ठुलो लुट, आतंक र भ्रष्टाचार गरे । मुख्यतः सन १९५० को असमान सन्धि, विभिन्न पुरक सन्धि सहित कोशि,गण्डकी र महाकाली सन्धि सम्झौता मार्फत देशमा कयौं राष्ट्रघात गरे ।
✍️मुख्यतः दश वर्षे महान जनयुद्धको मुल जगमा टेकेर भएको ०६२÷६३ को जन आन्दोलनले सामन्ती राजतन्त्रको अन्त्य गर्दै केहि सुधारात्मक परिवर्तन गर्याे । प्रचार र नाराहरुमा हामि लोकतन्त्रको युगमा प्रवेश गर्यौं परन्तु यो परिवर्तन दलाल प्रतिक्रियावादी संसदीय व्यवस्थाको कुरुप र डरलाग्दो चरित्र बोकेर आयो । आज यसलाई मुख्यतः अमेरिकी साम्राज्यवाद र भारतिय विस्तारवाद परस्त नेपालका दलाल संसदवादी गुटहरुले चलाइरहेका छन । लोकतन्त्रको नाममा अहिले देशमा फाँसिवादको अभ्यास आक्रमक र डरलाग्दो रूपमा हुँदैछ । भ्रष्टाचार संस्थागत बनेको छ । जनतन्त्र र जन जीविकाको विषय कोमामा पुगेको छ । जन आवाज र जनाधिकार माथि घोषित र अघोषित प्रतिबन्ध छ । राष्ट्रघात कथित राष्ट्रवादको घुम्टो ओडेर सक्रिय भएको छ । कांग्रेस र डबल नेकपा गुट यसको मुख्य नेतृत्वमा छन ।
कोभिड–१९ को त्रासदि र निरन्तर भ्रष्टाचार
✍️ यो कोभिड–१९ ले विश्वव्यापी त्रासदी पैदा गरेको समय हो । यसले मुख्यतः आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा नयाँ र विशिष्ट संकटको सृष्टि गरेको छ । विश्वका उत्पीडित वर्ग र जनसमुदाय एकसाथ यो संकट सँग जुधिरहेका छन । हामि पनि यहि स्थिति बाट अगाडि बढ्ने साहस गर्दै छौं । करिब ४ महिना लामो लकडाउनको सामना गरेका नेपाली जनता अहिले निषेधाज्ञा र कफ्र्युसँग जुधिरहेका छन । अहिले रोगको भय र त्रासदि, पुर्ण रोजगारी कटौतीको समस्या सहित मुख्यतः मजदुर,किसान र विपन्न वर्ग रोटिको लडाइँमा छन । वैदेशिक रोजगारीको शिलशिलामा मुख्यतः भारत, मलेसिया, मध्यपुर्व र संसार भरि रहेका नेपाली मजदुरहरुको ठुलो संख्यामा रोजगारी गुमेको छ । उनीहरु अधिकतम छिटो स्वदेश फर्कन चाहन्छन । नेपालमा रहेका उनीहरुको परिवारको अपेक्षा पनि यहि छ । यद्यपि यो विषय अन्योलको स्थितिमा छ । यो सँगै प्राकृतिक विपत्तिको रुपमा बाढि पहिरोले कयौं जनधनको क्षति भएको छ । लाखौं जनता बिचल्ली र बे–घरबार भएका छन । यो संगै जन जिविकाको समस्या विगत भन्दा डरलाग्दो स्थितिमा पुगेको छ ।
✍️जनताले भोग्नु परेको यस प्रकारको अपुर्व संकटमा संघ,प्रदेश र स्थानीय सरकारहरु के गर्दैछन ? प्रतिपक्षी दल के गर्दैछ ? के उनीहरु जनताको दुःख सुखमा सँगै उभिएका छन ? सरकारको तर्फबाट विकास र निर्माणमा संघ, प्रदेश र स्थानीय तहमा भएको भ्रष्टाचार ३३ किलो सुनकाण्ड,वाईडबडि जहाज खरिद प्रकरण,एनसेल प्रकरण,यति प्रकरण,ओम्नि,सेना प्रकरण र कोरोना नियन्त्रणको नाममा भएको १२ अरब भन्दा बढिको लुट र भ्रष्टाचार सहित दर्जनौं भ्रष्टाचारका प्रकरण (जहाँ सरकार वा प्रतिपक्ष प्रत्यक्षरपरोक्ष जोडिएको छ ) को शृङ्खला कहिले सम्म चल्छ ? नेपालका युवाहरुले मरुभुमिको चर्र्काे घाममा १८–२० घन्टा श्रम,पसिना र रगत बगाएर वार्षिक रुपमा पठाएको अरबौ रुपैयाँको हिसाब खोई ? सामाजिक हिंसा, जातीय विभेदका आधारमा हुने बर्बर हिंसा, महिला हिंसा र बलात्कारका अपराधीलाई किन फाँसीमा झुन्ड्याईदैन ? यो प्रश्न नेपालका दलाल संसदवादी गुटहरुलाई सम्पुर्ण नेपाली जनताको तर्फबाट सोधिएको जनताको प्रश्न हो । के उनीहरु जनताहरुलाई यी प्रश्नहरुको जवाफ दिन तयार छन ? पक्कै उनीहरु यसको जवाफ दिन तयार छैनन । उनीहरु यसको जवाफ दिने सामथ्र्य र नैतिकता राख्दैनन । उनीहरु किन सामथ्र्य वा नैतिकता राख्दैनन ? किनभने यो सबै काम खुद उनीहरु नै गरिरहेका छन । राज्य शक्तिको चरम दुरुपयोग गरि यसप्रकारका राज्य विरोधि रजनविरोधि निकृष्ट अपराध र गतिविधि गर्नु उनीहरुको धन्दा भएको छ ।
