प्रीय महिलाहरु !
संधै पुरुष र पत्थरको पुजा गरेर
हाम्रो स्वतन्त्र अस्तित्व र आजादि असम्भव छ !
कथित धर्मको आदर्श समाई जिन्दगी खोरमा थुन्न बन्द गर !

सिताको पवित्र प्रेमलाई
अग्नि परिक्षा लिने राम कसरी भगवान हुन सक्छ ?
के रामलाई न्यायको कठघरामा झुन्डाउनु पर्दैन ?
आजको युगका सिताहरुले
रामको पुजा र आराधना होईन बहिष्कार गर्नुपर्छ ।

महाभारतको अध्यारो युगमाथि गर्व गरेर
पान्डवहरुको ज्यादतीको पुजा किन गर्ने ?
कौरव सभामा द्रौपदिको इज्जत निवस्त्र गर्ने
जुवाडे युधिष्ठरहरु कसरि धर्मका मसिहा बन्न सक्छन ?

के धर्मले हामि माथि
निरन्तर थोपरेका
विभेदका दस्तावेजहरु जलाउनु पर्दैन ?
कृष्णको काला कर्तुतहरुको इतिहास
कसरी सम्मानित र पुजनिय छ ?
निरपेक्ष धर्मको पुजा गरेर
वर्तमानलाई निषेध गर्नु के अपराध होईन ?

प्रीय महिलाहरु !
अपराध र अपराधीको पुजाले
निरन्तर अपराध र दलन मात्रै जन्माउछ ।
कृष्णको पुजा होईन हत्कडि लगाउने साहस गरौं ।
धर्म विभेद र शोषणको कुरुप दस्तावेज हो !

प्रीय महिलाहरु !
पुरुषको पैतालाको पानी खाने परम्परा तोडौं ।
कथित धर्मको कुरुप पहाड ध्वस्त गरौं ।
शिव र पार्वतीको कथा होईन
विद्रोह र क्रान्तिका दस्तावेज पढौं ।

हामीले हाम्रो युगलाई आजादिको बाटो देखाउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर