सलहबाट किसानका बालीनाली जोगाउन चार किसान संगठनको सरकारसँग संयुक्त माग

सलहबाट किसानका बालीनाली जोगाउन चार किसान संगठनको सरकारसँग संयुक्त माग

अफ्रिका महाद्विपबाट इरान, पाकिस्तान, भारत हुँदै नेपाल प्रबेश गरेको सलह किराले किसानको बालीनाली नष्ट हुने सम्भाबना बढेकोले त्यसको नियन्त्रण गर्न र कृषिबाली तथा किसानलाई जोगाउने सबै किसमका सम्भव उपायहरुको अबलम्बन तत्काल गर्न हामी चार किसान संगठन — अखिल नेपाल किसान महासंघ अप्पो, अअिल नेपाल किसान महासंघ(क्रान्तिकारी) अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसानसँघ – जोडदार माग गर्दछौं ।

अरु देशमा सहल किरा आएर कृषि बालीनालीमा ठूलो नोक्सानी पुराइरहेको स्थितिप्रति आवश्यक ध्यान दिएर हाम्रो देशमा यी सलह कीरा प्रवेश गर्नुभन्दा पहिला यसलाई आउन नदिने, रोकथाम गर्ने र कृषि र किसानलाई जोगाउने तर्फ सरकारको उदासीनता र तयारीको अभाव अहिले खट्एिको छ । सरकारले कीटबिज्ञ र मौसम बिज्ञहरुको आवश्यक सहयोग लिएर किसानको बालीनाली जोगउाने तर्फ आफु सक्रिय र सचेत बन्ने र किसान र कृषिलाई जोगाउन भन्दा पनि सलह नेपाल भित्र नपस्ने जस्तो हचुवा प्रतिबेदन दिएर समस्याप्रति बेवास्ता र हेलचेक्र्याई गरेबाट कृषिबालीनालीमा पुगेको नोक्सानीप्रति सरकार जिम्मेवाहुनै पर्दछ र किसानको खाद्य अधिकार र सम्प्रूभताको रक्षा गर्न पनि हामी जोडदार आवाज उठाउँदछौं ।
साथै यो सलह कीराले क्षति पुगेका किसान परिबारलाई यथेष्ठ क्षतिपूर्तिको तत्काल ब्यविस्था गर्न पनि हामी सबै तहकार सरकारहरुलाई बिशेष आग्रह समेत गर्दछौं ।

भैरब रेग्मी 
अध्यक्ष 
अखिल नेपाल किसान महासंघ(अप्पो)

सीताराम तामाङ्ग

अध्यक्ष

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)

लोकनारायण सुबेदी 
अध्यक्ष 
अखिल नेपाल किसान यूनियन

कृष्ण राना

इञ्चार्ज

अखिल नेपाल प्रगतिशील किसान संघ