खोकनाबासीमाथि गरिएको प्रहरी दमनको नेवाः मोर्चाले ग¥यो घोर विरोध, फास्टट्रयाकको जेरो प्वाइन्ट महानगरबाहिर डुकुछापमा लान जोरदार माग

प्रकाशित मिति : २०७७ असार २१


काठमाडौं । असार २० गते शनिबार ललितपुर महानगरपालिका अन्र्तगत खोकनाको सिकालीस्थित सिडोलमा आआफ्नो खेतमा धान रोप्न गएका खोकनाबासी नेवाः जनसमुदायमाथि सशस्त्र पुलिसले लाठी चार्ज, टियर ग्याँस र हवाइ फायर गरी दमन गरेका घटनामाथि गम्भिर रुपमा ध्यानाकर्षण भएको भन्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रहरी दमनको घोर निन्दा एंव् भत्सर्ना गर्दै क्षोभ प्रकट गरेको छ र घाइतेहरुको यथाशिघ्र निशुल्क उपचार गर्न सरकारसँग जोडदार माग गरेको छ । नेपाल भाषा र नेपाली भाषामा जारी गरिएको वक्तव्यमा प्रहरी दमनको घोर विरोध गरिएको हो ।


घटना लगत्तै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष पवनमान श्रेष्ठले जारी गरेको वक्तव्यमा नेपालमा सरकार, जग्गा दलाल र सेना मिलेर विश्वव्यापी नियमलाई अवहेलना गरी साँस्कृतिक सम्पदा क्षेत्र र महानगरभित्र फास्टट्रयाक र जेरो प्वाइन्ट बनाउने धृष्टता भइरहेकोप्रति घोर भत्सर्ना गर्र्दै फास्टट्रयाकको जेरो प्वाइन्ट महानगर बाहिर डुकुछापमा लान जोरदार माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “खोकनाको सिकालीस्थित सिडोलमा फास्ट ट्रयाकको जेरो प्वाइन्ट राख्ने गरी बाटोको लागि १०० मिटर र थप फेरि ५० मिटर अधिग्रहण गर्ने गरी बनाएको योजनालाई सरकारले स्वीकृत गरेको छ । उक्त योजनाको डिपीआर तयार भएको भनिएतापनि त्यो गोप्य राखिएका छ, सार्वजनिक गरिएको छैन र यसका लगानी कर्ता अझै स्पष्ट छैन । तर यसलाई राष्ट्रिय गौरवको योजना भन्दै सेनालाई निर्माणको जिम्मा दिइएको छ । आज देशको सीमाना मिचिएको छ तर नेपालको सेनाको धन्दा भनेको ठेक्का पट्टा लिने, जग्गा प्लटिङ गर्ने आदि काम भएको छ । सिडोलमा पनि सेनाले जग्गा प्लटिङको लागि ठुलो मात्रामा जग्गा किनेको स्थिति छ । आज खोकनाको जेरो प्वाइन्ट राख्नुमा विभिन्न खाले जग्गा दलालहरुको मिलोमितो भएको स्पष्ट छ ।”


वक्तव्यमा अगाडि भनिएको छ, “खोकनामा जेरो प्वाइन्ट बनाउँदा बुंगमती र खोकनाको खेती योग्य थुप्रै जमीनको नास हुनेछ । यसले खोकना र बुंगमतीको साँस्कृतिक सम्पदा विनास गर्नेछ र जनताले कौडीको भाउमा जमीन दिनु पर्ने तर तिनले त्यस वापत केही फाइदा नपाउने मात्र होइन, उक्त स्थानबाट विस्थापित भई आफ्नो भन्ने सबै गुमाउनु पर्ने अवस्था छ । विकास निर्माणको नाममा यो आयोजना वास्तवमा नेवाः जातिको हत्या गर्ने योजना हो । अर्को कुरा साँस्कृतिक सम्पदा भएका ठाउँहरुबाट र महानगर भित्र विश्वमै कहिं पनि फास्ट ट्रयाक र यसको जेरो प्वाइन्ट बनाइँदैन, यो विश्वव्यापी नियम हो । तर नेपालमा सरकार, जग्गा दलाल र सेना मिलेर विश्वव्यापी नियमलाई अवहेलना गरी साँस्कृतिक सम्पदा क्षेत्र र महानगर भित्र फास्टट्रयाक र जेरो प्वाइन्ट बनाउने धृस्तता हुँदैछ । यसको हाम्रो मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः घोर भत्सर्ना गर्र्दै फास्टट्रयाकको जेरो प्वाइन्ट महानगर बाहिर डुकुछापमा लान जोरदार माग गर्दछ ।”