चित्तवनमा चेपाङ्ग किसान माथिको हमालाका बिरुद्ध चार किसान संगठनको संयुक्त बक्तब्य

रासायनिक मल किन्ने क्रममा करोडौको घोटाला गरिएकोवारे छावीन होस र घोटाला गर्ने जो सुकै भए पनि कडा कारबाही गरियोस

प्रकाशित मिति : २०७७ श्रावण ९

८ श्रावण काठमान्डौ,
चितवनमा सीमान्तिकृत चेपाङ्ग समुदायको परिबारको घरमा हात्ती लगाएर घर भत्काउने, आगो लगाउने र तिनका जहान परिवार र बालबच्चालाई यो चुहिँदो बर्खामा बिचल्लीमा पार्ने जुन दृष्कार्य गरिएको त्यो गरीब किसानमाथिको गम्भीर हमला हो, अत्यन्तै अमानबीय र घोर निन्दनीय दुष्कार्य हो । हामी चार किसान सगठनहरु – अखिल नेपाल किसा महासंघ (अप्फो), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले कम्युनिष्ट नामको किसानमारा यस्तो अमानबीय दुष्कार्यको तीब्र भर्त्सना गर्दछौ र गरीब किसानका घर उजाड्ने अपराधीमाथि कडा कारबाही, घरबार उजाडिएका चेपाङ्ख परिबारलाई पर्याप्त क्षतिपूर्ति देऊ,पीडित किसान परिबारसँग क्षमा याचना गर र यस्ता अमानबीय घटना दोहोरीन नदेऊ भन्ने जोडदार माग गर्दछौं ।
यसका अतिरिक्त धान रोपाई गर्ने बेलामा रासायनिक मल किन्ने क्रममा करोडौको घोटाला गरिएकोछ भन्ने कुरा प्रकाशमा आएकोछ । यसको छावीन होस र घोटाला गर्ने जो सुकै भए पनि कडा कारबाही गरियोस र किसानलाई राहत, सुबिधा र सहुलियत प्रदान गरियोस भन्ने पनि जोडदार माग गर्दछौ ।
१. अखिल नेपाल किसान महासंघ (अप्फो) – भैरव रेग्मी ।
२. अखिल नेपाल किसान महासंघ (क््रmान्तिकारी) – सीताराम तामाङ ।
३. अखिल नेपाल किसान युनियन – कृष्ण राना ।
४. अखिल नेपाल प्रगतिसिल किसान संघ – लोक नारायण सुवेदी ।