भारतले महाकाली नदी (तराई) अतिक्रमणको अर्थराजनीति

प्रकाशित मिति : २०७७ असार २२

- सीताराम तामाङ

१) भूमिका
ड्ड यो लेखकले २०२९ सालमा महाकाली नदी पार गर्दा नदीको पुलको बीच भागमा नेपाल – भारतको झण्डा क्रस पोजिशनमा राखिएको थियो । अहिले २०७४ मा जाँदा महाकाली नदी वारी (नेपालपट्टी) दुइ कि.मी. भित्र भारत सरकारको सीमा चौकी तैनाथ गरिएको र भारत गेट समेत निर्माण भइरहेको देखियो । अहिले नेपाल सरकारले सार्वजनिक गरेको नक्सामा पनि यो भूभाग भारत पट्ठिनै राखिएको छ ।
उक्त पृष्ठभूमिका महाकाली नदी (तराई) नेपाल – भारत वीचको सीमा नदी होकि होइन तथा यस क्षेत्रको अर्थराजनीतिक महत्व के छ ? भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ ।
२) के हो महाकाली नदी ?
ड्ड भनिन्छ नेपालको सीमाना पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदी हुन । पश्चिम सीमाना भई बग्ने महाकाली नेपालको उत्तर–पश्चिम सीमानामा रहेको ब्यास हिमश्रिंखलाको खोचबाट निस्केको नदी हो । लिम्पियाघुरा यसको खास उद्गमस्थल हो । यो नदी उद्गमदेखि तराई – प्रवेशसम्म सीमा नदीको रुपमा बग्दछ र तराईमा प्रवेश गरेपछि अनेक भंगलामा छरिने र समय समयमा बाटो बदल्ने पनि गर्दै आएको छ । यो नदीको पूर्वपट्टी नेपालको दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला पर्दछन् । यो नदीको पश्चिमपट्टी भारतको पिथौरागढ र नैनिताल जिल्ला पर्दछन् । यो नदीको उद्धगमलाई भारत, चीन र नेपालको त्रिदेशीय सीमा विन्दु पनि मानिन्छ ।
ड्ड सन् १८१६ मा भएको ईष्ट–इण्डिया कम्पनिसँगको असमान सुगौली सन्धिले (धारा–५) “नेपालका राजा, उनका बंशज तथा उत्तराधिकारीहरुले काली नदी भन्दा पारि रहेका मुलुकहरुको दावी तथा सम्बन्ध त्याग्नु प¥यो ।”+ त्यसपछि सन् १८६० मा नयाँ मुलुक फिर्ता गर्ने प्रत्यावर्तन सन्धि++ द्धारा ईष्ट –इण्डिया र नेपालको पश्चिमी सीमाना कायम भएको तथा उक्त दुवै सन्धिबाट कालीनदीलाई नै सीमा नदीको हैंसियत प्रदान गरिएको छ ।
ड्ड तर १९१० मा इष्ट – इण्डिया कम्पनिले भारतको उत्तर प्रदेशको केही भूभागमा सिंचाई गर्ने उदेश्यले शारदा (महाकाली) नदीबाट सोलानी गोठ भएर नहर लैजान खोजे पछि सीमानालाई लिएर किचलो पर्दा सन् १९१५ मा नदीका वीच, वीचमा सीमास्तम्महरु गाडिएका थिए । तिनै सीमास्तम्महरुलाई नेपालको पश्चिमी सीमा मानेर सन् १९२० मा राणा र इष्ट–इण्डिया कम्पनि बीच शारदा ब्यारेज बनाउने संझौता भएको थियो । यो संझौताबाट पनि महाकाली नदी दुइ देशको सीमा नदी निर्धारित भएको देखिन्छ ।
ड्ड शारदा (महाकाली) ब्यारेज बनाउने संझौता अनुसार उक्त ब्यारेज निर्माण, मरम्मत र संभारका लागि नेपालले इष्ट–इण्डिया कम्पनिलाई नेपालतर्फ २८९८.५ हेक्टर जमिन उपलब्ध गराएको थियो र सन् १९२८ मा ब्यारेज निर्माण कार्य पुरा हुदा उक्त जग्गाको सीमा छुट्याइएको थियो । त्यो बाँधबाट भारतलाई १५,००० क्यूसेक पानी र नेपाललाई (मई महिनादेखि अक्टोबरसम्म) ४६०– १,००० क्यूसेकसम्म र बाँकी समय (अक्टोबरदेखि – मईसम्म) १५० क्यूसेक पानी उपलब्ध गराउने प्रावधान राखिएको थियो । तर सन् १९७३ देखिमात्र विश्व ब्याङ्कको सहयोगबाट नेपालले त्यो पानीको केही अंश उपयोग गर्न पायो ।
