एमसीसीका विरुद्ध प्रगतिशील साँस्कृतिककर्मीहरुले गरे विरोध प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २०७७ असार १४


काठमाडौं । ‘राष्ट्रिय हितविपरीतको एमसीसी खारेज गर, साम्राज्यवादका विरुद्ध साँस्कृतिककर्मीहरु एक होऔं’ भन्ने मूल नाराका साथ सडक प्रदर्शनमा उत्रिएका प्रगतिशील साँस्कृतिककर्मीहरुले माइतीघर मण्डलामा विरोध सभा समेत सम्पन्न गरे । प्रगतिशील साँस्कृतिककर्मीहरुको वैकल्पिक मोर्चा निर्माण अभियानको आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रगतिशील तथा क्रान्तिकारी धारका कवि, साहित्यकार, कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।


नाराबाजीसहित विरोध प्रदर्शनको क्रममा आयोजित विरोधसभालाई सौन्दर्य चिन्तक निनु चापागाईं, आख्यानकार इस्लामी र कवियत्री सकुन्तला जोशीले एमसीसी सम्झौता खारेजीको पक्षमा जोडदार मन्तव्य दिएका थिए ।


कार्यक्रमको सञ्चालन कवि बलराम तिमिल्सिनाले गरेका थिए ।