
सुनसरी । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा(माओवादी केन्द्र), नेकपा(माले), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी र नेकपा(संयुक्त)को संयुक्त आयोजनामा मंगलबार सुनसरीको इटहरीमा एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध सभा सम्पन्न भएको छ ।

विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य गणेश कटुवाल, नेकपा (मसाल)का केन्द्रीय प्रतिनिधि चन्द्रबहादुर केसी, माओवादी केन्द्रका विमल निरौला, मालेबाट हर्कराज बिष्ट, नेकपा (संयुक्त)बाट अशोक मण्डल, जनसमाजवादी पार्टीका केस मनकुमार राईलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
वक्ताहरुले एमसीसी सम्झौताले नेपाललाई अमेरिकी साम्राज्यवादको कठपुतली देशको रुपमा परिणत गर्ने र नेपाल अफगानिस्तान, इराक, सिरियाजस्तै रणभूमिमा परिणत हुने भन्दै उक्त सम्झौता खारेज गर्नुपर्ने जोडदार माग गरेका थिए ।






