ड्ड नेपालले शारदा ब्यारेजको निर्माण, मर्मत र संभारका लागि भनेर भारतलाई २८९८ हेक्टर जमिन उपलब्ध गराएबापत भारतले पनि नेपाललाई ४०९४ हेक्टर भूमि नै सट्टाभर्ना गर्ने संझौता भएको थियो । तर त्यो भूमि नेपालले भारतबाट पाएको कुनै प्रमाण छैन । भनिन्छ त्यसवेला राणा प्रधान मन्त्री चन्द्र समशेरले जमिनको सट्टाभर्ना बापत कं. रु. ५०,०००।– लिएका थिए रे ! अंग्रेजभक्त राणा सरकारले गोरालाई चाकरी पु¥याउन “जो हाथ सो साथ” गरेर चित्त बुझाएको पनि हुन सक्तछ । यसरी यो संझौंता नेपालको हित प्रतिकूल भएको थियो ।
इष्ट–इण्डिया कम्पनिले नेपाललाई उपलब्ध गराउने जमिनको (अक्टोबर १२, १९२०) विवरण

Division District              Site                                                              Areas in Acre
1. Lueknow                      Kheri Sumerpur                                               2914.
2. Fyzabad                       Baharaich Border                                           569.
3. Do                                 Gonda Near Koela                                         65.3
4. Do                                Baharaich Border                                           516.2
5. Do                                Do Do                                                              29.38

शारदा ब्यारेज परीयोजनाको ५० बर्षको मात्रै थियो । त्यसैले त्यस ब्यारेजको बदलामा र त्यो भन्दा बढी क्षमता भएको टनकपुर ब्यारेज परीयोजना भारतले बनाएको देखिन्छ । त्यसो भएकोले शारदा बाँधको लागि भनेर नेपालले भारतलाई उपलब्ध गराएको भूभाग फिर्ता गरिनु पर्ने वा त्यसको सट्टामा भारतबाट नेपालले प्राप्त गरेको जमिन कहाँ, कहाँ छ ? खोजिनु पर्ने वा त्यसबारे लेनदेन के के हो ? दुवै देशका सरकारहरुद्धारा प्रष्ट गरिनु पर्ने हो+ । १९१५ का सीमास्तम्भहरु B.P3A B., B.P.4A B.P. 5B. पनि गायव गरिएका छन् वा हराएका छन् । यसरी उक्त स्तम्भहरु समेत उखेलेर विस्तारवादी भारतले महाकाली नदी सीमा नदी हो भन्ने मान्यता समेतलाई कुल्चेर नेपाली भूमि मिच्न आइपुगेको छ । टनकपुर ब्यारेज परीयाजना त्यसैको नतिजा हो ।

३) सीमा निर्धारणको आवश्यकता