निरन्तर उत्पीडन र निरन्तर भ्रमको प्रतिरोध गरौं
✍️ राज्यले जनता माथि निरन्तर कयौं विभेद र उत्पीडन थोपरेको छ । महिला, दलित, आदिवासी र जनजाति, मधेसी, अल्प संख्यक र सिमान्तकृत जनसमुदायको अधिकार खोसिएको रअपहरण गरिएको छ । युवा विद्यार्थीहरुको युगलाई नै हत्कडि लगाएर स्वप्नहिन, गतिहीन र उर्जा बिहिन लङ्गडो र बन्दि बनाउने दुस्साहस हुँदै आएको छ । मजदुर,किसान र विपन्न समुदायले आफ्नो मुक्तिको मुलबाटो पहिल्याउन सकिरहेका छैनन । परन्तु नेपालको जनताको मुख्यतः राजनीतिक चेतना सहि राजनीतिक विचार र दृष्टिकोणको सचेत ज्ञान सहित वैज्ञानिक धारणा निर्माण गर्ने तहसम्म उठेको छैन । जनताको यहि दुर्बल पक्षको फाईदा उठाउदै आजको दलाल प्रतिक्रियावादी शासक वर्ग जनतालाई विभिन्न सुधारवादी नारा दिँदै निरन्तर भ्रम सृजना गरि युवा,विद्यार्थी, मजदुर,किसान, महिला, दलित, मधेसी, आदिवासी र जनजाति र सिमान्तकृत जनसमुदाय भित्र आफ्नो पकड बलियो बनाउने कसरतमा लागेको छ । कांग्रेस,डबल नेकपा सहितका दलाल संसदवादी गुटले संघ, प्रदेश र स्थानीय तहसम्म यसको प्रचार गर्न राज्यकोषबाट तलब भत्ताको व्यवस्था गरि व्यापक मात्रामा कार्यकर्ता र भाडाका गुन्डाहरुको परिचालन गरेका छन । यसरी उनीहरु निरन्तर उत्पीडन, निरन्तर भ्रम फेरि निरन्तर उत्पीडनको राजनीति गर्दै आएका छन । यो भनेको जनतालाई तथ्यहरुको खोज अन्वेषण मार्फत सत्य उद्घाटन गर्न पाउने जनताको अधिकार बाट निषेध गर्नु हो । हामीले यसको विरोध र भन्डाफोर र सशक्त प्रतिरोध गर्नुपर्दछ ।
संसदीय व्यवस्था र संसदवादी गुटलाई बुझ्ने सन्दर्भमा
✍️ आज नेपालको प्रत्येक सचेत जनताले विद्यमान दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था र संसदवादी गुटलाई बुझ्ने सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गर्न जरुरी भएको छ । आज नेपालमा जुन व्यवस्थाको अभ्यास गरिदैछ प्रथमतः यो शोषित पीडित मजदुर,किसान, महिला, दलित, मधेसी, आदिवासी र जनजाति र सिमान्तकृत जन समुदायको वा सर्वहारा वर्गको कुनै नयाँ व्यवस्था नभएर विश्वले पहिल्यै प्रयोग गरेको र असफल सावित हुँदै गएको मुठ्ठीभर सामन्त दलाल पुँजिपतिहरुको व्यवस्था हो । आज विश्वका पुँजिवादि देशहरुले सामना गर्नु परेको निरन्तर संकट र अन्तरविरोध यहि व्यवस्थाको उपज हो । पुँजिवादी क्रान्ति सम्पन्न नभएका हाम्रो जस्तो अर्ध सामन्ती, अर्ध र नव उपनिवेशिक मुलुकहरूमा यो व्यवस्थाले सृजना गर्ने संकट अझै डरलाग्दो र भयानक छ । दोस्रो विषय भनेको यहाँका दलाल संसदवादी गुटलाई बुझ्ने विषय हो । इतिहासमा अक्सर के हुँदै आएको छ भने हाम्रो जस्तो अर्ध सामन्ती, अर्ध रनव उपनिवेशिक मुलुकमा विद्यमान व्यवस्थालाई स्वीकार गर्ने कुनै पनि राजनीतिक गुट वा सरकार