
आषाढ १२ गते पोखरा,
राष्टघाती एमसीसी सम्झौता खारेज गरौं भन्दै जुलुस सहित न्युरोड सभागृह अगाडीबाट नारा जुलुस गर्र्दै लखनचोकमा पुगेर बिरोध सभा सम्पन्न भएको छ । १० दलीय संयुक्त मोर्चाद्वारा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य एवंम ४ नम्बर प्रदेश सेक्रेटरी केश बहादुर परियारले विरोधसभालाई सम्वोधन गर्ने क्रममा भने–“ जसरी कोरोना माहामारीको रोकथामको बारेमा सचेत भइ तपाई हामीले त्यसका नियमहरु पूर्णरुपमा पालना गरेका छौ, त्यसका बिरुद्ध लागेका छौ त्यसै गरि यो राष्ट्रघाती एमसीसी सम्झौताको बिरुद्ध पनि पूर्ण रुपले सचेत भएर यसको खारेजीको आन्दोलनमा हामी सबै देशभक्त न्यायप्रेमी जनताहरु एक जुट भएर लागौ ।”


सम्वोधनकै क्रममा उनले यो ४ नम्बर प्रदेशबाट संघीय संसदमा प्रर्तिनिधित्व गर्ने सबै प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक तर्फका सांसदहरुलाई निबेदन गर्दै यो राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा कुनै पनि हालतमा तपाईहरु नलागि दिनु होला र यसको डटेर बिरोधमा उभिनु हुन अनुरोध गरे । अझ जोड दिंदै भने –यो खुल्ला सभाबाटै हामीले भनेका छौ, कुनै लुकीछिपी हैन यो एमसीसी सम्झौता पास गर्नु भयो भने बुझी राख्नु होला तपाईको लागि २४ घण्टा पनि लामो हुन सक्नेछ । नेपाली जनताले भनेका छन् राष्ट्रघातीलाई यो राष्ट्रमा बच्ने अधिकार छैन । यो तपाई सांसदहरुलाई अनुरोध हो र चेतावनी पनि हो । अब राष्ट्रघातीलाई नेपाली जनताले छोड्ने छैनन्, बुझी राख्नु होला, एक एक गरेर जनताले राष्ट्र घातीलाई सफाई गर्ने छन् ।
एमसीसी सम्झौतामा लेखिएका राष्ट्रघाती बुँदाहरुको बारेमा ब्याख्या गर्दै उनले भने –“हाम्रो राष्ट्रिय कानुन, हाम्रो राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र हाम्रो असंलग्न परराष्ट्र नीतिको बिपरित कुराहरु यो सम्झौतामा लेखिएको छ । एमसीसी परियोजना आइपिएसको एक अंग हो भनेर अमेरिकनहरुले प्रस्ट रुपमा भनेका छन तर नेपालका दलालहरुले यसलाई नेपाली जनतासित ढाटीरहेका छन् ।
यो सम्झौता पास भयो भने नेपाल आइपिएसको सदस्य राष्ट्र हुन्छ र अमेरिकाको सैने रणनीति भित्र पस्छ । त्यसकारण यो सम्झौता कुनै पनि हालतमा पास गर्न दिनु हँुदैन । यदि हामी स्वाभिमानी नेपाली भएर बच्न चाहन्छौ भने आउनुस एक पटक फेरी भिषर्ण आन्दोलनको आधिबेहरी सिर्जना गरौ र यो सम्झौतालाई विफल बनाऊ ।
उक्त बिरोध सभामा नेकपा (मसाल) का गण्डकी प्रदेश समितिका सदस्य रबि मोहन ढकाल , नेकपा(ृमाओवादी केन्द्र)का ४ नम्बर प्रदेश संयोजक भोजराज त्रिपाठी लगायतका वक्ताहरुले आफ्ना विचार राख्नु भएको थियो । कोरोना कहरको प्रबाहा नगरी, झरी बादल नभनी सयौको संख्यामा सहभागी रहेको उक्त बिरोध सभाको बिचमा प्रहरी हस्तक्षेपका बाबजुद पोलिट ब्यूरो सदस्य कामरेड केश बहादुर परियारद्धारा एमसीसी सम्झौताको कपीमा आगो लगाई जलायर नस्ट पारियको थियो । भारि वर्षा कै बीच राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश समितिका अध्यक्ष शंकर बरालको आध्यक्षतामा सम्पन्न उक्त बिरोध सभाको संचलान देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका ४ नम्बर प्रदेश समितिका अध्यक्ष नेत्र रानाभाटले रोचक एवंम कुसलता पूर्वक संचालन गरेका थिए ।
