भारतले १९८३ देखि नै महाकाली नदीमा टनकपुर ब्यारेज परियोजनाको निर्माण शुरु गरेको थियो । पुरानो ब्यारेजको समयावधि सकिएको र त्यसको सट्टामा नयाँ ब्यारेज बनाइएकोले नेपालले शारदा ब्यारेजको लागि उपलब्ध गराएको जमिनको पुनः सीमाङ्कन गर्न आबश्यक थियो । उक्त जमिन नेपाललाई फिर्ता दिने वा नेपाललाई उपलब्ध गराएको भूमि कहाँ पर्छ खोजी गरी भारतले पहिले उक्त कुरोको छिनोफानो गर्नु पर्ने थियो । तर त्यसको वास्तै नगरी शारदा बाँधकोलागि भनेर उपलब्ध गराइएको भूमिभित्रै भारतले अर्को टनकपुर बाँध परियोजना पनि निर्माण ग¥यो । नेपालले शारदा ब्यारेजको लागि भनेर उपलब्ध गराएको भूमिको पूर्वी सीमालाई भारतले आफ्नो देशको सीमाना मात्र कायम गरेको छैन, बरु सीमा स्तम्भहरु द्य।ए।घ देखि –द्य।ए। छद्य सम्म गायब गरेर नेपालको अरु जग्गा पनि गोलमाल गरिदिएको छ । निरंकुश पञ्चायत शासकले त्यसबेला केही गर्न सकेन । यसको अर्थ थियो, तत्कालीन शासकवर्गमा देशभक्तिको भावनाको पूर्ण अभाव ।
सन् १९८८ मा टनकपुर ब्यारेजको निर्माण कार्य पुरा गरियो । तत्पश्चात् पानी सञ्चयको लागि दायाँ र बायाँ तटबन्धनको निर्माण कार्य शुरु गरियो । उक्त परियोजनाको स्कीम अनुसार दायाँ तटबन्धनको त कुरै भएन (किनभने त्यो भाग भारतमै पर्दथ्यो) तर देब्रे तटबन्धन भने नेपालको भूभागमा बनाउनु पर्ने थियो । त्यसका लागि बनाइएको गाइड बन्ड पनि B.P.3 b]lv –B.P. 5B को उत्तर दक्षिण रेखादेखि नै नेपालभित्र पर्न गएकोले भारतले १९८४ मा उक्त सीमास्तम्भ नै उखालेर फ्याँकिदियो । यस प्रकारका उक्त सीमा स्तम्भ हराएकोले, वास्तविक लेफ्ट् एफ्लक्स बण्ड कहाँ देखि शुरु हुन्छ भन्न अप्ठ्यारो भएको छ । अहिले मानिएको उक्त तटबन्धनको सीमा त भारतले भनेको मात्र हो, वास्तविक होइन । टनकपुर सम्झौंताले B.p.3, B.p.3A बीचको १६०० फिट र त्यसभन्दा दक्षिण तर्फको ६०९ फिटगरी जम्मा ३२०९ फिट अर्थात ३६ एकड जमिन अहिले भारतमा मिसिन गएकोछ र भारत सरकारले त्यस भूमिलाई वृक्षरोपण गरी अहिले आफ्नो अधिनमा पारेको छ । त्यसदेखि बाहेक १९१५ मा गरिएको महाकालीको वास्तविक सीमा र १९२० मा शारदा ब्यारेजको लागि भनेर छुट्याइएको (हाल भारतले चर्चेको) सीमाबीच २८९८.८ एकड जमिन फरक पर्दछ । अर्थात हामीले १९१५ को सीमालाई मान्ने हो भने अहिले नेपालको जम्मा २८९८.८+३६.० एकड जमिन घट्न जान्छ । यसकारण महाकाली नदी प्रतिको हाम्रो धारणा, शारदा ब्यारेजले चर्चेको जमिनको स्वमित्व र सीमा निर्धारण, अहिले हराइरहेको सीमास्तम्भहरु र त्यस भित्रका जमिनहरुको खोजी गरी सीमाङ्कन गर्नुको विपरीत, आफ्नो दायित्व छोडेर गिरिजा सरकारले टनकपुर सम्झौंताबाट उक्त भूमिहरुमाथिको सबै हक अधिकार छोडेको थियो ।
यसरी महाकाली नदी तराईमा नेपाल–भारतको सीमा–नदी रहेन । भारतको एकलौटी भएकोछ ।
४) महाकाली नदीको तराई क्षेत्रमा भारतीय अतिक्रमणको अर्थराजनीति
ड्ड सन् १९२०मा राणा सरकार र इष्ट–इण्डिया कम्पनि बीच शारदा ब्यारेज बनाउने संझौंता भई सो ब्यारेजको निर्माण १९२८ मा पुरा भएको थियो । त्यस बाँधबाट भारतलाई १५,००० क्यूसेक पानी र नेपाललाई मईदेखि अक्टोबर महिना सम्म ४६०–१,००० क्यूसेकसम्म तथा अक्टोबरदेखि मईसम्म १५० क्यूसेक पानी उपलब्ध गराउने प्राबधान राखिएको थियो । तर सन् १९७३ पछि मात्र विश्व ब्याङ्कको ऋण सहयोगमा नेपालले त्यो पानीको केही अंश उपयोग गर्न पाएकोछ ।
