१७औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस आज

१७औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस आज

३२ श्रावण काठमान्डौ,
रामेछाप जिल्लाको दोरम्बा, डाँडाकटेरीमा २१ जना योद्धाको महान बलिदान भएको आजदेखि १७  वर्ष लागेको छ । महान योद्धा र सहिदहरूका सपना आज पनि ज्यूँका त्यूँ छन । हिजो आदर्श र महानायक ठानिएका पात्रहरू आज देखी–देखी कुख्यात बन्न पुगेका छन र हिजो जसका विरुद्ध जनताले रगत बगाए आज तिनैका शरणमा पुगेका छन । महान जनयुद्धका क्रममा समानतामूलक समाज निर्माण गर्ने महान अभिलाशा राखेर दुस्मनसँग कत्ति पनि नझुकी बहादुरीकासाथ आत्मोत्सर्ग गर्ने ती महान योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली ।
बेथानले जनयुद्धको पहिलो सफल मोर्चाका रूपमा, पहिलो छापामार महिला सांस्कृतिक योद्धा दिलमाया बम्जनको बलिदानका रूपमा उत्कर्ष प्राप्त गरिरहेको थियो भने अर्कातिर दोरम्बाले आततायी सत्ताहरूबाट क्रान्तिकारी पार्टी र नेता जहिले पनि सावधान रहनुपर्छ भन्ने पाठ दिँदै अनायास ठूलो रगत बगेको दुःखद् इतिहास आज पनि झल्झली सम्झाइरहेको छ ।
यी दुवै मोर्चाले जनयुद्धलाई थप अर्र्को उचाइमा उठाएका थिए, सामन्ती राजतन्त्र ढाल्दै तिनका मतियारलाई आछुआछु पारेका थिए र रामेछापलाई वर्गयुद्धको ऐतिहासिक किल्लाका रूपमा स्थापित गरेका थिए । त्यसैले यी दुवै स्थान राजनीतिक र सांस्कृतिक दृष्टिले पनि अन्यन्त महत्वपूर्ण छन् ।