जनता र राष्ट्र प्रति जिम्मेवार र उत्तरदायी हुन सक्दैनन । साम्राज्यवाद र विस्तारवादको आशीर्वाद सहित दलाल पुँजिपति वर्गको पक्षमा काम गर्नु उनीहरुको कर्तव्य हुन जान्छ । यसर्थ, के यो व्यवस्था र व्यवस्था भित्रका कुनै पनि दलाल प्रतिक्रियावादी संसदवादी गुटहरुले आजको देशको अन्तरविरोधको सहि राजनीतिक सम्बोधन गर्न सक्छन ? दुनियाँको अनुभव र हाम्रो आफ्नै देशको अनुभवको आधारमा पनि हामि भन्न सक्छौं कि उनीहरुले सक्दैनन । के डबल नेकपाको आगामी विकल्प कांग्रेस, जसपा वा अन्य कुनै संसदवादी गुट हुन सक्छ ? विल्कुल हुन सक्दैन । किन हुन सक्दैन ? किन हुन सक्दैन भने कुनै पनि राजनीतिक पार्र्टीको भिन्नता भनेको सामान्यतः नाम भए पनि मुख्यतः ती राजनीतिक पार्र्टीले अवलम्बन गर्दै आएको राजनीति, विचार, दृष्टिकोण, पद्धति र कार्यशैलीको भिन्नता हो, राजनीतिक सत्तालाई हेर्ने दृष्टिकोण बिचको भिन्नता हो । त्यसो हुनाले डबल नेकपा, कांग्रेस, जसपा वा अन्य संसदवादी गुटको मुख्यतः सत्तालाई बुझ्ने दृष्टिकोण, चरीत्र, विशेषता वा मुल्यको बिचमा कुनै भिन्नता छ ? कुनै भिन्नता छैन । यो व्यवस्था प्रति उनीहरुको समान बुझाई रहेको छ । यसर्थ नामको आधारमा फरक फरक पार्र्टी जस्तो देखिए पनि यिनिहरुले गर्ने अपराध र हिड्ने बाटोमा कुनै अन्तर छैन । विद्यमान व्यवस्था यिनिहरुको जननि हो । एउटै कुकुर बाट जन्मि हुर्केका छाउरा र छाउरी जस्तै नाम वा रङ उनिहरुलाई चिन्ने सामान्य चिनारी बाहेक अरु होइन । भुक्नु उनीहरुको साझा विशेषता हो । यसर्थ जनताले अब यो दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था सँगै संसदवादी गुट प्रति बाँकी रहेको सम्पुर्ण मोह त्याग्नु जरुरी छ । युवा विद्यार्थीहरूले सहि राजनीति विचार र दृष्टिकोणलाई आत्मसात गर्दै यो दलाल सत्ता ध्वस्त गरि सर्वहारा वर्गको सत्ता स्थापना गर्ने साहस राख्नै पर्दछ । मजदुर,किसान, दलित, महिला, मधेसी, आदिवासी र जनजाति र सिमान्तकृत सबै सबैले एकपटक सहि राजनीतिक विचार दृष्टिकोणको आलोकमा एकताबद्ध भई अघि बढ्न प्रतिबद्ध हुनुपर्छ । त्यो सहि विचार भनेको के हो ? त्यो सहि विचार भनेको माक्र्सवाद–लेनिनवाद–माओवादको विचार हो, वर्गसंघर्षको महान प्रक्रिया बाट निर्माण हुने विचार हो ।
अन्त्यमा
✍️आज समाजमा जुन विभेद र उत्पीडन छ यो अशंमा भिन्न प्रकारको देखिए पनि मुलतः यी सबै वर्गिय उत्पीडनसँग जोडिएका वर्गिय राज्यसत्ताका उपज हुन । वर्गसंघर्षको भीषण प्रक्रियाको बिचबाट हामीले यो शृङ्खलालाई तोड्न सक्छौं । वर्गसंघर्ष शासकीय उत्पीडन विरुद्धको एक त्यस्तो युद्ध वा उथलपुथल सहितको क्रान्ति हो जसले समाज, देश र पुरै विश्व भरि शोषित पीडित वर्ग समुदायको पक्षमा एउटा नयाँ विजयको इतिहास निर्माण गर्ने सामथ्र्य राख्छ । पुँजिवाद र नव उदारवादको विश्व साम्राज्यलाई ध्वस्त र खरानी गर्ने साहस र सामथ्र्य राख्छ ।
यसर्थ, आउ युवा साथि हो, विद्यार्थी हो आउ ! ब्युँझ मजदुर किसानहरु गाउँ बस्ति जगाउ !! महिला दलित मधेसी उठ जनजाति ! यो व्यवस्था ध्वस्त गर्न सँगै लडौं साथि !!
दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था–ध्वस्त गरौं !
नयाँ जनवादी क्रान्ति जिन्दावाद






























