जस्ले ,
प्रेम ,
सद्भाव र ममता पस्किएर ,
ग्रहण गराउदै, पस्काउन सिकाउछ !

जस्ले !
मार्गदर्शक बनेर ,
अज्ञानताको अन्धकार पन्छाएर ,
उज्यालो तिर धकेलिदिन्छ !

जस्ले !
निश्चित समयावधि मा ,
सर्व शक्तिमान संस्थाबाट , ज्ञानका ज्योति
छरेर ,
लेख्न , पढन र बोल्न सिकाउछ !

जस्ले !
अखण्ड राष्ट्र , राष्ट्रियता ,
प्राकृतिक श्रोत ,सम्पदा ,
पशु पन्छी चिनाउदै ,
अनुशासन ,
शिष्टाचार र संस्कारले श्रिङ्गारिदिन्छ !

जस्ले !
सुख दुख र शान्तिको आभास दिलाउदै ,
सत् कर्म र सत् मार्ग तिर डोहोयाृउछ ,
जीवनको ,
काम,
कर्तव्य र अधिकार बुझाउछ !

जस्ले !
प्राकृतिक सौन्र्दर्य र मानव विकास क्रम
बुझन सिकाउछ !
अन्याय , अत्याचार र विभेदका विरुद्ध
आवाज बुलन्द गर्न ,
रसातलमा भासिएका मनहरु उठाउन र
उठ्न सिकाउदै ,
शु शासनले भरिपुर्ण समाज निर्माणमा
जुट्न सिकाउछ !

उहाँनै एक असल गुरु हुनुहुन्छ !
जो ,
समाज र राष्ट्र निर्माणको मेरुदण्ड हो !
हामिले ,
सबै ,सबै क्षेत्रमा असल गुरु पायौं भने ,
उहाँको ज्ञान र चेतनाले संचित हुन ,
समाज र व्यवस्था बुझ्न ,
समर्पण र तपस्याको गहिराइ नाप्न सक्यौं
भने ,

निश्चयनै ,
देशमा !
समृद,
शान्ति र शु शासन लहराउने छ १

कुसल
मार्गदर्शकले आमूल परिवर्तनकारी
मनहरुलाई डोहोर्याउदै !
सबैको सत् कर्मले ,
अभाव ,
संकट ,
आपत र महाविपतका पहाडहरु
पल्टाएर ,
उज्यालोको जन्म गराउने छ !

त्यसैले ,
गुरु !
आट हो !
साहस हो !
दृष्टिचेत हो !
र हामी हिड्ने मूलबाटो हो !

प्रतिक्रिया

सम्बन्धित खवर