प्रहरी दमनको घोर विरोध गर्दै क्रान्तिकारी माओवादी ३ नं. प्रदेशले भन्यो– ‘खोकना र बुङ्मतीका जनताको माग शिघ्रातीशिघ्र सम्बोधन गर !’

प्रकाशित मिति : २०७७ असार २१


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशले असार २० गते शनिबार ललितपुर महानगरपालिका अन्र्तगत खोकनाको सिकालीस्थित सिडोलमा आआफ्नो खेतमा धान रोप्न गएका खोकनाबासी नेवाः जनसमुदायमाथि सशस्त्र पुलिसले लाठी चार्ज, टियर ग्याँस र हवाइ फायर गरी दमन गरेको घटनामाथि गम्भिर रुपमा ध्यानाकर्षण भएको भन्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रहरी दमनको घोर निन्दा एंव् भत्सर्ना गरेको छ । पार्टीका प्रदेश सेक्रेटरी प्रवेशले आइतबार एक वक्तव्य जारी गर्दै प्रहरी दमनको क्रममा घाइते भएका खोकनाबासीहरुको यथाशिघ्र निशुल्क उपचार गर्न सरकारसँग जोडदार माग गरेका छन् ।


वक्तव्यमा भनिएको छ, “खोकनामा जेरो प्वाइन्ट बनाउँदा बुंगमती र खोकनाको खेती योग्य थुप्रै जमीनको नास हुनेछ । यसले खोकना र बुंगमतीको साँस्कृतिक सम्पदा विनास गर्नेछ र जनताले कौडीको भाउमा जमीन दिनु पर्ने तर तिनले त्यस वापत केही फाइदा नपाउने मात्र होइन, उक्त स्थानबाट विस्थापित भई आफ्नो भन्ने सबै गुमाउनु पर्ने अवस्था छ । विकास निर्माणको नाममा यो आयोजना वास्तवमा नेवाः जातिको हत्या गर्ने योजना हो । अर्को कुरा साँस्कृतिक सम्पदा भएका ठाउँहरुबाट र महानगर भित्र विश्वमै कहिं पनि फास्ट ट्रयाक र यसको जेरो प्वाइन्ट बनाइँदैन, यो विश्वव्यापी नियम हो । तर नेपालमा सरकार, जग्गा दलाल र सेना मिलेर विश्वव्यापी नियमलाई अवहेलना गरी साँस्कृतिक सम्पदा क्षेत्र र महानगर भित्र फास्टट्रयाक र जेरो प्वाइन्ट बनाउने धृष्तता हुँदैछ । यस प्रकारको सरकारको गैरजिम्मेवारीप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । लोकतन्त्रमा जनताको सर्वोच्चतालाई सम्मान गरी फास्टट्रयाकको जेरो प्वाइन्टको निम्ति वैकल्पिक स्थानको पहिचान गरी बुंगमती र खोकनाका जनताहरुले उठाएको मागको शिघ्रातीशिघ्र सम्बोधन गर्न नेपाल सरकारसँग हाम्रो पार्टी माग गर्दछ ।”