ड्ड शारदा ब्यारेज निर्माण, मर्मत र संभारका लागि नेपालले इष्ट–ईण्डिया कम्पनिलाई २८९८.५ एकड जमिन उपलब्ध गराए बापत भारतले सट्टामा नेपाललाई ४०९४ एकड जमिन उपलब्ध गराउने संझौंता भए अनुसारको भारतबाट नेपालले जमिन पाएको देखिदैन । पशुपति समशेर राणाको अनुसार भारतले नेपाललाई ४००० एकड जमिन उपलब्ध गराएको र सो जमिन नेपालको हालको वर्दिया जिल्ला अन्तरगत परेकोछ । तर नेपालले प्राप्त गरेको उक्त जमिनको आधिकारिकता पुष्टि हुन सकेको छैन ।
भारतले नेपालको स्वीकृति विना नै १९८३ देखि महाकाली नदीमा टनकपुर ब्यारेज परियोजनाको निर्माण सुरु गरी १९८८ मा पुरा ग¥यो । सो परियोजनाको स्किम अनुसार देब्रे तटबन्धन नेपालको भूभागमा बनाएकोछ । सो देब्रे तटबन्धनले
नीचको १६०० फिट र त्यसभन्दा दक्षिणको ६०९ फिट गरी जम्मा ३२०९ फिट (३६ एकड) नेपालको जमिन कब्जा गरेकोछ । नेपालको तत्कालीन प्रधानमंत्री गिरिजा प्रशाद कोइरालाले भारत भ्रमणमा जाँदा (५–१० डि, १९९१) उक्त टनकपुर ब्यारेजका परियोजनाको देब्रे तटबन्धनका लागि थप ५७७ मिटर (२.९ एकड जमिन) नेपालको जमिन समेत भारत सरकारलाई अनिश्चित कालको लागि निशर्त भोगाधिकार दिएका थिए ।
ड्ड सन् १९१५ को महाकालीको वास्तविक सीमालाई मानेर हेर्दा सन् १९२० मा शारदा ब्यारेजका लागि छुट्याइएको (हाल भारतले चर्चेको) सीमा बीच २८९८.५ एकड + टनकपुर देब्रे तटबन्धनले चर्चेको ३६ एकड +गिरिजाले देब्रे तटबन्धनका लागि थप गरिदिएको २.९ एकड (अर्थात २८९८.५+३६+२.९ एकड) जमिन जोडदा नेपालपट्टीको जम्मा २९३७.४ एकड जमिन घट्न आउँछ ।
ड्ड भारतले शारदा परियोजनाबाट मात्र १७ लाख हेक्टर जमिन सिंचाई गर्दछ । टनकपुर परियोजनाबाट हाल ४४८.४ किलोबाट विजुली (बर्ष याममा) उत्पादन भइरहेकोछ । तर यसको क्षामता भने १२० मेगावाट बनाईएकोछ । टनकपुरबाट १२० मेगावाट विजुली त्यत्तिवेलामात्रै उत्पादन गर्न सकिन्छ जतिबेला पञ्चेश्वरमा ३१५ मिटर अग्लो ड्याम बनाएर पानी जम्मा गर्न सकिन्छ । पञ्चेश्वर मेगा परियोजनाको सहायक परियोजनाको रुपमा टनकपुर र शारदा परियोजना रहने छन् । पञ्चेश्वर सफल भएमा भारतको ३८ लाख हेक्टर जमिन सिंचाई हुन्छ भने नेपालको ४४ हजार हेक्टर जमिन मात्र सिंचाई हुन सक्तछ ।
ड्ड पञ्चेश्वर बढी उचाईबाट कम पानी छोडेर विदुत निकाल्ने मेगा परियोजना हो । यसको क्षमता २०००–४००० मेगावाट रहनेछ । तर भारतको मुख्य चासो विजुली नभएर पानी हो । हाई ड्याम बनाएर पानी सञ्चय गर्नु हो । पञ्चेश्वर सहितको एकीकृत महाकाली विकास सन्धिले महाकाली नदीको ८७ प्रतिशत पानीमा भारतले अग्राधिकार कायम बनाएकोछ ।
महाकाली नदी बेच्नेहरुलाई यो बिषयमा नेपाली जनताले सोध्नु पर्दैन – यो भूभाग फिर्ता आउँछ कि आउँदैन
[email protected]